• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

२६ मे आईतवारको दिनमा गोर्खा कप २०२४

  •   ५ जेष्ठ २०८१, शनिबार २०:१२ 
  • सनिवार १८ मे २०२४ – बेलायत। तमु धिं युकेले गोर्खा कप २०२४ को सम्पूर्ण कार्यहरु तयारी भएको घोषणा गरेको छ। उक्त घोषणा तमु धिं युकेले बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन गरेर जानकारी गरेको हो ।
    बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कप २०२४ तथा गोर्खा कपको २२ सौं संस्करण बेलायतको अल्डर्सटस्थित कुईन्स एभिन्यू फुटबल ग्राउण्डमा आइतवार २६ मे का दिन संचालन हुने भएको छ। पत्रकार सम्मेलनमा गोर्खा कपका प्रमुख संयोजक तथा खेलकुद सचिब क्याप्टेन दिपक घलेले गोर्खा कप २०२४ को सम्पूर्ण कार्यहरु तयारी भईसकेको जानकारी दिएका छन ।

    यस बर्ष गोर्खा कपमा, मुख्य टिम ३२, र भेट्रान टिम १६, र २ महिला टिम गरेर जम्मा ५० टिमले भाग लिने बताएका छन। गोर्खा कपमा २ वटा महिला फुटबल टिमहरु रनडर बल्ट र यमके लेडिसले भाग लिने भएको छ। महिला फुटबल टिमले भाग लिएको यो तेस्रो बर्ष हो। गोर्खा कपमा फुटबल मेन टिमको बिजेतालाई £२५००, उपविजेतालाई £१८००, भेट्रान टिमको बिजेतालाई £१५००, उपविजेतालाई £१२००, महिला टिमको बिजेतालाई £६००, उपविजेतालाई £४०० नगद पुरुष्कार प्रदान गर्ने भएको छ। यस बर्ष उत्कृष्ट खेलाडीहरुले यस बर्ष पुरुषका स्वरूप घडी उपहार प्राप्त गर्ने छन। गोर्खा कप २०२४ को मुख्य आकर्षणहरु मध्ये यस बर्ष नेपालबाट फूटबल खेलाडीहरु कबिन राई, बिबस गुरुङ र गोरख घलेको सहभागिता रहने भएको छ।

    अन्य आकर्षणहरु सांकृतिक कार्यक्रम, धौलागिरी नौमती बाजा, खानपिनका स्टलहरु, च्यारिटीका स्टलहरु, व्यापारिक प्रयोजनका स्टलहरु, घरयासी प्रयोजनका लागि चाहिने भाडाकुडा पसलहरु, लत्ताकपडा पसलहरु, जनचेतनामुलक स्टलहरुलगायत बिभिन्न स्टलहरु रहने ब्यबस्था गरिएको क्याप्टेन घलेले बताएका छन । गोर्खा कपमा प्रमुख अतिथि, रसमार बोरो काउन्सिलका मेयरलाई आमन्त्रण गरिएको छ भने, बिशेष अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, गोर्खा ब्रिगेडका अफिसरहरूलगायत रसमुरबोरो काउन्सिलरहरुलाई आमन्त्रण गरिएको छ।

    अन्य अतिथिहरुमा बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरुलगायत दुतावासका कर्मचारीहरु रहने बताएका छन । गोर्खा कपको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ सयोजक क्याप्टेन दिपक घले, अध्यक्ष हरी गुरुङ र उनका ब्यबस्थापन समितिका सदस्यहरुले सहजीकरण गरेका छन । पत्रकार सम्मेलनकै दिन तमु धिं युकेका अध्यक्ष हरि गुरुङले गोर्खा कपको संचालक समितिको सहयोगमा टिम ड्र गरेका छन। टिम ड्र गर्नमा पुर्ब संयोजकहरु ले. कुसाङ्ग गुरुङ र कुमार गुरुङले साथ दिएका थिए। तमुधी युकेका अध्यक्ष हरी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब डा. बिशाल गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिएका थिए।

    पत्रकार सम्मेलनमा तमुधी युकेले उपस्थित पत्रकारहरुलाई स्वागत तथा सम्मान गरेका छन। उक्त स्वागत तथा सम्मान कार्यक्रममा तमुधी युकेका मिडिया सचिब तथा एभेरेष्ट टाईम्सका अनलाइन्स प्रमुख सर्बिंद्र कुमार (एसके) गुरुङले उपस्थित पत्रकारहरुलाई परिचय गराएका थिए।पत्रकार सम्मेलनमा चन्दा दाताहरुलाई पनि सम्मान गरेका छन। सोहि कार्क्रममा आमा समुहलाई पि क्याप उपहार प्रदान गर्ने यशोदा गुरुङलाई पनि सम्मान गरेका छन।

    पत्रकार सम्मेलनमा फोनिज युकेका निबर्तमान अध्यक्ष गोमा रानाद्वारा लिखित कविता संग्रह ‘सात समुन्द्र पारी’ र एभेरेष्ट टाईम्सका प्रबन्ध निर्देशक नगेन्द्र नेम्बाङ्ग द्वारा “स्वस्थ जिन्दकिको शान’ पुस्तक तमु धिं युकेका अध्यक्ष हरि गुरुङलाई उपहार स्वरूप प्रदान गरेका छन। गोर्खा कपको पत्रकार सम्मेलनमा तमुधी युकेका संस्थापक अध्यक्ष मिन तमु, पुर्ब अध्यक्षहरु, रामचन्द्र तमु (सुर्जे) ज्ञाम गुरुङ, नन्द जंग गुरुङ, हितकाजी गुरुङ, बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्षहरु परशुराम गुरुङ, कमल गुरुङ, महासचिब डा. बिशाल गुरुङ सचिब बिमल गुरुङ, कोषाध्यक्ष दिल माया गुरुङ, कार्यसमितिका सदस्यहरु, आमा समुहका अध्यक्ष सन्ध्या गुरुङ, तमुधी युकेका संरक्षकहरु, सल्लाहकारहरुलगायत बिभिन्न बर्गका बुद्धिजीवी तथा प्रबुद्ध ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

    उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुबराज अर्याल र फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशीलगायत दुइ दर्जन भन्दा अधि पत्रकारहरुको उपस्थिति रहेको थियो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य