• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एनआरएनए यूकेको नाममा आसन्न निर्वाचन अवैधानिक, समाज भांड्न खोज्नेलाई ठीक पारिने गाहामगरको चेतावनी

  •   ३ श्रावण २०८२, शुक्रबार २२:०९ 
  • लन्डन- गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आसन्न निर्वाचन र अधिवेशन अवैधानिक एवं समाज भांड्न गरिएको आरोप लगाउंदै त्यसमा विश्वास नगर्न अपिल गरेको छ । अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार सम्मेलन गर्दै संघले सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशन गरेर काठमाडौंमा महेश श्रेष्ठ र सोही अनुरुप एनआरएनए यूकेको नेतृत्व प्रेम गाहामगरलाई दिइसकेको प्रष्ट्याएको छ ।

    संघका अध्यक्ष गाहामगरले विगत ५ वर्षदेखि बेलायतमा विवाद रहेपनि सर्वोच्च अदालतले परमादेश जारी गरि डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशनमार्फत आइसीसी र बेलायतमा आधिकारिक कमिटी चयन गरिसकेको जनाए ।उक्त कमिटीलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले समेत मान्यता दिएर जेठ ८ मा विश्वभरका कूटनीतिक नियोगहरुमा पत्राचार गरेको पनि गाहामगरले बताए । गाहामगरले लन्डनस्थित दूतावाससंग आफूहरु निकट रहेको तर कानूनी झमेलामा राजदूतावास संलग्न नहुने र उसले आसन्न अधिवेशनलाई मान्यता पनि नदिने प्रष्ट्याए ।अध्यक्ष गाहामगरले विवादास्पद छवि भएका रामशरण सिम्खडा लगायत केही पात्रले बेलायतमा मिलेर बसेको समाज बिथोल्न यही २६ र २७ जुलाईमा एनआरएनए यूकेको अधिवेशन भन्दै जातीय द्वन्द्व ल्याउन खोजेको आरोप लगाए ।‘डा. बद्री केसी समूहका एमालेका झोलेहरुले विदेशमा दले भएर समाज भांड्ने काम गरेकाले त्यसलाई स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नु परेको हो । आउंदो अधिवेशन आधिकारिक होइन’, गाहामगरले भने । उनले सुनिल बाबु खड्का र बिष्णु खरेलले बेलायतमा निधन भएकी विधार्थी सदीक्षा तामाङको नाममा उठेको १० हजार पाउन्ड आँफै खाएको र पद मुक्त भएपछि पनि च्यारिटीको अरु पैसा हिनामिना गरेकाले छिट्टै कानुनी बाटो रोजिने बताए ।

    गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि आफूहरु लडिरहेको जनाउंदै भ्रष्टाचारका कारण एनआरएनएमा विवाद आएको र त्यसलाई निर्मुल नगरेसम्म वंशजको नेपाली नागरिकता अभियान अगाडि नबढ्ने बताए । गाहामगरले लोकप्रिय प्रशासक नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसंग आउंदो अगष्ट १५ मा ‘मिट एण्ड ग्रीट’ र सेप्टेम्बर १३ मा ‘एनआरएनए कप’ गर्ने तयारी गरिरहेको पनि जनाए ।

    प्रमुख अतिथी एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले आइसीसी अध्यक्ष महेश श्रेष्ठले नेतृत्व लिएपछि एक महिना समय अर्को पक्षलाई समेट्न कोशिस गर्दा अर्को समूहले त्यसलाई कमजोरीका रुपमा लिएको बताए । उनले अब बाटो छुटिट्एको बताउंदै अक्टोबरमा हुने भनिएको अन्तर्राष्ट्रिय महाधिवेशन नहुने दावी गरे । गत २१ चैत २०८० मा सर्वोच्चको परमादेशपछि उच्च स्तरिय कमिटीका संयोजक डा. शेष घलेले वैशाख २०, २१ र २२ (मे ३ देखि ५) मा काठमाडौंमा एकता महाधिवेशन सम्पन्न गरिसकेको अवस्थामा फेरि अधिवेशन भन्नु भ्रामक र दुःखदायी भएको बताए । तिगेलाले अझै पनि एनआरएनएको नाम र लोगो चलाउनु एवं अफिस र अकाउण्ट ओगट्नु अवैधानिक भएको दावी समेत गरे । न्यायपालिकाको निर्णयलाई स्वीकार गरि भ्रमको खेती नगर्न र हठ त्याग्न उनको आग्रह थियो ।

