• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

प्रदेश ३ सरकार र उद्योग वाणिज्य महासंघबीच सहकार्य गर्ने सम्झौता

  •   १८ माघ २०७५, शुक्रबार २०:२१ 
  • हेटौंडा । ३ नम्बर प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रले सार्वजनिक–निजी–साझेदारी प्रारुपमा सहकार्य गर्ने सम्झौता गरेका छन् ।

    शुक्रबार ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

    कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार गफमा हैन काममा विश्वास गर्ने बताए । सार्वजानिक–निजि–साझेदारी अवधारणा प्रति सकारात्मक रहेकोले यसमा धेरै आशा रहेको पनि बताए ।

    उनले भने, ‘अब हामी गफ हैन ‘एक्सन’मा जान्छौं, काम हुन्छ ।’ धेरै काम निजी क्षेत्रसँगको सहकार्य गर्नका लागि सरकार तयार रहेको समेत उनको भनाई थियो ।

    कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले सबैपक्ष मिलेर गरे धेरै फड्को मार्न सकिने बताए । नीजि क्षेत्रसँग हातेमालो कायम  राखे धेरै उपलब्धि हुने उनको भनाई थियो ।

    निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नका लागि तयार भएकाले सम्झौता गरिएको उनको भनाई थियो ।

    कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको क्षेत्रमा सरकारसँग सहकार्य गर्न  पाउँदा आफूलाई खुशी लागेको बताइन् ।

    कृषि र पर्यटनको सम्भावना बोकेको कृषि र पर्यटन क्षेत्र लगायतका क्षेत्रमा सहकार्य गर्न उद्योग वाणिज्य महासंघ सधैं तयार रहेको स्पष्ट पारिन् ।

    ५ वर्ष भित्रमा १० लाख युवाहरुलाई रोजगारी दिने संघीय सरकारका योजनालाई ३ नम्बर प्रदेश र उद्योग बाणिज्य महासंघ बिच भएको सम्झौताले सहयोग पु¥याउने उनको भनाई थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य