• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

हजारौ दर्शक सहभागितामा बेलायतमा १७ औं नेपाली ओपन कन्सर्ट सम्पन्न

  •   १ असार २०८२, आईतवार २१:०१ 
  • लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) मगर संघ यूकेको आयोजनामा बेलायतमा हजारौ दर्शक सहभागितामा १७ औं नेपाली ओपन कन्सर्ट सम्पन्न भएको छ । फानबोरोस्थित रग्बी फुटबल क्लबमा शनिबार जून १४ तारिख २०२५ मा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति, विभिन्न क्षेत्रमा परिचित व्यक्तिहरुको उपस्थिति र दर्शकको उल्लेख सहभागितामा ओपन कन्सर्ट सम्पन्न भएको हो । सांगीतिक धमाका सुरु हुनुअघि मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु)को अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रम प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका प्रथम सचिव उद्धव न्यौपाने, अध्यक्ष लालु र कार्यक्रम प्रमुख संयोजक रुद्र थापामगरले रिवन काटेर उद्घाटन गरेका थिए ।

    कार्यक्रमलाई पृथक् बनाउन ‘भाषण र आसन’लाई कटौती गर्दै कार्यक्रम सञ्चालक मगर संघ यूकेका महासचिव गोमन पुनले अध्यक्ष लालु र प्रमुख अतिथि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेका प्रतिनिधि प्रथम सचिव न्यौपानेलाई मात्रै मञ्चमा आशनग्रहण गराएका थिए । अन्य आमन्त्रित पाहुनालाई सामूहिक रुपमा यथास्थानमा आशनग्रहण गर्न भनिएको थियो । कार्यक्रम प्रमुख संयोजक थापामगरले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि न्यौपानेले संक्षिप्त शुभकामना मन्तव्य र अध्यक्ष लालुले समापन मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधनका क्रममा प्रथम सचिव न्यौपानेले मगर संघ यूकेले हरेक वर्ष नेपाली कलाकारलाई विदेशी भूमिमा मञ्च दिएको र नेपाली संगीतलाई विश्वमा फैलाउने काम गरेको भन्दै प्रशंसा गरे । उलने बेलायतमा बसोबास गर्ने नेपाली समुदायको व्यस्त जीवनशैलीलाई एक दिन भने पनि मनोरन्जनमा सामेल गराउने काम मगर संघले गरेको उल्लेख गरे । ‘नेपाली कलाकारलाई मञ्च दिएको छ र नेपाली संगीतलाई विश्वमा फैलाउने काम गरेको छ । बेलायतको व्यवस्ताका बाबजुद नागरिकलाई मनोरन्जन आवश्यक छ, त्यसलाई कन्सर्टले पूरा गरेको छ,’ उनले अगाडि भने,’मगर संघ यूकेले गरेको यो कार्यक्रम कुनै जातीय होइन । सांगीतिक कार्यक्रम हो । समग्र नेपालीले संगीत सुन्ने, रमाउने, मनोरञ्जन गर्ने । यो देख्न र उपस्थित हुन पाउँदा मलाई खुसी लागेको छ । ओपन कन्सर्टजस्ता कार्यक्रम दूतावासले नै गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै उनले आयोजक र कलाकारलगायत सबैलाई राजूदत,राजदूतावास र आफ्नो तर्फबाट धन्यवाद दिए । आगामी दिनमा यस प्रकारका कार्यक्रमले निरन्तरता पाउन सकोस् भन्दै प्रथम सचिव न्यौपानले कन्सर्ट सबै सहभागी र सहयोगीले गौरवान्वित हुने खालको बनाउनुपर्नेमा जोड दिए ।

    अध्यक्ष लालु पुनमगरले कार्यक्रम सफल बनाउने हर क्षेत्रमा सहयोग पुर्‍याउने सबैप्रति कृतज्ञता प्रकट गरे । उनले नेपाली कला, संस्कृति संरक्षण, संवर्द्धन र समुदायबीच एकता र सद्भाव कायम राख्ने उद्देश्यले ओपन कन्सर्ट आयोजना गर्दैआएको बताए । दोस्रो चरणमा सांस्कृतिक सचिव नुनु पाइजामगर मगरको नेतृत्वमा सांगीतिक कार्यक्रम भएको थियो । कार्यक्रम सञ्चालन भने सरुपा थापामगर र पवन रानामगरले आकर्षक ढंगले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपालबाट आएका कलाकार खेम सेन्चुरी, अन्जु पन्त, प्रसाद खप्तरी मगर,विजय ठाडा मगरलगायतका कलाकारले आआफ्ना प्रस्तुति राखेका थिए । कार्यक्रममा बेलायतक विभिन्न वेल्स, क्याट्रिक, मिडल्यान्ड, अल्डरसट, रिडिङलगायतका स्थानबाट सहभागी भएका थिए ।

    कार्यक्रममा ‘म्यूजिक फर युनिटी’ श्लोगन थियो । सन् २००२ मा स्थापना भएको मगर संघ यूकेले बेलायतमा नेपाली गीत, संगीत, कला, संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००७ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य