• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

२२औँ गोर्खा कपको उपाधि बीबीसीले जित्यो

  •   १४ जेष्ठ २०८१, सोमबार १७:४१ 
  • आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यु फुटबल मैदानमा भएको प्रतियोगितामा मुख्य टिमतर्फ वाटरमिलन एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै बीबीसी च्याम्पियन बनेको हो । उपाधिसँगै बीबीसीले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

    उपविजेता वाटरमिलनले १ हजार ८०० पाउन्ड, ट्रफी र चेक प्राप्त गर्‍यो । विजेता र उपविजेतालाई तमु धीं युकेका अध्यक्ष हरि गुरुङले प्रमाणपत्र, अतिथिबाट ट्रफी र प्रायोजकले चेक हस्तान्तरण गरेका थिए ।

    यस्तै, भेट्रानतर्फ पनि बीबीसीकै टिम विजेता बन्यो । बीबीसीसँग १-० ले नै पराजित हुँदै धरान ११ एफसी उपविजेता बनेको छ । यस विधाको विजेताले १ हजार ५०० पाउन्ड र उपविजेताले १ हजार पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी पाए ।

    महिला विधातर्फ रन्डरबोल्टस एफसी विजेता र एमके लेडिज एफसी उपविजेता बने । रन्डरबोल्टस एफसी पनि पेनाल्टी सुटआउटमा १-० ले नै विजयी बनेको हो । यस विधामा दुई टिमले मात्र भाग लिएका थिए । उनीहरूले क्रमश: ६०० र ४०० पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
    बेलायतका नेपालीमाझ चर्चित यो प्रतियोगितामा मेनतर्फ ३२ र भेट्रानतर्फ १६ टिमको सहभागिता थियो । प्रतियोगितामा यस वर्ष मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ २ टिम गरी ५० टिम सहभागी भएका थिए ।

    तमुधिँ युकेले २२ वर्षदेखि बेलायतमा गोर्खा कपको आयोजना गर्दै आएको छ । बेलायतका नेपालीमाझ भेटघाट गर्ने, व्यापार प्रवर्धन गर्ने थलोका रुपमा समेत कहलिएको गोर्खा कपमा करिब १४ देखि १५ हजार मानिसहरु उपस्थित भएको आयोजकको दाबी छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य