• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) युकेद्वारा राजदूत घिमिरेलाई स्वागत

  •   १८ फाल्गुन २०८१, आईतवार २२:२७ 
  • लन्डन । १ मार्च २०२५। बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) युकेले स्वागत गरेको छ।

    अध्यक्ष मेजर रिटायर्ड योगेश कुमार राईको अध्यक्षतामा शनिवारको अपरान्ह अल्डरसटस्थित डी लाउन्ज रेस्टुरेन्टमा स्वागत गरेको हो।
    स्वागत कार्यक्रममा अध्यक्ष राईले राजदूत घिमिरे र कार्यलय सचिव संदेश आचार्यलाई खादा र पुष्प गुच्छासहित सम्मान गरेकी थिए । सो अवसरमा उनले महासंघका तर्फबाट सफल कार्यकालको शुभकामनासमेत दिए ।

    स्वागत कार्यक्रममा राजदूत चन्द्र कुमार घिमिरे र अध्यक्ष मेजर रिटायर्ड योगेश कुमार राईले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए।

    सोहि कार्यक्रममा तमुधि युकेका नवनिर्वाचित जुम काजी गुरुङ, नेफिनका नवनियुज्क्त सल्लाहकार डा मुलीवीर राई फर्स्ट गोर्खा आमा समुह कि अध्यक्ष सेतीमाया गुरुङ, गोर्खा मेडियाका प्रबन्धक निर्देशक तथा फोटो पत्रकार मिलन तमु र मूलवासीका अध्यक्ष नरेश गुरुङ र अन्यलाई महा संघको तरफवाट अध्यक्ष मेजर रिटायर्ड योगेश कुमार राईले खादा सहित सम्मान बधाई तथा कायक्रम सफलताको लागि शुभ कामना दिएका थिए।

    राजदूत घिमिरेले आफ्नो स्वागत गरेकामा महासंघलाई धन्यवाद दिए । राजदूत घिमिरेले बेलायतका आदिवासी जनाजतिहरु सक्रिय र सशक्त रहेको थाहा पाउँदा खुसी लागेको बताउदै राजदुतावासले सधै सहयोग गर्ने बताए ।

    स्वागत कार्यक्रममा अध्यक्ष राईसहित, जातीय सस्थाका अध्यक्षहरु सस्थाका सल्लाहकारहरुले पनि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र कार्यलय सचिव संदेश आचार्यलाई खादाले सम्मान गरेका छन्।

    अध्यक्ष मेजर रिटायर्ड योगेश कुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव फारम बहादुर दुराले गरेका थिए। स्वागत कार्यक्रममा एन आर एन ए युकेका अध्यक्ष प्रेम गाहा मगर, नेफिनका पूर्व अध्यक्ष तथा सल्लाहकार जंग सुनुवार, पूर्व अध्यक्ष तथा सल्लाहकार सिरी लिम्बु, सल्लाहकार विश्वदीप तिगेला,सल्लाहकार एकेन्द्र गुरुङ, फोनिज युकेका अध्यक्ष वाम थापा सूर्यवंशीमगर, एनआरएनए आइसीसी सदस्य सुशिल राई, तमुधि युकेका अध्यक्ष जुमकाजी गुरुङ, पूर्व अध्यक्ष ग्याम गुरुङ, जी आर एन सी युकेकी अध्यक्ष लिला सेलिङ्ग माबो सल्लाहकार गोमा राना, किराँत याक्लुंग युकेकी अध्यक्ष कमला संदाग लिम्बु, सुनुवार समाज बेलायतका अध्यक्ष आकाश सुनवार, युके गोर्खा आमा समुहकी अध्यक्ष सेतीमाया गुरुङ, एसियन महिला आमा समुहकी अध्यक्ष कल्पना गुरुङ महा संघ संग आबद्ध जातीय संगठन का अध्यक्षहरु तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

    अध्यक्ष राईले राजदूत घिमिरे र दूतावास परिवारप्रति आभार व्यक्त गरे । साथै, स्वागत कार्यक्रममा सहभागी कार्यसमिति पदाधिकारी, सल्लाहकार तथा सबै उपस्त्थितलाई धन्यवाद दिएका छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य