• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाल आदिवासी जनजाति महासंघले मनायो अन्तराष्ट्रिय नारी दिवस।

  •   २६ फाल्गुन २०८०, शनिबार १५:१७ 
  • कर्मा पहाडी शेर्पा
    लण्डन। ०८ मार्च २०२४, बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले शुक्रवार ८ मार्चको दिन बेलायतको साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेण्टमा अन्तराष्ट्रिय दिवस सम्पन्न गरेको छ। उक्त अन्तराष्ट्रिय नारी दिवसको प्रमुख अतिथि तथा भरतपुर उपमहा नगरपालिकाको मेयर रेनुलाई आमन्त्रण गरिएको भएतापनि उक्त कार्यक्रममा मेयर दाहाल अनुपस्थित भएका छन। उनलाई उक्त कार्यक्रममा ल्याउने जिम्मेवारी जनप्रगतिशील मंच बेलायतका नवनिर्वाचित अध्यक्ष बिमला लिम्बु र उनका पदाधिकारीलाई दिइएको थियो।

    अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेफिन केन्द्रका निवर्तमान सचिब तथा नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुराले प्रमुख वक्ताको रुपमा अन्तराष्ट्रिय नारी दिवस मनाउनको औचित्य र महिलाहरुको आजको अवस्थाको बारेमा प्रकाश पारेका थिए। अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नेफिन युकेका सल्लाहकारहरु, बिभिन्न जातीय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, गोर्खा भुतपुर्बक सैनिक संघ (गेसो) का अध्यक्ष कृष्ण कुमार राई, लक्ष्मी (लारा) राई, महासंघका पूर्व महासचिव नरेश काङ्गमाङ्ग राई, फोनिजका पुर्व अधक्ष्य गोमा राना, अन्जना गुरुङ तामाङ्ग, लक्ष्मी राई महासंघका सल्लाहकारहरु नरहाङ्ग राई जंग सुनुवार धर्म तामाङ्ग र गोर्खा सेन्टर का प्रेसिडेन्ट भिम तामाङ्ग वक्ताहरुले आ-आफ्नो मन्तब्य राखेका थिए। मन्तब्य राख्नेक्रममा प्रमुख अतिथि तथा भरतपुर उपमहा नगरपालिकाको मेयर रेनु दाहाल कार्यक्रममा अनुपस्थित भएको बारेमा धेरै चर्चा चलेको थियो। उनलाई नेफिन युकेको कार्यक्रममा उपस्थिति नगराउनमा कसको बदनिय भूमिका छ ? भन्ने भन्ने बारेमा बिभिन्न शंका तथा उपशंका उठेको छ।

    सोहि कार्यक्रममा बेशेष अतिथिहरुमा बिबिसीको सर्वेक्षण अनुसारविश्वका १०० प्रभावशाली महिला २०२० बाट सम्मानित समाजसेवी सपना रोका मगर र The Ex Gurkha Women an Echo in the Story का परिकल्पनाकार सुजना थापा मगरले आ-आफ्नो भोगाइ तथा अनुभबहरु एक-आपसमा साटेका थिए। अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नेफिन युकेले फोनिज युकेका नवनिर्वाचित अध्यक्ष बम सूर्यवंशी थापामगर र लक्ष्मी ज्वलर्सका प्रोप्राइटर लक्ष्मी राई र हिलिङडन गोर्खा कम्युनिटीका अध्यक्ष सम्मानित भएका छन। सोहि कार्यक्रममा बेशेष अतिथिहरु बिबिसीको सर्वेक्षण अनुसार विश्वका १०० प्रभावशाली महिला २०२० बाट सम्मानित समाजसेवी सपना रोका मगर र The Ex Gurkha Women an Echo in the Story का परिकल्पनाकार सुजना थापा मगरलाई पनि समान तथा आर्थिक सहयोग गरिएको छ।

    अन्तराष्ट्रिय नारी दिवस नेफिन युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके, नेपाल आदिवासी जनजाति युवा महासंघ युके र नेपाल आदिवासी जनजाति साहित्य तथा लेखक महासंघ युकेको सयुक्त आयोजनामा सम्पन्न भएको हो । अन्तराष्ट्रिय नारी दिवसको औपचारिक कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघका कार्यबहाक अध्यक्ष गंगामाया दुराले स्वागत मन्तब्य दिएका थिए भने फोनिज युकेका नवनिर्वाचित अध्यक्ष बम सूर्यवंशी थापामगरले नारी दिवसको अवधारणा प्रस्तुत गरेका थिए।

    नेफिन युकेको अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा संचालित कार्यक्रमलाई महासचिब बिमला सेनेले संचालन गरेका थिए। अध्यक्ष शेर्पाले प्रमुख अतिथि तथा भरतपुर उपमहा नगरपालिकाको मेयर रेनु दाहाल अनुपस्थिति भएकोमा मेयर दाहालको तर्फबाट क्षमा मागेका छन।


    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य