• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा नेपालीहरु माझ स्वास्थ्य चेतना फैलाउने नर्थल्ट १०के दौडमा मीरा राई अथिति धावक

  •   १३ कार्तिक २०८०, सोमबार २२:१६ 
  • कर्मा पहाडी शेर्पा
    लन्डन – नेपाल रन यूकेले आयोजना गरेको “नर्थल्ट १० के” इभेन्टमा अंतरास्ट्रिय रूपमा ख्याति प्राप्त धाविका मीरा राई बिशेष अथितिको रूपमा यूके आइपुगेकी छन। राईलाई नेपाल रन यूके टिमले शनिवार नर्थला फ़ील्ड पार्क रनमा स्वागत गरेको थियो । नेपाल रनको आइतवारको नियमित अपडेटमा नर्थल्ट १० केको फिनिसर टिसर्ट र मेडल प्रमुख प्रायोजक एस्टार फ़ाइनान्सियल सोलुसनका निर्देशक मिन दर्लामीले पहिलो पटक सार्वजनिक गर्दै संस्थाका संयोजक पाण्डव महतोलाई हस्तान्तरण गरेका थिए । आगामी नोभेम्बर ५ तारिखमा “रिमेम्बरेन्स डे” को अवसर पारेर आयोजना गरिएको १० किलोमिटर रनको कार्यक्रममा ३०० जना सहभागीहरु दर्ता भैसकेको र यही बीहिबार बाट दर्ता बन्द गरीने रन डाइरेक्टर संतोस राईले बताए ।

    ए स्टार फाइनान्सियल सोलुसन यूकेको प्रमुख प्रायोजनमा नर्थला फिल्ड पार्क, नर्थल्टमा आयोजना हुन लागेको उक्त इभेन्ट मार्फत मीरा राई इनिसीएटीभको सहयोगार्थ च्यारिटी फन्ड रेज पनि गर्ने जनाइएको छ। समुदायमा स्वास्थ्य तन्दुरुस्ती चेतना साथै सामाजिक कामको सहयोगार्थ आयोजित कार्यक्रममा ३५० बढी नेपाली तथा स्थानीय समुदायको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा सहभागी हुन नेपाल रन युकेको वेब साइट (www.nepalrun.org) मार्फत फारम भर्न सकिने आयोजकले बताएका छन । कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वीतिय र तृतीयलाइ पुरस्कार पनि प्रदान गरिने बताइएको छ ।

    नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रम मार्फत नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग मिल्ने नेपाल रनका संयोजक पाण्डव महतोले जनाएका छन् । कार्यक्रमका सह प्रायोजकहरुमा मेकवर्थ एकाउण्टिंग, ट्राभल कन्सोल , रियल ड्रीम एजुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रूटमेंट, किरांत राई यायोख़्खा , एसएनपी प्लस एकाउण्टिंग , आईएमई लण्डन, धरान समाज लगायत रहेको कोषाध्यक्ष रबीन्द्र अधिकारीले जानकारी दिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य