• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एनआरएनए यूकेको निमन्त्रणामा लन्डन आइपुगिन् युवा चित्रकार सुजाना

  •   ११ फाल्गुन २०८०, शुक्रबार २२:३९ 
  • कर्मा पहाडी शेर्पा
    लन्डन । युवा कलाकार, अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस लन्डन आइपुगेकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बिहीबार सांझ उनी लन्डन आइपुगेकी हुन् । हिथ्रो एयरपोर्टमा सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके गोर्खा टास्क फोर्सका संयोजक ओमप्रसाद थापा, संरक्षक डेभिड गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन, एनआरएनए यूके आइसीसी सदस्यहरु शारदा गुरुङ, सुमन पुन, लिला सेलिङ माबो, एनआरएनए यूके उपाध्यक्षहरु अनिल मल्ल, नम्रता घले लगायतले स्वागत गरे ।

    सुजानाले एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गर्न लागेको अन्तर्राष्ट्रिय नारी दिवसमा विशेष आतिथ्य ग्रहण गर्नेछिन् । यस अलवा उनले दुई महिना बेलायतमा रहंदा यहां रहेका गोर्खा सैनिकका श्रीमतिहरुको कथा व्यथा अनुसन्धान पनि गर्ने कार्यक्रम छ । अनुसन्धान सकिएपछि सोही कथामा फिल्म निर्माण गर्ने सोच सुजानाको छ । सुजाना डकुमेन्ट्री मेकर, चित्रकार र पत्रकार पनि हुन् । उनले गत नोभेम्बरमा नेपाल आर्ट काउन्सिलमा गोर्खाका श्रीमतिहरुको कथा झल्काउने चित्रकला प्रदर्शनी ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ सफलतापूर्वक गरेकी थिइन् । पोट्रेटस, अडियो-भिज्यूअल सामग्री, कलाकृतिहरु आदि समावेश भएको उक्त प्रदर्शनीले धेरै दर्शकको ध्यान खिचेको थियो । उनले सन् २०१८ मा ‘भार्सेली गोर्खा: फ्रम स्टोरिज टु पोट्रेटस’ नाममा काठमाडौं, बुटवल र गुल्मीको भार्सेमा एकल चित्रकला प्रदर्शनी पनि गरेकी थिइन् ।

    उनको सामूहिक चित्रकला प्रदर्शनी ‘ब्ल्याक एण्ड ह्वाइट’ भने सन् २०१५ मा काष्ठमाण्डप आर्ट स्टुडियोमा भएको थियो ।‘गाउं आएको बाटो’ (अ रोड टु अ भिलेज) फिचर फिल्ममा पनि उनले आर्ट डिरेक्टरको भूमिका निर्वाह गरेकी थिइन् । हिट्स एफएममा झण्डै ७ वर्ष रेडियो प्रस्तोता समेत भएर काम गरेको अनुभव उनीसंग छ ।एनआरएनए यूके अध्यक्ष गाहामगरले अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न उपसभामुख इन्दिरा रानामगर २ मार्च बेलुका लन्डन आइपुग्ने जनाए । नारी दिवस कार्यक्रममा बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगर समेत विशेष अतिथीका रुपमा सहभागी हुनेछिन् । एनआरएनए यूकेले उक्त कार्यक्रममा सहभागिताका लागि सबैमा अपिल गरेको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य