• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

प्रदेश ३ सरकार र उद्योग वाणिज्य महासंघबीच सहकार्य गर्ने सम्झौता

  •   १८ माघ २०७५, शुक्रबार २०:२१ 
  • हेटौंडा । ३ नम्बर प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रले सार्वजनिक–निजी–साझेदारी प्रारुपमा सहकार्य गर्ने सम्झौता गरेका छन् ।

    शुक्रबार ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

    कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार गफमा हैन काममा विश्वास गर्ने बताए । सार्वजानिक–निजि–साझेदारी अवधारणा प्रति सकारात्मक रहेकोले यसमा धेरै आशा रहेको पनि बताए ।

    उनले भने, ‘अब हामी गफ हैन ‘एक्सन’मा जान्छौं, काम हुन्छ ।’ धेरै काम निजी क्षेत्रसँगको सहकार्य गर्नका लागि सरकार तयार रहेको समेत उनको भनाई थियो ।

    कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले सबैपक्ष मिलेर गरे धेरै फड्को मार्न सकिने बताए । नीजि क्षेत्रसँग हातेमालो कायम  राखे धेरै उपलब्धि हुने उनको भनाई थियो ।

    निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नका लागि तयार भएकाले सम्झौता गरिएको उनको भनाई थियो ।

    कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको क्षेत्रमा सरकारसँग सहकार्य गर्न  पाउँदा आफूलाई खुशी लागेको बताइन् ।

    कृषि र पर्यटनको सम्भावना बोकेको कृषि र पर्यटन क्षेत्र लगायतका क्षेत्रमा सहकार्य गर्न उद्योग वाणिज्य महासंघ सधैं तयार रहेको स्पष्ट पारिन् ।

    ५ वर्ष भित्रमा १० लाख युवाहरुलाई रोजगारी दिने संघीय सरकारका योजनालाई ३ नम्बर प्रदेश र उद्योग बाणिज्य महासंघ बिच भएको सम्झौताले सहयोग पु¥याउने उनको भनाई थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य