• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पुनमगर समाज युकेको १०औँ भूमेपूजा सम्पन्न

  •   १९ असार २०८१, मंगलवार ०५:४८ 
  • तेज पुनमगर
    लन्डन । पुनमगर समाज युकेको १० औँ वार्षिक भेटघाट तथा भूमेपूजा शनिबार, २९ जुन २०२४ को दिनमा फार्नबोरोस्थित कोडी बोमेन स्टोरोङ वेमा सम्पन्न भएको छ ।

    पुनमगर समाज युकेले स्थापनाकाल २०१४ देखि नै मगर सङ्घ युकेसँग आबद्ध भई भातृ संस्थाको रूपमा हरेक वर्ष धौलागिरि कालीगण्डकी सेरोफेरोमा बसोबास गर्ने पुनमगरहरूको मौलिक तथा परम्परागतरूपमा कलासंस्कृति र भेषभूषालाई जगेर्ना गर्ने हेतुले भूमेपूजाको कार्यक्रम गर्दै आएको छ ।
    भूमेपूजा कार्यक्रम तीन चरणमा गरिएको थियो । पहिलो चरणको कार्यक्रममा कार्यक्रमका मुख्य अतिथि मगर सङ्घ युकेका वरिष्ठ उपाधक्ष्य लालबहादुर पुनमगर, अतिथिहरू तमुधी युकेका अध्यक्ष हरिबहादुर गुरुङ, मोना युकेका अध्यक्ष कुमार फगामी, पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष अप्सरा गुरुङ, फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवङ्शीमगर, खाम भाषीका अध्यक्ष लिलाप्रसाद पुन, म्याग्दी चौतारी पोखराका उपाध्यक्ष कुलवीर राम्जाली, देवीसताङ गाउँपालिकाका अध्यक्ष याम पुर्जा, ईएसीका सचिव भक्त रोका, धौलागिरि गाउँपालिका अध्यक्ष क्याप्टेन दलबहादुर रोका, मगर धनुषबाणका अध्यक्ष नन्दा रोका, मोना युथ उपाध्यक्ष तारा गर्बुजामगर, मगर सङ्घ युकेका सांस्कृतिक सचिव नुनु थापामगरलगायतको उपस्थिति रहेको थियो ।

    मुख्य पूजा सुरुहुनुभन्दा अगाडि संस्थाका संस्थापक अध्यक्ष बिल पुर्जामगरको निर्देशनमा इन्द्रमान खोर्जाले धौलागिरि नौमती बाजाको दमाहा बजाएर र बिल पुर्जाले गाउँघरमा जस्तै गरी अग्लो ठाउँ वा देउरालीमा गएर धोक हाली सुरु गरिएको पूजाकार्यक्रम सुरु गरेका थिए । यसै धोकबाट भूमेपूजा सुभारम्भ भएको घोषणा गरिएको थियो । समाजको पूजास्थलमा लिङ्गो (रातो सेतो धजा) गाडिएको ठाउँमा ३ जना पुजारीहरूले पूजा सुरु गरेपश्चात् उपस्थित सबैले धुप, चामल, अछेता र जोडी ध्वजाले पूजा गर्ने कार्य भयो ।

    प्राम्भिभक पूजापश्चात् बलि दिने बोका अथवा भेडाको थुमस्वरूप खर्बुजालाई सिंगारपटार गरी पूजाका सम्पूर्ण सामग्रीसहित मुख्य लिङ्गो बोकेर बाजागाजाका साथ मुख्य बलि दिने ठाउँमा पुगियो र थानलाई परिक्रमा गरी पूजा सम्पन्न गरियो । थानसम्म जाँदा र फर्कंदा धौलागिरि नौमती बाजाको नगरा लगाउँदै अगुवाइ गरिएको थियो भने पुनमगरहरूको पुख्र्यौली सोरठी समूहले साइलो भाका गाउँदै जाने र फर्कने गरिएको थियो । पूजाको कार्यक्रमपश्चात पुख्र्यौली सोरठी समूहबाट सरस्वती पुख्र्यौली नाच गरी पूजाको कार्यक्रमको समापन गरिएको थियो ।

    कार्यक्रमको दोस्रो चरणमा संस्थाका अध्यक्ष बल पुर्जा पुनमगर र कार्यक्रमका मुख्य अतिथि लालबहादुर पुनमगरले संयुक्त रूपमा दीप प्रज्वलन गरी यस सत्रको कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा कार्यक्रमका संयोजक तेज राम्जालीमगरले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमका सञ्चालक सचिव तुलचन्द्र तिलिजामगरले भूमे देउतालाई फूलपाती, ध्वजा चढाउँदै पूजामा ‘उपस्थित सबै पाहुनालाई स्वागत छ’ भन्ने गीत गाएर पाहुनाहरूलाई स्वागत गरेका थिए ।

    भूमे पूजाको शुभकामना दिने क्रममा खामभाषी मगर समाज युकेका अध्यक्ष लिलाबहादुर पुनमगरले भूमेपूजालाई सिङ्गो मगरहरूको मौलिक पूजाको रूपमा संस्थागत मान्यता दिनुपर्नेमा जोड दिएका थिए ।

    यो भूमेपूजा १० औँ वार्षिक उत्सव भएको हुँदा संस्थापक अध्यक्ष बिल पुर्जामगर, वर्तमान अध्यक्ष बल पुर्जामगर र मुख्य अतिथि लाल बहदुर पुनमगरले संयुक्त रूपमा भोजपुरे खुकुरीले ठूलो केक काटेर पहिलो दशक मनाइएको थियो । त्यसपश्चात संस्थाका अध्यक्षले सबैलाई धन्यवाद दिएर औपचारिक कार्यक्रम समापन गरेका थिए ।

    तेस्रो चरणको कार्यक्रममा सांस्कृतिक सचिव खिम पुनमगरले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । सानासाना नानीहरूका विभिन्न नाचबाट सुरु गरिएको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका नेपालका राष्ट्रिय कलाकारहरू नेशन पुनमगर, गगन पुनमगर, ललित पुनमगर र दीपा गुरुङले आफ्ना बेजोड प्रस्तुति दिएका थिए । यस भूमेपूजामा लगभग ४०० पुनमगर र अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो ।


    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य