• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एनआरएनए यूकेले पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई गर्‍यो विशेष सम्मान

  •   १४ श्रावण २०८१, सोमबार ०६:३७ 
  • लन्डन । एनआरएनए यूकेले हालै निर्वाचित विमला सेने नेतृत्वको नेपाल पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई सम्मान गरेको छ ।

    आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन लगायतले नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्षद्वय प्रमिला लावुङ राई र शिव भण्डारी, कोषाध्यक्ष एसके गुरुङ, सह-कोषाध्यक्ष सुरेन्द्र इंग्नाम, सदस्यहरु वाचस्पति रेग्मी, गोमा राना, बम थापा सूर्यवंशी, मिलन तमु र नरेन्द्र नेम्वाङलाई फेथा, पुष्पगुच्छा र ‘टोकन अफ लभ’ बाट सम्मान गरे ।

    पत्रकार महासंघ यूके अध्यक्ष सेनेले विशेष सम्मान गरेकामा एनआरएनए यूकेप्रति धन्यवाद व्यक्त गर्दै नेपाली समुदायको अपेक्षा अनुसार संस्था पत्रकारितामा निरन्तर लागिरहने प्रण गरिन् ।अध्यक्ष सेनेले नेपाली समुदायको हितका लागि भावी दिनमा एनआरएनए यूकेसंग सहकार्य गर्ने समेत जनाइन् ।

    प्रमुख संरक्षक डेभिड गुरुङले पत्रकार महासंघको नयां कार्यसमितिलाई बधाई दिंदै अझ बढी खोज, अनुसन्धानमा लागेर सत्य तथ्य समाचार प्रस्तुत गर्न शुभकामना दिए । उनले पत्रकार महासंघ यूके, एनआरएनए यूकेमा केही समूहले भ्रम फैलाउने कोशिस गरेपनि त्यसमा विश्वास नगर्न समुदायसमक्ष अपिल गरे । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले विगतमा जे जस्तो भएपनि संघ अब पत्रकार महासंघ, बेलायतको नयां कार्यसमितिसंग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्दै जनचेतनामूलक र सूचनामूलक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे ।

    एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको उक्त सम्मान कार्यक्रममा नेपालबाट आएका लोकगायक राजेन्द्र कार्कीले राष्ट्रिय गान गाएका थिए । सो अवसरमा एनआरएनए यूकेले अगष्ट ३ मा फेल्थाम लन्डनमा गर्न लागिएको पहिलो एनआरएनए कप फुटबल प्रतियोगिता तथा नेपाल महोत्सव तयारी पुरा भएको जानकारी दिएको छ

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य