• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पाल्पा जिल्ला समाज युकेको वार्षिक भेटेघाट कार्यक्रम २८ जुन २०२५ मा हुने

  •   १५ जेष्ठ २०८२, बुधबार २०:२४ 
  • लण्डन । नेपालको पाल्पा जिल्लावाट बेलायतमा आएर बेलायत अधिराज्य भरि छरिएर वसोवास गरेका पाल्पालीहरुको संस्था पाल्पा जिल्ला समाज युके (पाल्पाली भान्ज्यंग)को १५औं वार्षिक भेटेघाट र समर बिबिक्यु पार्टीको आयोजना गरिएको संयोजक टिमले जानकारी गराएका छन् ।

    नेपाली दूतावास लण्डन वाट बेलायतकालागि नेपाली राजदुत महामहिम चन्द्र कुमार घिमिरे मुख्य अतिथिमा र अन्य अतिथिहरुको साथमा बेलायत अधिराज्य भरि छरिएर रहेका पाल्पाली हरुको बाक्लो उपस्थितिमा वार्षिक भेटघाट २८ जुन २०२५ को दिनमा फार्नवरोस्थित स्यामुएल कोडी स्पोर्ट कलेजमा आयोजना गरिएको सस्थाका महासचिव दल थापाले बताएका छन् ।

    यो अवसरमा नेपाल राष्टका चर्चित लोक दोहारी गायक बाल चन्द्र बराल र चर्चित लोक दोहारी गायिका सर्मिला बिसिको बेजोड प्रस्तुति रहनेछ भने अन्य स्थानीय कलाकारहरुवाट पाल्पाली झल्काउने विभिन्न नाच गानको प्रस्तुति रहने संस्थाका संस्कृतिक सल्लाहकार बिष्णु सूर्यवंशीले जानकारी गराएका छन् ।

    पाल्पा जिल्ला समाज युकेका सल्लहाकार, पाल्पाको चिदिपानी चन्द्रवन, हालको माथागढी गाउँपालिका–१ का क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित हुनुभएकोमा पाल्पा जिल्ला समाज युकेले बिशेष सम्मान गर्ने भएको छ भने पाल्पा जिल्ला समाज युकेका आजीवन सदस्य तिल थापाका सुपुत्री नेपाली फिल्म क्षेत्रका अभिनेत्री सलिना थापा मगर र अन्यलाई सम्मान गर्ने समाजले तय गरेकोछ ।

    यो वर्षको वार्षिक भेटघाट कार्यक्रम एउटा ऐतिहासिक भेला हुने भएकोले सम्पूर्ण पाल्पावासीहरुलाई उपस्थितिकोलागि पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाले अनुरोध गरेका छन्।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य