• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पत्रकार महासंघ यूके सदस्यमा ४० आवेदन स्वीकृत, निर्वाचन समिति संयोजकमा नरेश खपांगीमगर

  •   १८ जेष्ठ २०८१, शुक्रबार २०:०६ 
  • लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाले सदस्यताका लागि जम्मा ४० जनाको नाम सिफारिश गर्ने भएको छ ।

    शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा विहिबार सम्पन्न कार्यसमिति बैठकले नवीकरणतर्फ ३७ , नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४० आवेदन स्वीकृत गरेको छ ।

    प्रत्यक्ष र भर्चुअल दुई माध्यममा कार्यसमितिको पुर्ण बैठकले ७० आवेदनमध्ये मापदण्डको आधारमा छानिएका सदस्यहरुको स्वीकृतीको लागि केन्द्रमा सिफारिश गरिने महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।

    बैठकले शाखाको छैठौं अधिवेशन आगामी जुलाई १४ आइतबार अल्डरसटमा गर्ने निर्णय गरेको छ । अधिवेशनको लागि भेन्यू टुंगो लगाउने जिम्मा उपाध्यक्ष प्रमिला लावुङ राईलाई दिइएको छ ।

    त्यस्तै, नयाँ कार्यसमितिको निर्वाचनका लागि बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई संयोजक तोकेको छ । कार्यसमितिसंगको परामर्शमा निर्वाचन समितिका बाँकी सदस्यहरु चयन गर्ने जिम्मा संयोजक खपांगीमगरलाई नै दिने निर्णय गरिएको छ ।

    शाखाको सदस्यताका लागि सिफारिश भएका सदस्यहरुको नामावलीः

    नविकरण
    १ नवीन पोखरेल
    २ देवराज आचार्य चिरन
    ३ दिनेशकुमार परियार
    ४ नरेश खपांगीमगर
    ५ मिलन शर्मा
    ६ नारायण पौडेल गाउँले
    ७ श्यामकुमार लुइंटेल
    ८ पूर्णबहादुर गुरुङ
    ९ नरेश काङमाङ राई
    १० भगिरथ योगी
    ११ ध्रुवराज अर्याल
    १२ शिव भण्डारी
    १३ विमला सेने
    १४ एभरेष्ट गौतम
    १५ फडिन्द्र भट्टराई
    १६ प्रजय शुक्ल
    १७ बाचस्पति रेग्मी
    १८ नरेन्द्र बस्नेत
    १९ प्रमिला लाबुङ राई
    २० डा शिव तिवारी
    २१ जमुना पुन
    २२ गोमा राना
    २३ सर्बिन्द्र कुमार ९एसके० गुरुङ
    २४ नगेन्द्रराज नेम्वाङ
    २५ सुरेन्द्र इङ्नाम
    २६ दूतबहादुर पुन
    २७ कुशल श्रेष्ठ
    २८ विश्वासदीप तिगेला
    २९ मिलन तमु गुरुङ
    ३० सञ्जयभक्त कंडेल
    ३१ मञ्जु भण्डारी खरेल
    ३२ डा जगन्नाथ कार्की
    ३ ३ बमबहादुर थापा
    ३४ जयराम तामाङ
    ३५ खेमराज रानाभाट
    ३६ विपिन निरौला
    ३७ किरण राई

    नयाँ सदस्यता
    १ प्रकाश गुरुङ
    २ अमित थेवे

    स्थानान्तरण
    १ देवी गौतम

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य