• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ युकेले मनाइयो ४२औँ मगर दिवस

  •   १३ फाल्गुन २०८०, आईतवार २१:०० 
  • बम थापा (सूर्यवंशी मगर)
    लण्डन । मगर संघ युकेको आयोजनामा बेलायतमा ४२औँ मगर दिवस मनाइएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, रसमोर काउन्सिलका मेयर काउन्सिलर क्लाइभ ग्राटन, मगर संघ युकेका संरक्षक घन थापामगर, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, बीबीसी १०० महिलामा परेकी सपना रोका, मगर अन्तर्राष्ट्रिय महासंघकी महासचिव वीरमान घर्तीमगर, मगर संघ बेल्जियमका अध्यक्ष लोक राना, मगर संघ युकेका पूर्व अध्यक्षहरू लगायतका अतिथिहरूले गरेका थिए ।

    कार्यक्रमका संयोजक उपाध्यक्ष रुद्र थापाले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमको सन्चालन महासचिव गुमानसिंह थापा र सचिव गोमानसिंह पुनले गरेका थिए । कार्यक्रममा संघका विभिन्न शाखाहरू र सम्वद्ध संस्थाहरूले झाँकी र नृत्य प्रस्तुत गरेका थिए जसमा प्लमस्टिड शाखाले मारुनी नाच, युएचएचएसबी शाखाले कौरा नाच, लण्डन शाखा र पुन मगर समाज युकेले पुर्ख्यौली सोरठी नाच, रेडिङ शाखाले कौरा नाच, वेम्ली शाखाले घाटु नाच, केन्ट शाखाले हुर्रा नाच, वेल्स शाखाले झ्याउरे नाच, स्वीण्डन शाखाले कौरा नाच, वेष्ट लण्डन शाखाले सालैजो नाच, इष्टली विन्चेष्टर शाखाले झ्याउरे नाच, खामभाषी मगर समाज युकेले सरन्या नाचका साथमा झाँकी प्रस्तुत गरेका थिए भने मगर धनुषवाण समाज युके, मगर बुद्धिष्ट सोसाइटी युके, मगर महिला संघ युके, मिडल्याण्ड शाखा, क्याट्रिक शाखा, पुन समाज युकेले झाँकी प्रदर्शन गरेको थियो ।

    कार्यक्रममा मगर युथ तथा मिफुररुङ युथ टीमले मगर सँस्कृति झल्काउने पोशाक, भाषा र फेसन सो प्रस्तुत गरेका थिए । यस्तै, विभिन्न क्षेत्रमा प्रगति गरेका महानुभावहरूलाई सम्मान गरिएको थियो । जसमा बेलायत भ्रमणमा रहेका बीबीसी १०० पावरफूल वीमेनमा परेकी सपना रोका, लाहुरेनीको कथा परियोजनाकी सुजना श्रीश, पर्वतारोही हरिकृष्ण थापालगायत रहेका थिए ।

    कार्यक्रममा नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना, बीबीसी १०० महिलामा परेकी सपना रोका, मगर अन्तर्राष्ट्रिय महासंघकी महासचिव वीरमान घर्तीमगर, मगर संघ बेल्जियमका अध्यक्ष लोक रानालगायतका शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मगर महिला संघ बेलायतले राफल ड्र गराएको थियो । अध्यक्ष सीता पुनले कार्यक्रमको समापन गरेकी थिइन् । तत्पश्चात गायिका मुना थापामगरले सबैलाई छम छम नचाएकी थिइन् ।



    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य