• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पत्रकार दण्ड गुरुङ र दिलिपाश्री अधिकारी सम्मानित।

  •   २१ भाद्र २०८१, शुक्रबार ०४:४३ 
  • ०५ सेप्टेम्बर २०२४ – बेलायत। नेपाल पत्रकार महासंघ (नेफिन) युके र नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) युकेले संयुक्त रुपमा नेपालबाट बेलायत भ्रमणमा रहेका फोनिज केन्द्रका निबर्तमान अध्यक्ष, एबिसी टेलिभिजनका समादक तथा एभरेष्ट टाइम्स युकेका सम्पादक दण्ड गुरुङ र नेपाल प्रेस युनियनका उपमहासचिब तथा नेपाल टेलिभिजनका पत्रकार दिलिपाश्री अधिकारीलाई बेलायतको हारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा स्वागत, सम्मान र बिदाइ गरको छ।

    पत्रकार गुरुङलाई तमु धिं युकेले नेपाली मेला २०२४ मा आमन्त्रण गरेको थियो भने पत्रकार अधिकारी निजि भ्रमणमा बेलायत आएका हुन्। कार्यक्रममा नेफिन युकेका अध्यक्ष तथा गोर्खा च्यानलका सम्पादक बिमला सेने र फोनिज युकेका अध्यक्ष तथा लन्डन काठमान्डू डटकमका सम्पादक बम थापा सूर्यवंशी मगरले खडा र उपहारले स्वागत, सम्मान र बिदाइ गरेका छन्।

    स्वागत, सम्मान र बिदाइ कार्यक्रममा शिकारी सरदार बंशु गुरुङ स्मृति प्रतिष्ठान युकेका संयोजक तथा निबर्तमान तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङ, एन आर एन युकेका पुर्ब सचिब तथा समाजसेवी डा. मिन रानाभाट, बौद्धिक व्यक्तित्व गणेश इजाम, बिशेष अतिथि पत्रकार दिलिपाश्री अधिकारी र प्रमुख अतिथि दण्ड गुरुङले आ-आफ्नो मन्तब्य राखेका थिए। मन्तब्यकोक्रममा समाजसेवी लेख गुरुङले पत्रकारहरुलाई शिकारी सरदार वंशु गुरुङको प्रचार प्रसार गरेर राष्ट्रिय बिभुति घोषणा गर्नमा सहयोग गरिदिनको लागि अनुरोध गरेका छन्।

    पत्रकार अधिकारीले नेपाल पत्रकार महासंघमा उमेदवारी बन्नको लागि नेपाल फर्कन परेको बताएका छन भने पत्रकार गुरुङले नेफिन युकेले महिला नेतृत्व पाएकोमा गर्ब गरेका छन भने केन्द्रमा पनि विगतदेखिनै समाबेसी होस् भन्ने चाहना राख्दै आएको बताएका छन्। पत्रकार गुरुङ र अधिकारीले फोनिज युकेका अध्यक्ष र कार्यसमितिलाई असुन्तुष्ट खेमामा रहेका पत्रकारहरुलाई पनि साथमा लिएर जान सुझाएका छन्।

    नेफिनका अध्यक्ष बेमला सेनेले अध्यक्षता गरेको कार्यक्रममा फोनिजका अध्यक्ष बम थापा सूर्यवंशी मगरले स्वागत मन्तब्य दिएका थिए भने नेफिनका महासचिब खेमराज रानाभाटले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रमको अन्त्यमा अध्यक्ष सेनेले सम्मानित भएका पत्रकारहरु दण्ड गुरुङ, दिप्लिपा अधिकारी र उपस्थित सम्पुन्लाऐ धन्यवाद दिदै असुन्तुष्ट खेमामा रहेका पत्रकारहरुलाई पनि साथमा लिएर जान सकिने बताएका छन् ।

    स्वागत, सम्मान र बिदाइ कार्यक्रममा प्रमुख अतिथि दण्ड गुरुङ, बेशेष अतिथि दिलिपश्री अधिकारी, नेफिन युकेका संस्थापक अध्यक्ष नविन पोखरेल, नेपाली समाचार डटकमका सम्पादक बिश्वासदिप तिगेला, एभरेष्ट टाईम्सका सम्पादक चिम्खोले काईला, लन्डन नेपाल डटकमका सम्पादक शिब भण्डारी, लगायत साढे एक दर्जन पत्रकारहरु तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य