• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

रुद्र थापामगर गुल्मी जिल्ला समाज यूकेको निर्बिरोध अध्यक्ष , . घोषणा पत्र सहित.

  •   २४ बैशाख २०८१, सोमबार १५:५९ 
  • लन्डन। गुल्मी जिल्ला समाज यूकेको अधिवेशन बाट रुद्र थापा निर्बाचित भएका छन् । आइतबार अल्डरसटमा भएको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमितिको अध्यक्ष पदमा सहमति बने पछि रुद्र थापा निर्विरोध अध्यक्ष बनेका हुन् ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा मञ्जु भण्डारी र मुकुन्दहरि खराल निर्विरोध भएका छन्। यसै गरी महासचिवमा महलाल घिमिरे,सचिवमा राधा खरेल र प्रबक्तामा वसन्त खनाल छन् भने कोषाध्यक्षमा तेजबहादुर श्रीष र सहकोषाध्यक्षमा डम्मर श्रीष निर्विरोध भएका छन्।कार्यसमितिको सदस्यमा अर्जुन बस्नेत, दीपक थापा मैथाने मगर, गुनबहादुर थापा, कपुर श्रेष्ठ, काशिराम भण्डारी, माया केसी, रामप्रसाद पन्थी, शर्मिला भण्डारी, सुरेश केसी र सूर्यविक्रम केसी छन्।ट्रस्टीमा तारा भट्टराई हुने गरी सहमति भएको हो ।
    संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निर्वाचन समिति बिधान समिति,बिधान समितिको अन्तिम प्रयास पछि सबै उम्मेदवारलाई संगै राखेर सहमति गरे पछि सफल भएको हो ।

    फत्त थापा संयोजक रहेको निर्वाचन समितिमा बालजंग अर्याल र राजेन्द्र श्रेष्ठ सदस्य रहेका थिए ।निर्वाचन समिति संयोजक फत्त थापाले निर्वाचनका लागि आवश्यक सबै प्राविधिक तयारी भइरहेको र समयभित्रै सहमति बनेको स्वागत योग्य भन्दै थापाले खुसि व्यक्त गरे ।

    घोषणा पत्र

    नाम: रुद्र थापा मगर
    अध्यक्ष को प्रत्याशी
    गुल्मी जिल्ला समाज यूके

    नमस्कार !
    समाजको स्थापनाकालदेखि प्रत्यक्ष कार्यसमितिको कार्यकारी पदमा रहेर निरन्तर समाजको सेवा गर्दै आज यहाँ सम्म आएको छु। समाजको भलो र साथीहरूको मनोकांक्षालाई परिपूर्ति गर्दै समाजमा धेरै नै त्याग गरिसकेको छु र मलाई लाग्छ कि यो समय मेरो र संस्थाको लागि मेरो नेतृत्व अति आवश्यक भएको महसुस गर्दै मेरो उम्मेदवारी दिएको छु । म विश्वस्त छु कि हजुरहरूले हजुरहरूको बहुमूल्य मत दान गरी मेरो जित सुनिश्चित गरिदिनुहुनेछ।
    मेरो समाज प्रतिको योगदान हरु:
    १. संस्थापक अध्यक्ष ओम थापा ज्यूको कार्यकालमा – कार्यसमिति सदस्य ।
    २. ⁠पूर्व अध्यक्ष अर्जुन गौतम ज्यूको कार्यकालमा – कार्यसमिति सदस्य ।
    ३. ⁠पूर्व अध्यक्ष राम गलामी ज्यूको कार्यकालमा – कार्यसमिति सदस्य ।
    ४. ⁠निबर्तमान अध्यक्ष टोप पल्लि ज्यूको कार्यकालमा – कार्यसमिति सदस्य (प्रवक्ता)।
    ५. ⁠हालको अध्यक्ष बिर बलाल ज्यूको कार्यकालमा – महासचिव।

    नोट: साथीहरू लाई मिलाउने क्रममा चार कार्यकाल सम्म मैले एउटै पदमा रहेर काम गरेको छु र यस पटक पनि हामी ४ जना अध्यक्षका प्रत्याशीहरू मध्य अरू तिन जना मिलेर एक जना मात्र आएको अवस्थामा मैले मेरो उम्मेदवारी फिर्ता लिई उपाध्यक्ष पदमा बस्ने निर्णय पनि लिएकै हो । तर दुर्भाग्य वहाहरु मिल्न सक्नु भएन । र मैले हदैसम्मको लचकता अपनाउँदा पनि साथीहरू बाट सहमतिको टुङ्गो नलागेपछि मेरो उम्मेदवारी जारी राख्दै हजुरहरू समक्ष हजुरहरूको अमूल्य मतको अपिल गर्दछु ।

    मेरो प्रतिबद्धता हरु:
    १. समाजको जगेडामा रहेको £47K को समाजलाई दीर्घकालीन फाइदा हुनेगरि ब्यबस्थापन गर्ने ।
    २. ⁠समाजलाई एकीकृत र अझ मजवुद गराउन बेलायतमा रहेका गुल्मेलीहरू बस्ने सहरमा गुल्मी जिल्ला समाज यूके को इकाई समितिको गठन गर्ने ।
    ३. ⁠गुल्मी जिल्ला समाज यूके लाई मातृभूमि गुल्मी र नेपाल सँग जोड्दै दीर्घकालीन र प्रत्यक्ष लाभ हुने गरी कुनै पनि काम गर्ने ।
    ४. ⁠बेलायतमा रहेका गुल्मेलीहरूको सुख दुःखमा सदैव साथ दिँदै बेलायतमा रहेका नेपाली तथा गैर नेपाली संघ संस्थाहरु सँग आपसी मेलमिलाप तथा भ्रातृत्व कायम गर्दै संस्थालाई अगाडि बढाउने छु ।

    रुद्र थापा मगर
    अध्यक्ष को प्रत्याशी
    गुल्मी जिल्ला समाज यूके

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य