• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

दुरा सेवा समाज युकेको १६औ वार्षिक उत्सव सम्पन्न

  •   २४ बैशाख २०८१, सोमबार १२:२२ 
  • लण्डन , दुरा सेवा समाज युकेले शनिवार ४ मार्च २०२४ को दिनमा लण्डनको वेल्लिंगमा स्थित अपर विकहाममा १६औ वार्षिक उत्सव तथा नेपाली नयाँ वर्ष २०८१को शुभ कामना कार्यक्रम सम्पन्न गरेको छ।

    उक्त १६औ वार्षिक उत्सवको प्रमुख अतिथि लण्डन राजदुतावासका महामहिम राजदुतलाई आमन्त्रण गरिएको भएतापनि उक्त कार्यक्रममा महामहिम राजदुत अनुपस्थित भएका छन । यस अवसरमा नेपाल आदिवासी जनजाती महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा मुख्य अतिथि थिए भने बिशेष अतिथिहरु नेफिन केन्द्रका निवर्तमान सचिब तथा नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुरा, नेफिन महिला बेलायतको बरिष्ठ उपाध्यक्ष गंगामाया दुरा, आदिवासी जनजाती पत्रकार महासंघ युकेका अध्यक्ष बम थापा सूर्यवंशीमगर, मगर संघ युकेका अध्यक्ष सीता पुनमगर र अन्य अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो।

    दुरा सेवा समाज युकेका अध्यक्ष फ्रम बहादुर दुरा, प्रमुख अतिथि नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुराले, दुरा जातिको पुर्खाको फोटोमा दियो प्रजवलन गरि अबिर अनि खाता ओढाएर समुहघाटन गरेका थिए । १६औ वार्षिक उत्सवको अवसरमा नेफिन केन्द्रका निवर्तमान सचिब तथा नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुराले वार्षिक उत्सव मनाउनको औचित्य र आजको अवस्थाको बारेमा प्रकाश पारेका थिए । दुरा समाज सेवा युकेका सस्थापक अध्यक्ष कर्ण दुराले दुरा समाज सेवा युकेको स्थापना कालको स्मरण गराएका थिए भने प्रमुख अतिथि कर्मा पहाडी शेर्पा, बिशेष अतिथिहरु गंगामाया दुरा, सीता पुनमगर, बम थापा सूर्यवंशी मगर र अन्य अतिथिहरुले शुभ कामना मन्तब्य राखेका थिए।

    यस अवसरमा नेपालबाट भर्खरै आएका नयाँ सदस्यहरूलाई समाजले खाता लगाएर समाजमा स्वागत गरिएको थियो भने समाजका नव दम्पति जोडीलाई खाता र फुल वाट बधाई तथा शुभ कामना प्रदान गरिएको थियो। त्यस्तै गरि दुरा समुदयबाट बेलायतका डाक्टरहरु डा. ज्योती श्रेष्ठ, डा.केशमाया दुरा,डा.सिजान शोभा दुरा, डा.किसान भक्त दुरा,डा शन्जिला दुरा र हालसालै बृटिश आर्मीमा क्याप्टेन पदमा पुग्नु भएका क्यापटेन रबिन दुराहरुलाई दोसल्लाह ओढाएर, सम्मान पत्र, खाता र फूलले सम्मान गरिएको थियो ।

    दुरा सेवा समाज युकेका अध्यक्ष फर्म बहादुर दुराको अध्यक्षतामा संचालित कार्यक्रमलाई महासचिब हिमानसिंह दुराले संचालन गरेका थिए ।
    दुरा जाति लम्जुङ्ग जिल्लाको दुरा डाँडा र त्यसको वरिपरि आदिकालदेखि रहँदै आएको भएता पनि बिबिध कारणले अन्य ठाउंमा छरिएर रहन पुगेको छ। सोहि क्रममा युकेमा पनि दुरा जत्तिको वसोवास भएको हुनाले दुरा समाज सेवा युके भएको र यस कार्यक्रममा दुरा समुदयका करिब २०० जना सदस्यहरूको सहभागिता रहेको थियो । दुरा जातिको थोरै जनसंख्या भएता पनि अति उत्साहजनक र उल्लेखनिय सहभागिता रहेको थियो । नेपालबाट आएको कलाकारहरूको प्रतुति र स्थानियहरुको मौलिक ठाडो भाका प्रस्तुतीले कार्यक्रम अति आकर्षक बनेको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य