लोक थापा मगर, मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षमा निर्वाचित
वेस्ट लण्डन, यूके — मगर संघ यूके वेस्ट लण्डन शाखाको छैठौं अधिवेशनले लोक थापा मगरलाई अध्यक्षमा निर्वाचित गरेको छ। शनिबार वेस्ट लण्डनस्थित पिटर वे हेज हलमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै नेतृत्व हस्तान्तरण गरेको हो।
नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा ज्ञानबहादुर थापा मगर, महिला उपाध्यक्षमा मैया राना मगर, सचिवमा प्रशन थापा मगर, कोषाध्यक्षमा पिताम्बर राना मगर, सहकोषाध्यक्षमा आरती थापा मगर तथा सहसचिवमा नविन पुन मगर चयन भएका छन्।
त्यसैगरी, समितिका सदस्यमा बिमला पुन मगर, तोमी थापा गर्बुजा मगर, मिन थापा मगर, पार्वती पुन मगर, पार्वती सूर्यवंशी मगर, पूर्णमाया पुन मगर, सुमी राना मगर र चन्द्र रोका मगर मनोनीत भएका छन्।
अधिवेशन शनिबार मध्यान्हदेखि औपचारिक कार्यक्रमसहित सुरु भएको थियो। त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। निर्वाचनका लागि टेक राना मगर, वाम थापा सूर्यवंशी मगर र गणेश राना मगर सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो। क्याप्टेन कृष्ण पुन मगर र छबिलाल खोरजा मगर पर्यवेक्षकको रूपमा सहभागी थिए।
कार्यक्रममा मगर संघ यूकेको केन्द्रीय कार्यसमितिबाट कोषाध्यक्ष मोहन थापा मगरको उपस्थिति थियो। निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन आयोग सदस्य वम थापा सूर्यवंशी मगरले सपथ ग्रहण गराएका थिए।
समारोहमा संघका सल्लाहकारहरू तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। निर्वाचन सम्पन्न भएपछि केन्द्रका तर्फबाट कोषाध्यक्ष मोहन थापा मगर र शाखातर्फबाट ट्रस्टी तेज सेरपुन्जा मगरले नव निर्वाचित पदाधिकारीहरूलाई खादा ओढाएर सम्मान गरेका थिए।









तपाइँको प्रतिक्रिया