• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई चयन

  •   ४ असार २०८१, सोमबार १२:३० 
  • फोटो:: मिलन तमु
    लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतको अध्यक्षमा मेजर रिटायर्ड योगेश राई निर्वाचित भएका छन् । आइतबार तमुधिँ युकेको भवन मिचेटमा भएको पाँचौँ महाधिवेसनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिमला राई, महासचिवमा फाराम दुरा, सचिवमा ईन्द्र दुरा चयन भएका छन् भने सदस्यहरूमा जीत मेन्याङ्बो र विजय लिङथेप चुनिएका छन् । कार्यसमितिको बाँकी पदाधिकारी र सदस्यहरू कार्यसमितिले नियुक्त गर्नेछ ।

    नेपाली राजदुताबास बेलायतका उपनियोग प्रमुख श्रीमती रोशन खनालले उदघाटन गर्नुभएको सो महाधिवेसनको उद्घाटन सत्र अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता र महासचिव बिमला सेनेको संचालनमा भएको थियो । वरिष्ठ उपाध्यक्ष श्रीमती लीला सेलिङ माबोले स्वागत मन्तब्य दिएकी थिइन् ।सो अवसरमा नेफिन युकेको प्रकाशन नेफिनको डेढदशक पनि विमोचन गरिएको थियो । जसमा महासंघमा आवद्ध १४ जातिको चिनारीका साथै नेफिन युकेको गतिविधि समाविष्ट छ ।

    उद्घाटन सत्रमा विशेष अतिथि नेफिन नेपालका पूर्व सचिव भक्तबहादुर दुरा, संस्थापक अध्यक्ष थर्कबहादुर राना, पूर्व अध्यक्ष जंग सुनुवार, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष नेत्रकला लिम्बु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष बम थापा सूर्यवंशी लगायतले शुभकामना मन्तब्य दिएका थिए । बन्दसत्रमा महासचिव बिमला सेनेले साँगठानिक प्रतिवेदन र कोषाध्यक्षको अनुपस्थितिमा अध्यक्ष कर्मापहाडी शेर्पाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

    नयाँ कार्यसमिति चयन गर्नका लागि एकेन्द्र गुरुङको संयोजकत्वमा दुत पुन सदस्यसचिव तथा विश्वासदीप तिगेला, सिरी लिम्बू र जंग सुनुवार रहेको निर्वाचन समिति बनाइएको थियो । महाधिवेसनले विश्व आदिवासी दिवस मनाउने, आदिवासी पुरुष र महिला वर्षव्यक्ति चयन गर्ने, नेपाली मेलामा उत्कृष्ट जातिय झाँकी प्रदर्शन गर्ने जातिय संस्थालाई जनजाति शिल्ड दिने पनि निर्णय गरेको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य