• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्यांग) को १५औँ वर्ष गाठ सम्पन्न

  •   १९ असार २०८२, बिहीबार २१:२१ 
  • लण्डन । २८ जुन २०२५ शनिवारको दिनमा समुएल कोडी स्पोर्ट कलेज, फार्नबरोको हलमा पाल्पा जिल्ला समाज युके (पाल्पाली भनज्याङ्ग) ले विविध कार्यक्रमकासाथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

    पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि ननिटन एण्ड वेडवर्थ काउन्सिलका मेयर भिम सारुमगर तथा मेयेरेस सर्मिला सारु, गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापामगरको विशेष उपस्थितिमा मनाइएको उक्त कार्यक्रममा बेलायत भरि छरिएर रहेका पाल्पालीहरुको बाक्लो सहभागिता रहेको थियो ।

    संस्थाका अध्यक्ष गोपाल थापा र कार्यक्रमका मुख्य अतिथि मेयर श्री भिम सारुले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । समाजको महासचिव दल थापाले संचालन गरेको कार्यक्रममा समाजका उपाधक्ष्य खुम बहादुर कुँवरले उपस्थित सम्पूर्ण पाहुना र बेलायत भरि छरिएर रहेका पाल्पालीहरुलाई स्वागत गरेका थिए भने प्रवेशद्वारमा कोषाध्यक्ष पदम पचाभैया र आर्थिक विभाग टिमले कार्यक्रममा पाल्नु हुने महानुभावजनहरुलाई हार्दिक स्वागतको साथ नामावली लिखित रुपमा दर्ता गरेका थिए ।

    कार्यक्रममा रेफल ड्रोको बिशेष आकर्षण रहेको थियो। सस्थाका उपाधक्ष्य लक्ष्मी आलेको पहलमा रेफलको लागि पुरुस्कार राखिएको थियो। एक देखि दुइ सम्म सुनका गहनाको पुरुस्कार राखिएको थियो भने अन्य १७ वटा पुरुस्कारहरु पाल्पालीहरुवाट स्पोन्सर गरिएको थियो । जस्मा पहिलो पुरस्कार सस्थाका पेत्रोन रिखिराम रानाको पहलमा द प्यालेसवाट सुनको गहना, दोस्रो पुरस्कार श्री लक्की जेवेलर्सवाट सुनको गहना र अन्य पाल्पालीहरुवाट १९ आकर्षण पुरस्कारहरु राखिएको थियो।

    यो वर्षको पाल्पालीहरुको भेलामा एउटा एतिहासिक क्षण रहेको थियो किनकी पाल्पाली मेयर श्री भिम सारु र मेयेरेस शर्मिला सारुको यो भेलामा बिशेष उपस्थिति रहेको थियो । सास्कृतिक सल्लाहकार बिष्णु सूर्यवंशीमगरको सास्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । यसमा स्थानीय पाल्पाली कलाकारहरूद्वारा परम्परागत नृत्य प्रस्तुति थियो। थप रूपमा, नेपालका राष्ट्रिय कलाकारहरू चर्चित लोकदोहरी गायक श्री बालचन्द्र बराल र चर्चित लोक दोहारी गायिका शर्मिला बीसीद्वारा लाइभ दोहोरी बेजोड प्रस्तुति दिएका थिए ।

    समाजको अध्यक्ष गोपाल थापाले कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भब्यरुपमा सफल बनाउनमा प्रत्यक्ष रुपमा सहभागी भई अहम् भूमिका निर्वाह गर्नुहुने कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु कार्यसमितिका सदस्यहरु कार्यसमितिका सल्लाहकारसहित कम्युनिटीको सबै मेम्बरहरु, रेफल को लागि पुरुस्कार दिनु हुने सम्पूर्ण महानुभावहरु, बेजोड प्रस्तुति दिनु हुने सम्पूर्ण कलाकारहरु, मिठो खानको व्यवस्थापन गर्नु हुने द प्यालेश रेस्टुरेन्ट सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यो साल कार्यक्रमको समापन भएको घोषणा गरेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य