• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

इन्टेक १/८० को वार्षिक उत्सव भब्यरुपमा सम्पन्न

  •   २३ जेष्ठ २०८१, बुधबार २१:११ 
  • चन्द्र गुरुङ
    लण्डन । सन् १/१९८० मा बेलायती सेनामा भर्ती भएका गोरखा सैनिकहरू (इन्टेक १/८०) ले वार्षिक उत्सव मनाएको छ।
    १ जुन २०२४ शनिबारका दिन लण्डनमा अवस्थित बरन्हिल कम्युनिटी सेन्टरको हलमा आयोजित सो कार्यक्रममा १९८० मा भर्ती हुने गोर्खालीहरु र उनका परिवारले एकआपसमा शुभकामना र बधाई साटासाट गर्दै खुशियाली मनाए ।

    १/८० इन्टेकका अधक्ष्य दिल जीसी (३५४८) को अधक्षयतामा सम्पन्न भएको कार्यक्रमको संयोजक सस्थाका कोषाध्यक्ष जय लिम्बुले गरेका थिए भने कार्यक्रमक सचिब चन्द्र गुरुङ्ग (3505) ले संचालन गरेक थिए । अपरान्हको १ बजे देखि सुरु भएको मुख्य कार्यक्रममा उपाध्यक्ष गम गुरुङ्ग (३५१२) ले स्वागत मन्तब्य राखेका थिए भने संयोजक जय लिम्बुले सेफ्टी ब्रिफ गरेका थिए । सहकोषाध्यक्ष ३६३४ डमर काजी गुरुङ्ग तथा वहाँका टिमले ढोकामा बसेर सबैलाई स्वागत गर्दै टिकट वितरण गरेका थिए ।

    बेलायतको अधिराज्य भरि छरिएर रहेका १/८० इन्टेकका नम्बरी तथा नम्बरनीहरुको बाक्लो उपस्थिति रहेकोमा खगेन्द्र लिम्बुले डिजेको काम गरेका थिए । नेपालवाट आएका नेपालका राष्ट्रिय कलाकारहरु तिलक गुरुङ, सबिना गुरुङ, सिबदास गुरुङ र यज्ञ बिकको जोडदार प्रस्तुति रहेको थियो । नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले उपस्थित सबैलाई छम छम नचाएका थिए। कार्यक्रमका अवसरमा नम्बरी बहिनि योगा गुरुङले मन नै छुने कविता बाचन गरेर सबैलाई भाबुक बनाएकी थिइन्।

    कार्यक्रमलाई सहज र सजिलोको लागि नम्बरीहरुवाट नै स्वइच्छाले स्पोंसोर गरिएको थियो। स्पोंसोर गर्नु हुने सबै नम्बरीहरुलाई अधक्ष्य दिल जीसीवाट खाडा ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा रेफलको पनि व्यवस्था गरिएको थियो।

    खानाको व्यवस्थापन पनि नम्बरी धन गुरुङ (३९४२) ले गरेका थिए। सायद नम्बरी नै भएर होला खाना अति नै स्वादिस्ट भएको सबैले प्रसंशा गरेका थिए । कार्यक्रमको अन्तमा अधक्ष्य दिल जीसी (३५४८) ले उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमका संयोजक जय लिम्बुलाई दिनरात अहोरात्र खटिएर सबै व्यवस्थापन गरेकोमा बिशेष धन्यवाद सहित आभार प्रकट गरेका थिए।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य