• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको अध्यक्षमा राजेन्द्र खिम्दिङ

  •   १२ चैत्र २०८०, सोमबार १९:२८ 
  • बम थापा (सूर्यवंशी मगर)
    लण्डन, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको चौथो सम्मेलन सम्पन्न भएको छ । २३ मार्च २०२४ गते शनिवारका दिन आयोजित सम्मेलनमा युके बासी किरात धर्मावलम्वी लगायत शुभेच्छुकहरुको उपस्थिती रहेको थियो । आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा बिशेष अतिथि आदिबासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष वाम थापा सुर्यबंशीमंगर, अतिथिको रुपमा किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष खगेन्द्र लाओती, महासचिव जुरेन्द्र खजुमको उपस्थिती रहेको थियो ।

    किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनज्यू र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको तस्विरमा फूलमाला अर्पण गर्नका साथै दीपजलन गरेर प्रमुख अथितिले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रपछि आयोजित बन्द सत्रमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सचिव लाल लिङदेनले संस्थाको सांगठनिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भने कोषाध्यक्ष हर्क आङदेम्बेले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसरीनै युकेमा माङहिम निमार्ण गर्न संकलन भएको आर्थिक बिषयमा माङहिम कोषाध्यक्ष कृष्ण लिङदेनले आय व्यय प्रस्तुत गर्नुभएको थियो ।

    समितिको बन्द सत्रमा प्रतिवेदनहरु पारित भएसँगे समितिका निवर्तमान उपाध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समितिहरु गठन गरिएको छ । यसरी राजेन्द्र खिम्दिङको नेतृत्वमा गठित कार्यसमितिमा उपाध्यक्षहरु नन्दा चेम्जोङ, तिल लाओती, केवाहाङ चेम्जोङ, निर्मल पतङवा, लाल लिङदेन निर्वाचित भएका छन् । यसरीनै सचिवमा पर्बत राई, सह सचिवद्धय ज्ञानु फुरुम्बो चरपे, निराज माबोहाङ, कोषाध्यक्षमा हर्क आङदेम्बे, सह कोषाध्यक्षमा कुमुद नेम्बाङ र मनिस सेर्मा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः देबिन्द्र सेर्मा, गीता राई, निर्मला मादेन राई, काजीमान ओख्राबु, कुल तुम्बापो, दिवस थोप्रा, उतर पतङवा, पार्वती लिङदेन, चन्द्रकुमार लिङदेन, हरी लाओती, डिक ब.साम्सोहाङ, प्रेम प्रसाद पन्धाक, तारा चेम्जोङ, गीता योङहाङ, गोबिन्द मादेन, तेज थेबे, सान नेम्बाङ, रनसी माबो, केन्द्र इजम, राजकुमार नुगो, चुन ब.लिङदेन, कुल योङहाङ, सीता थेबे, उज्वल चोङबाङ क्याक लगायत रहेका छन् । राष्ट्रिय समिति युकेसँगै प्रिया खिम्दिङको संयोजकत्वमा किरात साम्यो नालीफुङवा पान्जुम्भो युके गठन गरिएको छ । पान्जुम्भोको उपाध्यक्षमा प्रजन चोङबाङ, सचिव तागेरा इधिङगो, कोषाध्यक्ष कुमुद नेम्बाङ र सदस्यहरुमा हरि बोखिम, तान्छु इधिङगो गरी ११ सदस्य समिति गठन गरिएको हो ।

    त्यसैगरी ज्ञानु फुरुम्बो चरपेको संयोजकत्वमा किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युके गठन गरिएको छ । यसरी गठित समितिमा उपाध्यक्ष पर्वत राई, सचिव निराज माबोहाङ, कोषाध्यक्ष सिङलाहाङ पतङवा, सदस्यहरुमा प्रिया खिम्दिङ, मुक्कुम खजुम, मणि चोङबाङ, बिक्रम ओख्राबु, श्रीजु राई, समिर पतङवा, उतर पतङवा, हेमा अन्छङबो, अनिता लिङदेन, इक्सा पतङवा, हाङसाम पतङवा लगायत रहेका छन । त्यसैगरी लोचन चोङवाङको संयोजकत्वमा माङहिम निमार्ण समिति समेत गठन भएको छ । यसमा कोषाध्यक्ष कृष्ण लिङदेन, सदस्य श्रीजु राई लगायत ९ सदस्यीय माङहिम निमार्ण समिति गठन भएको जनाइएको छ ।

    संघको प्रमुख सल्लाहकारमा रामकुमार सिंथेबे, सल्लाहकारहरुमा माङसेवासाबा युके प्रमुख मंगलसिं लिङदेन, डा.कमला आङदेम्बे, आशा थोप्रा, काजीमान नुगो, तेजबहादुर मेन्याङबो, भक्त लाबुङ, हस्तकला नेम्बाङ, खडक मादेन, डिल्ली माया तुम्वाहाङफे, चन्द्रकला थेबे, पञ्चराज थोप्रा, गणेश इजम र विश्वासदीप तिगेला रहनु भएका छन् । संघको नव कार्य समिति गठनसँगै अन्य भातृ संगठनहरु पनि गठन गरिएको थियो । किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युके, किरात साम्यो नालिफुङवा पान्जुम्भो युके र माङहिम निमार्ण समिति पनि गठन गरिएको हो ।

    यसरी निर्वाचित समितिहरुलाई निर्वाचन मण्डल संयोजक गणेश इमज, सदस्य डा. कमला आङदेम्बेद्वयले सफत ग्रहण गराउनु भएको थियो । बिहान १० बजेदेखि सञ्चालन भएको कार्यक्रम साँझ ६ बजेसम्म सञ्चालन भएको थियो । किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष रामकुमार सिंथेबेको अध्यक्षतामा सम्पन्न संघ युकेको चौथो सम्मेलनमा समितिका उपाध्यक्ष राजेन्द्र खिम्दिङले स्वागत मन्तब्य राख्नुभएको थियो । भने, सचिव लाल लिङदेन र सहसचिव पर्बत राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य