• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

२०२५ को नेपाली ओपन कन्सर्ट १४ जुन फार्न्बोरोमा हुने

  •   ८ जेष्ठ २०८२, बुधबार २२:११ 
  • लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक १४ जुनको दिनमा फार्न्बोरोमा हुने भएको छ । मगर संघ युकेले सो कन्सर्टका बारेमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । कार्यक्रममा भ्वाइस अफ नेपाली सिजन ६ का कोच खेम सेन्चुरी र सदाबहार गायिका अन्जु पन्तका साथै भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडाले पनि प्रस्तुति दिनेछन् ।

    ‘म्यूजिक फर युनिटी’ श्लोगानका साथ बिहान ११ बजेदेखि बेलुकी ८ बजेसम्म हुने सो कार्यक्रममा बालबालिकाका लागि मनोरन्जनात्मक खेलका साथै युवा, बयस्क र ज्येष्ठ नागरिकहरू सबैलाई मनोरन्जन दिने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । कार्यक्रममा नेपालबाट आएका अन्य कलाकारहरूका साथै बेलायतका स्थानिय कलाकारहरूले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ युकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिनेछन् ।

    फार्नब्रो रग्बी फुटबल क्लबमा हुने सो कार्यक्रममा भाग लिनका लागि १२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट खरिद गरे जनही २० पाउण्ड र सोही दिन किन्दा २५ पाउण्ड प्रवेश शुल्क तोकिएको छ । १७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रिम टिकट किन्दा जनही २५ पाउण्ड र सोही दिन खरिद गर्दा ३० पाउण्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनी बालबालिकाका लागि प्रवेश निशुल्क राखिएको छ ।

    बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरूका साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू अतिथि रहनुहुनेछ ।कार्यक्रममा करिब ५ हजार दर्शकहरू सहभागी हुने अपेक्षा आयोजकले राखेका छन् ।

    सन् २००२ सालमा स्थापना भएको मगर संघ युकेले बेलायतमा नेपाली गीत, संगीत, कला, सँस्कृतिको जगेर्ना र प्रबर्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्टको आयोजना गर्दै आएको छ । बेलायतमा सबै उमेर समूहका मानिसहरूलाई सहभागी हुन मिल्ने किसिमको खुल्ला मैदानमा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रम यो नै एक रहेको आयोजकको दाबी छ ।

    सो कार्यक्रमलाई सफल पार्नका लागि मगर संघ युकेले आफ्ना १२ वटै शाखाहरूलाई परिचालन गरिएको आयोजकले बताएका छन् ।कार्यक्रममा बेलायतको विभिन्न वेल्स, क्याट्रिक, मिडल्याण्डलगायतका स्थानहरूबाट सहभागी हुने बताइएको छ । कार्यक्रममा मगर महिला संघ युकेले राफल ड्र सन्चालन गर्नेछ । राफल ड्रमा २०० पाउण्डदेखि ७०० पाउण्डसम्मको उपहार राखिएका छन् ।

    पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको जवाफ कन्सर्टका प्रमुख संयोजक संघका वरिष्ठ उपाध्यक्ष रूद्र थापा र साँस्कृतिक सचिव नुनु पाइजाले जवाफ दिएका थिए । पत्रकार सम्मेलनको अध्यक्षता अध्यक्ष लालबहादुर पुन र संचालन महासचिव गोमानसिंह पुनले गरेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य