• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेफिन यूकेद्वारा बेलायतमा ३१औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइने

  •   १२ श्रावण २०८२, आईतवार २१:१३ 
  • लन्डन, जुलाई २७ –
    नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी अगस्ट ९ र १० मा गिलफोर्डस्थित किरात राई हाउसको मैदानमा ३१औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने भएको छ। बेलायतमा रहेका नेपाली आदिवासी जनजातिहरूको एकता, पहिचान, संस्कृति र अधिकारको प्रवर्द्धनका लागि आयोजना गरिएको यस दुईदिने कार्यक्रमलाई विशेष उत्सवका रूपमा मनाउने तयारी गरिएको नेफिन यूकेले जनाएको छ।

    विविध प्रतियोगिताले कार्यक्रमलाई बनाउनेछ विशेष
    कार्यक्रमको पहिलो दिन, शनिबार (अगस्ट ९) युथ, भेट्रान (पुरुष) र महिला समुहबीच भलिबल प्रतियोगिता आयोजना गरिनेछ। दोस्रो दिन, आइतबार (अगस्ट १०) धनुषबाण प्रतियोगिता, झाँकी प्रदर्शनी, थेलो प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा राफल ड्रसहितका विविध आकर्षक कार्यक्रमहरू समावेश गरिनेछ।

    भलिबल प्रतियोगिताका पुरस्कार विवरण:
    युथ (पुरुष):
    पहिलो पुरस्कार – £1600
    उपविजेता – £1000

    भेट्रान (पुरुष):
    पहिलो पुरस्कार – £1000
    उपविजेता – £600

    महिला समूह:
    पहिलो पुरस्कार – £900
    उपविजेता – £500

    थप सुविधाहरू र विशेष आकर्षण
    कार्यक्रमस्थलमा स्थानीय उत्पादनहरू, लत्ता–कपडा, घरायसी सामग्री र सूचनामूलक स्टलहरू राखिनेछन्। मनोरञ्जन सामग्रीसहित सहभागीहरूका लागि क्याम्पिङ सुविधा पनि प्रदान गरिनेछ।

    राफल ड्रको विशेष आकर्षणस्वरूप एक तोला सुन पुरस्कारस्वरूप राखिएको छ, जसले सहभागीहरूमा उत्साह थप्ने अपेक्षा गरिएको छ।

    सांस्कृतिक कार्यक्रम र अतिथिहरूको उपस्थिति
    बेलायतभर क्रियाशील नेपाली संघसंस्थाहरूको सहभागिता रहने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन्।

    कार्यक्रमका प्रमुख अतिथिका रूपमा बेलायतका लागि नेपाली राजदूत श्री चन्द्रकुमार घिमिरेलाई आमन्त्रण गरिएको छ।

    नेफिन यूकेको आह्वान
    कार्यक्रमबारे जानकारी दिँदै नेफिन यूकेका अध्यक्ष मेजर योगेश राईले सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई आदिवासीहरूको पहिचान, भाषा, संस्कृति र अधिकारको संरक्षणमा एकजुट हुन हार्दिक अनुरोध गरेका छन्।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य