• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एनआरएनए यूकेले ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनायो।

  •   २२ फाल्गुन २०८०, मंगलवार १४:२१ 
  • कर्मा पहाडी शेर्पा

    लन्डन । प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले एक विशेष कार्यक्रमबीच ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । आइतबार अल्डरसटस्थित प्यालेसमा कार्यक्रम भएको हो । कार्यक्रमका वक्ताहरुले नेपाल र बेलायतमा समेत घरेलु हिंसा र महिलामाथि विभेद कायमै रहेको धारणा राख्दै यसको अन्त्यका लागि महिला सशक्तिकरणमा जोड दिए । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख अतिथी एनआरएनए आइसीसी (विनोद कुंवर समूह) उपाध्यक्ष थर्क सेन, युवा कलाकार, अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस, बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगर, प्रमुख संरक्षक डेभिड गुरुङले दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । दिवसका अवसरमा नारीहरुप्रति समर्पण गर्दै केक समेत काटिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेनले नारी दिवस वर्षको एक दिन मनाएर महिलाहरुले न्याय पाउने अनि पुरुषको पनि दायित्व सकिने भन्ने नभएको बताए । महिला पुरुष सधैं एकसाथ अघि बढेमात्र परिवार, समाज र राष्ट्र निर्माणमा बल पुग्ने उनको भनाइ थियो । नारी दिवसले सबै महिलालाई आफ्नो अधिकार, महिला सशक्तिकरण र समानता जस्ता सवालमा निर्धक्क लाग्ने वातावरण बनोस् भन्ने शुभकामना दिंदै यही १६ देखि १७ मार्चमा हायात होटलमा हुन लागेको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा पनि गरे।विशेष अतिथी बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगरले नारीलाई खोक्रो भाषण र आश्वासन होइन्, आत्माबाट सम्मान गर्न आग्रह गरिन् । बेवारिसे लास व्यवस्थापनमा जुट्दा आफू पनि कुनै बेला शोषणमा परेको अनुभव उनले सुनाइन् । तर, नारी भन्दैमा सबै ठिक भन्ने पनि नहुने उल्लेख गर्दै उनले पुरुष पीडित भएपनि ति कुरा बाहिर नआउने बताइन्। नेपालबाट आएकी श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीसले भूतपूर्व गोर्खा श्रीमतिहरुको कथा उजागर गर्ने आफ्नो ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ प्रोजेक्टबारे प्रिजेन्टेसन दिइन् । ‘ब्रिटिश गोर्खाहरुको २०८ वर्ष लामो इतिहास छ । तर उहांहरुका श्रीमतिहरुका कथा व्यथा कहिल्यै उजागर गरिएन’, सुजानाले भनिन्, ‘हामी उहांहरुको इतिहास खोतल्ने अभियानमा छौं ।’उनले सन् २०१८ मा ‘भार्सेली गोर्खा फ्रम स्टोरिज टु पोट्रेट्स’ नामक चित्रकला प्रदर्शनीका बेला आफूलाई गोर्खा महिलाको कथा नआएको महशुस भएर शुरुमा आफ्नै खर्चमा अभियान शुरु गरेको बताइन् । सन् २०२२ देखि समुदायसंग पनि सहयोग मागेर आफ्नो टिम यस कार्यमा जुटेको सुजानाले सुनाइन् । बेलायत र नेपालमा रहेका भूतपूर्व गोर्खाका श्रीमतिहरु सम्बन्धि चित्रकला प्रदर्शनी, पुस्तक प्रकाशन एवं वृत्तचित्र निर्माण गर्ने उनको सोच छ । ति दस्तावेज गोर्खा इतिहासकै एउटा कोशेढुंगा हुने विश्वास सुजानाको छ ।

    एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले नारी दिवसको शुभकामना दिंदै नारी पुरुष बराबर भनिएपनि बेलायतमा समेत नारीमाथि विभेद हुने गरेको दृष्टान्त सुनाए । उनले अर्को प्रसंगमा वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई एनआरएनए यूकेले सशक्त रुपमा अगाडि बढाउने जनाए । अध्यक्ष गाहामगरले कार्यक्रम सफल बनाउन सघाउने सबै दाता, प्रायोजक, कार्यसमिति र सहभागीप्रति आभार व्यक्त गरे । प्रमुख संरक्षक डेभिड गुरुङले नारी दिवसमा पुरुष सहभागिता कम भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नारीलाई बोलीमा मात्र होइन व्यवहारमा पनि सम्मान र अवसर दिनुपर्नेमा जोड दिए । एनआरएनए यूकेका पूर्व प्रमुख संरक्षक शेरबहादुर सुनारले सती प्रथा अन्त्य गर्ने महिला योगमाया न्यौपानेलाई स्मरण गर्नुपर्ने औंल्याउंदै इतिहास कहिल्यै नभुल्न अनुरोध गरे । संविधानमा उल्लेख भए बमोजिम महिलाको हक अधिकारभित्र कुण्ठित भएर नबस्न पनि उनले सुझाए । एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले कार्यक्रम सञ्चालन गर्दै नारी दिवसको इतिहास र अहिलेको अवस्थाबारे टिप्पणी गरेकी थिइन् ।

    औपचारिक कार्यक्रममा महिला संयोजक एवं कार्यक्रम संयोजक अमृता गिरी गजुरेलले स्वागत मन्तव्य दिइन् । अमृताले नेपाली समाजले नारी पुरुषलाई एक रथका दुई पांग्रा अर्थात दुवैको समान अधिकार भनेपनि व्यवहारमा त्यस्तो अनुभव हुन नसकेको बताइन् । कार्यक्रमका प्रमुख संयोजक तथा एनआरएनए यूके गोर्खा टास्क फोर्स प्रमुख ओमप्रसाद थापाले धन्यवाद ज्ञापनसहित एनआरएनए आइसीसी अध्यक्षमा थर्क सेनको उम्मेदवारीप्रति समर्थन जनाउंदै यसपटक बेलायतले अन्तर्राष्ट्रिय अध्यक्ष पाउनुपर्ने बेला आएको बताए । शुभकामना मन्तव्यका क्रममा गोर्खा अभियन्ता पुष्प राणा घलेले नेपाली समाजमा महिला भएकै कारण विभेद सहन नपरोस् भन्ने कामना गरिन् । रजिष्टर्ड सोसल वर्कर लक्ष्मी राई (लारा) ले महिलालाई महिलाको होइन, पुरुषको साथ भएमात्र समावेशी समाज निर्माण गर्ने धारणा राखिन् । हाल गोर्खा वेलफेयर ट्रष्टमा आवद्ध र सिटिजन एड्भाइस ब्युरोमा घरेलु हिंसा क्षेत्रमा काम गरेकी पुष्पा गुरुङले घरेलु हिंसाका विभिन्न प्रकारबारे उल्लेख गर्दै आफैं यसबाट शिकार भएको अनुभव सुनाइन् । आफ्नो घरभित्रको युद्ध जितेर अहिले शान्ति पाएको कहानी सुनाउंदै उनले पुरुषको उत्पीडन सहेर नबस्न महिलालाई सुझाव दिइन्।

    कार्यक्रममा आदिवासी जनजाती महासंघ बेलायतकी महासचिव विमला सेने, नेपालबाट आएका सामाजिक कार्यकर्ता सरोज दिलु विश्वकर्मा, नेपलिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष सुनिता गौतम, मगर महिला संघ यूके अध्यक्ष विष्णु सिरिस, मगर संघ यूके अध्यक्ष सिता पुन, एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका प्रमुख सल्लाहकार बद्री योङ्या, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष लिला सेलिङ माबो, सोसल केयर कन्सल्टेन्ट रुबी (दिला) गुरुङ राई लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा अंशु न्यौपाने बस्नेतले स्वागत नृत्य गरेकी थिइन् भने गायिकाहरु तयाहाङमा राई र मुना थापामगरले गायन प्रस्तुत गरेका थिए । सो अवसरमा नेपालबाट आएका अतिथीहरु, कलाकार, प्रायोजक एवं अन्य सहयोगीलाई टोकन अफ लभ प्रदान गरिएको थियो ।


    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य