• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

१४ औं नेपाली मेलाको राजदूतावास कप किरात राई यायोख्खाको पोल्टामा

  •   १२ भाद्र २०८०, मंगलवार १५:४६ 
  • कर्मा पहाडी शेर्पा
    बेलायत। तमुधी युकेको नेपाली मेला २०२३ तथा १४ औं नेपाली मेलाको राजदूतावास कप तथा गैर आबसिय नेपाली संघ (एनआरएनए) युके कप किरात राई यायोख्खा युकेको पोल्टामा परेको छ। नेपाली मेला २०२३ तथा १४ नेपाली मेला “हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मूल नाराकासाथ लण्डनको किमटोन पार्कमा आइतबार २७ अगस्तमा सम्पन्न भएको हो ।नेपाली मेलामा घानद्रुक समाज युके उपविजेता बन्न तथा दोस्रो स्थान सुरक्षित गर्न सफल भए भने पास पुच गुठी युकेले तेस्रो स्थान सुरक्षित राख्न सफल भएको छ । नेपाली मेलामा एम्बसाडोर कप प्रथम स्थानको लागि ११०० पाउण्ड, दोस्रो स्थानको लागि ७०० पाउण्ड, तेस्रो स्थानको लागि ५०० पाउण्ड पुरुषकार राखिएको थियो।नेपाली मेलाको झाँकी तर्फ पनि किरात राई यायोख्खा युकेले प्रथम स्थान सुरक्षित कायम राख्न सफलको छ। पास पुच गुठी युकेले दोस्रो स्थान सुरक्षित राख्न सफल भएको छ भने घानद्रुक समाज युकेले तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ। झाँकी तर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड र सान्त्वना पुरुषकार २०० पाउण्ड राखिएको थियो।त्यस्तै नेपाली मेलाको नृत्यतर्फ घानद्रुक समाज युकेले प्रथम स्थान सुरक्षित राख्न सफल भएको छ भने किरात राई योयोख्खा दोस्रो स्थान सुरक्षित राख्न सफल भएको छ। नेपाली मेलाको नृत्यतर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तमुधि युके प्रिसिडेन्ट च्वाइस पुरुस्कार र शान्त्वना पुरुषकारहरुको लागि २०० पाउण्ड राखिएको थियो ।

    यस बर्षको “तमुधि युके प्रिसिडेन्ट च्याइस” पुरुष्कारद्वारा पास पुच गुठी युके पुरुस्कृत भएको छ। झाँकीमा तामाङ्ग समाज युके, चार भन्ज्यांग तमु समाज युके र स्यांग्जा समाज युकेले शान्तवना पुरुष्कार प्राप्त गरेका छन भने नृत्यतर्फ तमु समाज युके, किरात याक्थुम चुम्लुङ्ग र पास पुच गुठीले शान्तवनाद्वारा पुरुस्कृत भएका छन। तमुधि युकेका संरक्षक तथा बरिष्ठ साहित्यकार एकिन्द्र गुरुङको प्रमुख संयोजकत्वमा झाँकिको निर्णायक मण्डलमा चर्चित संगीतकार बिक्रम गुरुङ, चलचित्रकर्मी मोत्से गुरुङ, तारा बहादुर गुरुङ, र चक्र प्रमोद कोई राई थिए भने नृत्यतर्फको निर्णायक मण्डलमा कोरियोग्राफर कविता घर्तिमगर गुरुङ, चर्चित कार्यक्रम प्रस्तोता तथा नृत्यकार बालकाशी गुरुङ र लोकप्रिय नायिका रजनी गुरुङ थिए।

    यस बर्ष नेपाली मेलामा सांकृतिक झाँकीतर्फ २९ टिम र स्टेजतर्फ तथा सांस्कृतिक कार्यक्रममा १२ टिमले भाग लिएका थिए । तमुधि साउथइस्ट इकाई युके (टोहोटे), पुन समाज युके, तमुधि युके लन्डन इकाई, तमु प्ये ल्हु संघ बेलायतले झाँकीमा सहभागिता जनाएपनि प्रतियोगितामा भाग लिएनन्। नेपाली मेला २०२३ को लागी हरि श्रेष्ठ, श्याम श्रेष्ठ, हुप थापा, कमल पौडेल, नबिन गुरुङ, सुनिता थापा, प्रकाश राना, दिदी लन्डन, बिष्णु खरेल प्रेम बिकले प्रयोजक गरेका थिए भने राफल ड्रको लागि मेजर योगेश राई, सुमन राई र डेविड गुरुङले प्रायोजक गरेका थिए। नेपाली मेलाको मुख्य आकर्षणहरु मध्ये सांकृतिक झाँकी, सांकृतिक कार्यक्रम, राफल ड्र, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, जनचेतनामुलक स्टलहरुलगायत बिभिन्न ब्यबसायिक स्टलहरु रहेका थिए ।

    नेपालीमा मेलाको प्रमुख अतिथिमा बिगतका बर्षहरुमा जस्तै बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्य रहेका थिए भने, बिशेष अतिथिहरुमा नेपालबाट बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको सांसद खम बहादुर (खमबिर) गर्बुजा, बंगला देश, भारत, र पाकिस्तानका राजदुतहरु, सगरमाथा आरोही हरि बुढा मगर र दिया पुनलगात बिभिन्न देशका कुटनीतिक आयोगका पदाधिकारीहरु उपस्थित रहेका थिए ।अन्य अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, दुतावासका अन्य काउन्सिलरहरु, एनआरएन युकेका अध्यक्षलगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु उपस्थित भएका थिए ।तमुधी युकेका अध्यक्ष हरि गुरुङले अध्यक्षता गरेको नेपाली मेलालाई संस्थाको महासचिब डा. गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिएका थिए। यस बर्षको नेपाली मेलाको प्रमुख संयोजकको जिम्मेवारी उपाध्यक्ष परशुराम गुरुङले सफलतापुर्बक निर्बाह गरेका थिए भने तमुधि युके हाम्सायर एकाइका अध्यक्ष तथा उपसंचालक उत्तर बहादुर गुरुङले झाँकी कार्यक्रमलाई सुचारु रुपले तथा ब्याबस्थित तरिकाले अगाडी बढाएका थिए।

    नेपाली मेलाको झाँकी र नृत्य प्रतियोगिता कार्यक्रम सुर्य गुरुङ, योगेश गुरुङ, सिवांगी गुरुङ, सपना रोकामगर र भाबिका लोप्चनले उत्घोषण गरेका थिए। त्यस्तै तमुधि युके लन्डन इकाइका अध्यक्ष बिष्णु गुरुङ (निशान) को संयोजकत्वमा कर पार्क ब्यबस्थापन, रिसेप्सन ब्यबस्थापन, कार्यक्रम स्थान तयारी, कार्यक्रम स्थान तयारी गर्दा खानपिन ब्यबस्थापनलगायत सम्पूर्ण सेट अप र डिस्मेण्टलको जिम्मेवारी निर्बाह गरेका छन । कार्यक्रममा तमुधी युकेका संथापक अध्यक्ष मिन गुरुङ, पूर्वअध्यक्षहरु सुबास सिङ गुरुङ, रामचन्द्र गुरुङ (सुर्जे), कमल गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङ, आमा समुहका बर्तमान तथा निबर्तमान अध्यक्ष तथा पदाधिकारीहरु संस्थाका बुद्धिजीवी तथा प्रबुद्धबर्गहरुलगायत दसौं हजारको उपस्थिति रहेको थियो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य