• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा नेपालीहरु माझ स्वास्थ्य चेतना फैलाउने नर्थल्ट १०के दौडमा मीरा राई अथिति धावक

  •   १३ कार्तिक २०८०, सोमबार २२:१६ 
  • कर्मा पहाडी शेर्पा
    लन्डन – नेपाल रन यूकेले आयोजना गरेको “नर्थल्ट १० के” इभेन्टमा अंतरास्ट्रिय रूपमा ख्याति प्राप्त धाविका मीरा राई बिशेष अथितिको रूपमा यूके आइपुगेकी छन। राईलाई नेपाल रन यूके टिमले शनिवार नर्थला फ़ील्ड पार्क रनमा स्वागत गरेको थियो । नेपाल रनको आइतवारको नियमित अपडेटमा नर्थल्ट १० केको फिनिसर टिसर्ट र मेडल प्रमुख प्रायोजक एस्टार फ़ाइनान्सियल सोलुसनका निर्देशक मिन दर्लामीले पहिलो पटक सार्वजनिक गर्दै संस्थाका संयोजक पाण्डव महतोलाई हस्तान्तरण गरेका थिए । आगामी नोभेम्बर ५ तारिखमा “रिमेम्बरेन्स डे” को अवसर पारेर आयोजना गरिएको १० किलोमिटर रनको कार्यक्रममा ३०० जना सहभागीहरु दर्ता भैसकेको र यही बीहिबार बाट दर्ता बन्द गरीने रन डाइरेक्टर संतोस राईले बताए ।

    ए स्टार फाइनान्सियल सोलुसन यूकेको प्रमुख प्रायोजनमा नर्थला फिल्ड पार्क, नर्थल्टमा आयोजना हुन लागेको उक्त इभेन्ट मार्फत मीरा राई इनिसीएटीभको सहयोगार्थ च्यारिटी फन्ड रेज पनि गर्ने जनाइएको छ। समुदायमा स्वास्थ्य तन्दुरुस्ती चेतना साथै सामाजिक कामको सहयोगार्थ आयोजित कार्यक्रममा ३५० बढी नेपाली तथा स्थानीय समुदायको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा सहभागी हुन नेपाल रन युकेको वेब साइट (www.nepalrun.org) मार्फत फारम भर्न सकिने आयोजकले बताएका छन । कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वीतिय र तृतीयलाइ पुरस्कार पनि प्रदान गरिने बताइएको छ ।

    नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रम मार्फत नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग मिल्ने नेपाल रनका संयोजक पाण्डव महतोले जनाएका छन् । कार्यक्रमका सह प्रायोजकहरुमा मेकवर्थ एकाउण्टिंग, ट्राभल कन्सोल , रियल ड्रीम एजुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रूटमेंट, किरांत राई यायोख़्खा , एसएनपी प्लस एकाउण्टिंग , आईएमई लण्डन, धरान समाज लगायत रहेको कोषाध्यक्ष रबीन्द्र अधिकारीले जानकारी दिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य