• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा नेपाली ड्रिम टिमले जित्यो २३ औं गोर्खाकप

  •   १३ जेष्ठ २०८२, सोमबार १९:३६ 
  • लन्डन । तमुधीं यूकेले आयोजना गरेको २३ औं गोर्खाकप नेपाली ड्रिम टिमले जितेको छ ।

    अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्डमा आइतबार २५ मे २०२५ मा भएको फुटबल प्रतियोगितामा मेन क्याटगोरीतर्फ गुरुजी इलाइट टिमलाई पराजित गर्दै ड्रिम टिमले उपाधिमाथि कब्जा जमाएको हो । विजेता ड्रिम टिमले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र र रनरअप गुरुजी इलाइट टिमले १८ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । उक्त विधामा प्लेयर अफ दि म्याच ड्रिम टिमकै ईश्वर गुरुङ घोषित भए भने टप स्कोरर गुरुजी इलाइटका रोबेल नाल्बो घोषित भए । बेस्ट म्यानेजर ड्रिम टिमका शक्थिम चेम्जोङ घोषित भएका छन् । विजेता, उपविजेता टिमलाई बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरे, नेपाली राष्ट्रिय फुटबल महिला टिमका सावित्रा भण्डारी ‘साम्बा’, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलगायतले पुरस्कार प्रदान गरे ।

    भेट्रान क्याटेगोरीतर्फ
    भेट्रान टिमको विजेता हिमालयन एफसी र रनरअप इन्टेक २००० बने । भेट्रानको विजेताले १५ सय पाउन्ड र उपविजेताले १ हजार पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । टप स्कोररमा हिमालयन एफसीका डा.सन्दिप गुरुङ घोषित भए भने सोही टिमबाट प्लेयर अफ दि म्याच खुम गुरुङ घोषित भएका छन् । भेट्रानतर्फको वेस्ट म्यानेजर हिमालयन एफसीका कुमार थापा बने । उनीहरुले पनि नगदसहित विभिन्न पुरस्कार पाए ।

    महिला क्याटेगोरीतर्फ
    महिला क्याटेगोरीमा रन्डरबोल्ट एफसी विजेता बनेका छन् भने तामाङ समाज युके रनरअप बनेका छन् । विजेता र उपविजेताले क्रमश: ६ सय र ४ सय पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । महिलातर्फका प्लेयर अफ दि म्याच गरिमा राई घोषित भइन् । उनले नगद, प्रमाणपत्रसहितका पुरस्कार पाइन् ।

    फुटबल लेजेन्ट अफ गोर्खा कप लोकप्रसाद चेम्जोङलाई
    यसैगरी फुटबल लेजेन्ट अफ गोर्खा कप यस वर्ष लोकप्रसाद चेम्जोङ (धनकुटे)लाई प्रदान गरिएको छ । उनले गोर्खा कपमा १३ चोटी खेलेका छन् । तीनचोटी रनरअप बनेका थिए । उनले हङकङमा पनि खेलेका छन् ।

    खेलकुद प्रतियोगिताका विजेता, उपविजेता टिम र खेलाडीहरुलाई रस्मुर बरो काउन्सिलका मेयर, बेलायती संसद्की सांसद एलेक्स बेकर, तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, नेपाली राष्ट्रिय महिला फुटलबर ‘साम्बा’, अल्डरसट टाउन एफसीका अध्यक्ष साहिद आजिम,गिनिज बुक होल्डर साजन डंगोल, विभिन्न पुरस्कार प्रायोजकहरुले पुरस्कार प्रदान गरे । यस वर्ष गोर्खा कपमा मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ २ टिम गरी ५० टिम सहभागी थिए ।तमुधीं यूकेका खेलुकद सचिव क्याप्टेन दिपक घले संयोजक रहेको प्रति योगिताको अवसरमा सांस्कृतिक नृत्य, झाँकी, व्यापारिक स्टललगायत आकर्षण थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य