• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) युकेद्वारा राजदूत घिमिरेलाई स्वागत

  •   १८ फाल्गुन २०८१, आईतवार २२:२७ 
  • लन्डन । १ मार्च २०२५। बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) युकेले स्वागत गरेको छ।

    अध्यक्ष मेजर रिटायर्ड योगेश कुमार राईको अध्यक्षतामा शनिवारको अपरान्ह अल्डरसटस्थित डी लाउन्ज रेस्टुरेन्टमा स्वागत गरेको हो।
    स्वागत कार्यक्रममा अध्यक्ष राईले राजदूत घिमिरे र कार्यलय सचिव संदेश आचार्यलाई खादा र पुष्प गुच्छासहित सम्मान गरेकी थिए । सो अवसरमा उनले महासंघका तर्फबाट सफल कार्यकालको शुभकामनासमेत दिए ।

    स्वागत कार्यक्रममा राजदूत चन्द्र कुमार घिमिरे र अध्यक्ष मेजर रिटायर्ड योगेश कुमार राईले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए।

    सोहि कार्यक्रममा तमुधि युकेका नवनिर्वाचित जुम काजी गुरुङ, नेफिनका नवनियुज्क्त सल्लाहकार डा मुलीवीर राई फर्स्ट गोर्खा आमा समुह कि अध्यक्ष सेतीमाया गुरुङ, गोर्खा मेडियाका प्रबन्धक निर्देशक तथा फोटो पत्रकार मिलन तमु र मूलवासीका अध्यक्ष नरेश गुरुङ र अन्यलाई महा संघको तरफवाट अध्यक्ष मेजर रिटायर्ड योगेश कुमार राईले खादा सहित सम्मान बधाई तथा कायक्रम सफलताको लागि शुभ कामना दिएका थिए।

    राजदूत घिमिरेले आफ्नो स्वागत गरेकामा महासंघलाई धन्यवाद दिए । राजदूत घिमिरेले बेलायतका आदिवासी जनाजतिहरु सक्रिय र सशक्त रहेको थाहा पाउँदा खुसी लागेको बताउदै राजदुतावासले सधै सहयोग गर्ने बताए ।

    स्वागत कार्यक्रममा अध्यक्ष राईसहित, जातीय सस्थाका अध्यक्षहरु सस्थाका सल्लाहकारहरुले पनि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र कार्यलय सचिव संदेश आचार्यलाई खादाले सम्मान गरेका छन्।

    अध्यक्ष मेजर रिटायर्ड योगेश कुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव फारम बहादुर दुराले गरेका थिए। स्वागत कार्यक्रममा एन आर एन ए युकेका अध्यक्ष प्रेम गाहा मगर, नेफिनका पूर्व अध्यक्ष तथा सल्लाहकार जंग सुनुवार, पूर्व अध्यक्ष तथा सल्लाहकार सिरी लिम्बु, सल्लाहकार विश्वदीप तिगेला,सल्लाहकार एकेन्द्र गुरुङ, फोनिज युकेका अध्यक्ष वाम थापा सूर्यवंशीमगर, एनआरएनए आइसीसी सदस्य सुशिल राई, तमुधि युकेका अध्यक्ष जुमकाजी गुरुङ, पूर्व अध्यक्ष ग्याम गुरुङ, जी आर एन सी युकेकी अध्यक्ष लिला सेलिङ्ग माबो सल्लाहकार गोमा राना, किराँत याक्लुंग युकेकी अध्यक्ष कमला संदाग लिम्बु, सुनुवार समाज बेलायतका अध्यक्ष आकाश सुनवार, युके गोर्खा आमा समुहकी अध्यक्ष सेतीमाया गुरुङ, एसियन महिला आमा समुहकी अध्यक्ष कल्पना गुरुङ महा संघ संग आबद्ध जातीय संगठन का अध्यक्षहरु तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

    अध्यक्ष राईले राजदूत घिमिरे र दूतावास परिवारप्रति आभार व्यक्त गरे । साथै, स्वागत कार्यक्रममा सहभागी कार्यसमिति पदाधिकारी, सल्लाहकार तथा सबै उपस्त्थितलाई धन्यवाद दिएका छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य