• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

२२औँ गोर्खा कपको उपाधि बीबीसीले जित्यो

  •   १४ जेष्ठ २०८१, सोमबार १७:४१ 
  • आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यु फुटबल मैदानमा भएको प्रतियोगितामा मुख्य टिमतर्फ वाटरमिलन एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै बीबीसी च्याम्पियन बनेको हो । उपाधिसँगै बीबीसीले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

    उपविजेता वाटरमिलनले १ हजार ८०० पाउन्ड, ट्रफी र चेक प्राप्त गर्‍यो । विजेता र उपविजेतालाई तमु धीं युकेका अध्यक्ष हरि गुरुङले प्रमाणपत्र, अतिथिबाट ट्रफी र प्रायोजकले चेक हस्तान्तरण गरेका थिए ।

    यस्तै, भेट्रानतर्फ पनि बीबीसीकै टिम विजेता बन्यो । बीबीसीसँग १-० ले नै पराजित हुँदै धरान ११ एफसी उपविजेता बनेको छ । यस विधाको विजेताले १ हजार ५०० पाउन्ड र उपविजेताले १ हजार पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी पाए ।

    महिला विधातर्फ रन्डरबोल्टस एफसी विजेता र एमके लेडिज एफसी उपविजेता बने । रन्डरबोल्टस एफसी पनि पेनाल्टी सुटआउटमा १-० ले नै विजयी बनेको हो । यस विधामा दुई टिमले मात्र भाग लिएका थिए । उनीहरूले क्रमश: ६०० र ४०० पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
    बेलायतका नेपालीमाझ चर्चित यो प्रतियोगितामा मेनतर्फ ३२ र भेट्रानतर्फ १६ टिमको सहभागिता थियो । प्रतियोगितामा यस वर्ष मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ २ टिम गरी ५० टिम सहभागी भएका थिए ।

    तमुधिँ युकेले २२ वर्षदेखि बेलायतमा गोर्खा कपको आयोजना गर्दै आएको छ । बेलायतका नेपालीमाझ भेटघाट गर्ने, व्यापार प्रवर्धन गर्ने थलोका रुपमा समेत कहलिएको गोर्खा कपमा करिब १४ देखि १५ हजार मानिसहरु उपस्थित भएको आयोजकको दाबी छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य