• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

२०२५ को नेपाली ओपन कन्सर्ट १४ जुन फार्न्बोरोमा हुने

  •   ८ जेष्ठ २०८२, बुधबार २२:११ 
  • लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक १४ जुनको दिनमा फार्न्बोरोमा हुने भएको छ । मगर संघ युकेले सो कन्सर्टका बारेमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । कार्यक्रममा भ्वाइस अफ नेपाली सिजन ६ का कोच खेम सेन्चुरी र सदाबहार गायिका अन्जु पन्तका साथै भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडाले पनि प्रस्तुति दिनेछन् ।

    ‘म्यूजिक फर युनिटी’ श्लोगानका साथ बिहान ११ बजेदेखि बेलुकी ८ बजेसम्म हुने सो कार्यक्रममा बालबालिकाका लागि मनोरन्जनात्मक खेलका साथै युवा, बयस्क र ज्येष्ठ नागरिकहरू सबैलाई मनोरन्जन दिने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । कार्यक्रममा नेपालबाट आएका अन्य कलाकारहरूका साथै बेलायतका स्थानिय कलाकारहरूले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ युकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिनेछन् ।

    फार्नब्रो रग्बी फुटबल क्लबमा हुने सो कार्यक्रममा भाग लिनका लागि १२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट खरिद गरे जनही २० पाउण्ड र सोही दिन किन्दा २५ पाउण्ड प्रवेश शुल्क तोकिएको छ । १७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रिम टिकट किन्दा जनही २५ पाउण्ड र सोही दिन खरिद गर्दा ३० पाउण्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनी बालबालिकाका लागि प्रवेश निशुल्क राखिएको छ ।

    बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरूका साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू अतिथि रहनुहुनेछ ।कार्यक्रममा करिब ५ हजार दर्शकहरू सहभागी हुने अपेक्षा आयोजकले राखेका छन् ।

    सन् २००२ सालमा स्थापना भएको मगर संघ युकेले बेलायतमा नेपाली गीत, संगीत, कला, सँस्कृतिको जगेर्ना र प्रबर्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्टको आयोजना गर्दै आएको छ । बेलायतमा सबै उमेर समूहका मानिसहरूलाई सहभागी हुन मिल्ने किसिमको खुल्ला मैदानमा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रम यो नै एक रहेको आयोजकको दाबी छ ।

    सो कार्यक्रमलाई सफल पार्नका लागि मगर संघ युकेले आफ्ना १२ वटै शाखाहरूलाई परिचालन गरिएको आयोजकले बताएका छन् ।कार्यक्रममा बेलायतको विभिन्न वेल्स, क्याट्रिक, मिडल्याण्डलगायतका स्थानहरूबाट सहभागी हुने बताइएको छ । कार्यक्रममा मगर महिला संघ युकेले राफल ड्र सन्चालन गर्नेछ । राफल ड्रमा २०० पाउण्डदेखि ७०० पाउण्डसम्मको उपहार राखिएका छन् ।

    पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको जवाफ कन्सर्टका प्रमुख संयोजक संघका वरिष्ठ उपाध्यक्ष रूद्र थापा र साँस्कृतिक सचिव नुनु पाइजाले जवाफ दिएका थिए । पत्रकार सम्मेलनको अध्यक्षता अध्यक्ष लालबहादुर पुन र संचालन महासचिव गोमानसिंह पुनले गरेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य