• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एनआरएनए यूकेले पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई गर्‍यो विशेष सम्मान

  •   १४ श्रावण २०८१, सोमबार ०६:३७ 
  • लन्डन । एनआरएनए यूकेले हालै निर्वाचित विमला सेने नेतृत्वको नेपाल पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई सम्मान गरेको छ ।

    आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन लगायतले नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्षद्वय प्रमिला लावुङ राई र शिव भण्डारी, कोषाध्यक्ष एसके गुरुङ, सह-कोषाध्यक्ष सुरेन्द्र इंग्नाम, सदस्यहरु वाचस्पति रेग्मी, गोमा राना, बम थापा सूर्यवंशी, मिलन तमु र नरेन्द्र नेम्वाङलाई फेथा, पुष्पगुच्छा र ‘टोकन अफ लभ’ बाट सम्मान गरे ।

    पत्रकार महासंघ यूके अध्यक्ष सेनेले विशेष सम्मान गरेकामा एनआरएनए यूकेप्रति धन्यवाद व्यक्त गर्दै नेपाली समुदायको अपेक्षा अनुसार संस्था पत्रकारितामा निरन्तर लागिरहने प्रण गरिन् ।अध्यक्ष सेनेले नेपाली समुदायको हितका लागि भावी दिनमा एनआरएनए यूकेसंग सहकार्य गर्ने समेत जनाइन् ।

    प्रमुख संरक्षक डेभिड गुरुङले पत्रकार महासंघको नयां कार्यसमितिलाई बधाई दिंदै अझ बढी खोज, अनुसन्धानमा लागेर सत्य तथ्य समाचार प्रस्तुत गर्न शुभकामना दिए । उनले पत्रकार महासंघ यूके, एनआरएनए यूकेमा केही समूहले भ्रम फैलाउने कोशिस गरेपनि त्यसमा विश्वास नगर्न समुदायसमक्ष अपिल गरे । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले विगतमा जे जस्तो भएपनि संघ अब पत्रकार महासंघ, बेलायतको नयां कार्यसमितिसंग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्दै जनचेतनामूलक र सूचनामूलक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे ।

    एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको उक्त सम्मान कार्यक्रममा नेपालबाट आएका लोकगायक राजेन्द्र कार्कीले राष्ट्रिय गान गाएका थिए । सो अवसरमा एनआरएनए यूकेले अगष्ट ३ मा फेल्थाम लन्डनमा गर्न लागिएको पहिलो एनआरएनए कप फुटबल प्रतियोगिता तथा नेपाल महोत्सव तयारी पुरा भएको जानकारी दिएको छ

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य