• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एनआरएनए यूकेले जी टेनसंग भूतपूर्व गोर्खा मुद्दा केन्द्रित वहस गर्ने !!

  •   २३ बैशाख २०८१, आईतवार २०:५१ 
  • लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले भूतपूर्व गोर्खा र उनीहरुका परिवारको चासोलाई विशेष ध्यान दिँदै विभिन्न गोर्खा संगठन आवद्ध जी टेन समूहका प्रतिनिधि र सर्वसाधारणबीच एक अन्तरक्रिया गर्ने भएको छ । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जीटुजी) बीच भइरहेका वार्ता प्रगतिउन्मुख नभइरहेको अवस्थामा यस अन्तरक्रिया हुन लागेको हो । आउंदो २७ मे सोमबार बैंक होलिडेका दिन एम्पायर हल, अल्डरसटमा बिहान ११: ३० बजेदेखि कार्यक्रम हुनेछ ।

    ‘अब वार्ता के हुन्छ ? यसले निकास दिन्छ वा दिंदैन ? नेपाल सरकारले बेलायतसंग कस्तो पहल गरिरहेको छ ? कूटनीतिक संवादमा कहां चुकेका छौं हामी ? वार्ता सफल नभए के छ गोर्खा संगठनहरुसंग भावी योजना ? आदिबारे गहन छलफल र सुझाव आदानप्रदानका लागि हामीले कार्यक्रम राखेका हौं’, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भने । उनले बेलायत सरकारसँग अबको वार्ता र जी टेन समूहको भावी योजनाबारे नयां अपडेट सुन्न गोर्खाहरु उत्सुकताका साथ पर्खिरहेको अवस्थामा यस अन्तरक्रियाले ति कुरा उजागर गर्ने र गोर्खा मुद्दामा बेलायत र नेपाल सरकारहरूलाई विभिन्न सुझाव प्रस्तुत गर्ने अपेक्षा गरिएको बताए ।

    एनआरएनए यूकेले सम्पूर्ण गोर्खा संगठनका सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ । आमन्त्रित वक्ताहरुमा जी १० प्रवक्ता मेजर रि. जुद बहादुर गुरुङ, ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी अध्यक्ष रि. मेजर टिकेन्द्र दल देवान जेपी, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राई, गोर्खा अफर टु ट्रान्सफर (गट) अध्यक्ष उदय बहादुर गुरुङ एमबीइ, गेसो सभापति कृष्ण कुमार राई, गेसो उपसभापति धर्म तामाङ, नेसा यूके अध्यक्ष केश बहादुर गुरुङ, अनसनकर्ताहरु पुष्प राना घले, धन बहादुर गुरुङ र ज्ञानराज राई रहनेछन्

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य