• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतबासी पाल्पालीहरूद्वारा मुना मगरलाई भव्य सम्मान

  •   २९ माघ २०८०, सोमबार १३:२६ 
  • पाल्पा जिल्लामा जन्मी नेपाली मौलिक गीत, सङ्गीत, कला र संस्कृतिलाई देशविदेशमा संरक्षण र प्रबर्धन गर्दै पाल्पा जिल्लालाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिँदै आएकी मुना मगरको योगदानको उच्च कदर गर्दै पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले अल्डरसर्टस्थित द प्यालेस रेष्टुरेन्ट एण्ड बारमा उनलाई भव्य स्वागत एवम् सम्मान गरेको छ ।

    पाल्पा जिल्ला समाज (पाल्पाली भाञ्ज्याङ) युकेका अध्यक्ष गोपाल थापा चिडीमगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका महासचिव डालबहादुर सोमरेमगरले सञ्चालन गरेका थिए भने संस्थाका पेट्रोन बम थापा सूर्यवङ्शीमगरले कार्यक्रमको संयोजन गरेका थिए ।

    सो अवसरमा पाल्पा जिल्ला समाज युकेका पूर्व अध्यक्षहरू रिखिराम राना र बाचस्पति रेग्मी, सल्लाहकारहरू क्याप्टेन हरिबहादुर थापा, क्याप्टेन विष्णु श्रेष्ठ र श्री नेत्र थापालगायत बेलायतबासी पाल्पालीहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही अवसरमा चर्चित नायिका एवम् लोकदोहारी गायिका मुना मगरले विभिन्न बोलका गीत गाएर उपस्थित सबैलाई छमछम नचाएकी थिइन् ।

    बेलायत अधिराज्यभरि छरिएर रहेका पाल्पालीहरूबाट मुना मगरलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो । समाजका अध्यक्ष गोपाल थापा चिडीमगरको विशेष पहलमा मुना मगरलाई पौण्ड १५४० (लगभग नेपाली रूपैयाँ २ लाख ५५ हजार) को मायाको चिनो प्रदान गरियो । मगरहरूको महान् चाड माघेसङ्क्रान्तिको अवसरमा मगर संघ युके युएचएसबी शाखाले मुना मगरलाई युकेमा निमन्त्रत्रणा गरेको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य