• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लोकप्रिय गायक राजु लामा आफ्ना ३ हजार फ्यानका साथ लण्डनको नेपाली ओपन कन्सर्टमा

  •   ४ असार २०८१, सोमबार १२:१६ 
  • लण्डन । मंगोलियन हार्ट ब्याण्डका लोकप्रिय गायक राजु लामाको कन्सर्टमा बेलायतमा ३ हजर दर्शकहरूले मनोरन्जन लिएका छन् । मगर संघ युकेद्वारा शनिबार बेलायतको मिडस्टोन केन्टस्थित केन्ट सो ग्राउण्डमा आयोजित नेपलिज ओपन कन्सर्टमा लामाले आफ्ना फ्यानका साथै उपस्थित दर्शकहरुलाई आफ्ना करिब एक दर्जन गीत गाएर मनोरन्जन दिए ।

    नेपाली राष्ट्रिय झण्डा बोकेर मेरो नेपाल बोलको गीतको गीत गाउँदै स्टेज चढेका उनले आफ्ना नयाँ पुराना गीतहरु करिब दुई घण्टा गाएका थिए । तिमीलाई देखेर, पर्खाईमा, हल्ला चलेछ, सायद तिम्रो बाटोमा, बिस्तारै बिस्तारै, बादल पारिको देशबाट, हरियो भन्नु, सुम्निमा, नतानु त तानु लाग्ने लगायतका गीत गाएका थिए । लामालाई बेलायतको स्थानीय सिक्का ब्याण्डले लाइभ म्यूजिकमा साथ दिएको थियो । लामाले गाउनुअघि सिक्का ब्याण्डले पनि केही गीत प्रस्तुत गरेको थियो भने नेपालबाट आएका कलाकारहरू नेशन पुन, यज्ञ विके, मुना थापामगर, ललिता पुन र प्रेम विवश घर्तीमगरले पनि गीत गाएका थिए भने मगर गट ट्यालेण्ट २०२४ की विजेता रुबिया थापा,मिफ्रुरुङ युथ समूह र मगर संघ केन्ट शाखाका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।

    नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीय मेडिस्टोन काउन्सिलका मेयर, गैरआवासीय नेपाली संघका अध्यक्ष प्रेम गाहा, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मापहाडी शेर्पा, तमुधिँ युकेका अध्यक्ष हरि गुरुङ, मगर संघ युकेका संरक्षक घनबहादुर थापा, पूर्व अध्यक्षहरूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए । अतिथिहरूलाई मगरहरूको लाइभ कौरा बजाउँदै, गाउँदै, नाच्दै स्टेजमा लगिएको थियो । कार्यक्रमको अध्यक्ष अध्यक्ष सीता पुन र संचालन महासचिव गुमानसिंह थापाले गरेका थिए भने साँस्कृतिक संयोजक सरू राना गुरुङले साँस्कृतिक कार्यक्रम चलाउन मिस युके नेपाल सिर्जना गुरुङ, दीपक माइथाने, रूपा राना र नुनु पाइजालाई दिएकी थिइन् । हावा र पानीको प्रतिकूल मौसमका बावजूद पनि दर्शकहरू कार्यक्रमको अन्तिमसम्म धैर्यधारण गरेर राजु लामाको प्रस्तुति हेर्न बसेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य