    कार्यक्रममा संघका सचिव कृष्णप्रसाद खतिवडाले कथित अधिवेशन अवैधानिक, गैर कानूनी र समाजले पनि स्वीकार्न नसकेको जिकिर गरे । कानूनी शासनमा चलेको देशमा बसेर विधि विधान, कानूनसम्मत चल्नुपर्नेमा सर्वोच्च अदालतको परमादेश समेत नमान्नु बिडम्बना भएको बताए । उनले प्रश्न गर्दै भने, ‘परराष्ट्रको पत्र अनुसार लन्डनस्थित नेपाली दूतावासले अधिवेशन रोक्नु पर्दैन ? यसले दूतावासको क्षमतामाथि प्रश्न उठेको छ । समाज विखण्डन गर्ने र भ्रमित पार्ने, विभाजनको रेखा कोरेर स्वार्थ पूरा गर्न खोज्नेलाई हामीले निरुत्साहित गर्नुपर्छ ।’

    संघका प्रमुख सल्लाहकार डा. भीम पुनले यसअघि सबैलाई समेट्ने उद्देश्य अनुरुप अर्को समूहका अध्यक्ष हितकाजी गुरुङ लगायतलाई एकताको वार्तामा ल्याउन प्रयास गरिएपनि सम्भव नभएको स्मरण गर्दै एउटा राजनीतिक पार्टीको इसारामा हुने अधिवेशन आधिकारिक नहुने र भ्रममा नपर्न अपिल गरे । अर्का प्रमुख सल्लाहकार राजकुमार त्रिपाठी (आरके) ले एउटा समूहले चुनाव गरेर समुदायमा गोलमाल र द्धिविधा बनाएको बताए । एनआरएनए छिन्नभिन्न हुंदा आफू विक्षिप्त भएको बताउंदै प्रेम गाहामगर नेतृत्वलाई समुदायले स्वीकार गरिसकेकाले फेसबुके एनआरएनएले के भन्छ त्यसले अर्थ नराख्ने धारणा राखे । त्रिपाठीले अब जनसरोकारका ‘डायनामिक’ कार्यक्रम समेत ल्याउन सुझाए ।

    एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले प्रेम गाहामगरले भ्रष्टाचार र नागरिकताका मुद्दा लिएर हिंड्दा झन् हतोत्साही पारिएको बताए । क्षेत्रीले वंशजको नागरिकता मुद्दा उठाउने साहसी प्रेम मात्र रहेको बताउंदै उनलाई सबैले प्रशंसा गर्नुपर्ने बताए । क्षेत्रीले विभिन्न व्यक्ति र संघसंस्थाहरुबाट संकलित चन्दा समेत हिनामिना गर्ने र संस्थालाई मागी खाने भांडो बनाउन रोक्न सुझाए । परराष्ट्र र सर्वोच्चको परमादेशले संसारमा एकमात्र वैधानिक एनसीसी बेलायत रहेको र त्यसको नेतृत्व प्रेम गाहामगरले गरिरहेको उनले प्रष्टयाए । एनआरएनएमा भ्रष्टाचार नगरि माथि जान नसक्ने अवस्था भइरहेको भन्दै क्षेत्रीले आफ्नै नागरिकलाई अनागरिक बनाउने षडयन्त्र स्वीकार्य नहुने बताए । अधिवेशन भनेर समाजलाई विभाजित नगर्न उनको चेतावनी थियो ।

    प्रवक्ता डा. कुलप्रसाद कंडेलले प्रेस वक्तव्य पढ्दै आसन्न चुनाव र अधिवेशन भ्रामक अनि समाज विभाजनको एक कारक रहेको बताए । मन्तव्यका क्रममा एनआरएनए यूके आइसीसी शारदा गुरुङ र सल्लाहकार श्रीमति नरमति पुनले पनि एनआरएनए यूके नेतृत्वप्रति भ्रममा नपर्न आग्रह गरे । महासचिव जुरेन्द्र खजुम लिम्बुले सञ्चालन गरेको पत्रकार सम्मेलनमा एनआरएनए यूके आइसीसी सदस्यहरु ओमप्रसाद थापा, श्रीप्रसाद गुरुङ, विजय गुरुङ, सल्लाहकारहरु गोमा राना, हितमान गुरुङ, टंक गुरुङ, मनिष खालिङ, अजयसिंह ठकुरी, एनआरएनए यूके उपाध्यक्ष उपाध्यक्ष अनिल मल्ल, पहिलो नेपाली तारा दिपक लिम्बु, नायिका रेखा लिम्बु, पत्रकार एवं पूर्व डिएसपी बाचस्पति रेग्मी लगायत अभियन्ताहरुको उपस्थिति थियो ।
    प्रेस विज्ञप्ति

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य