• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

गुल्मी जिल्ला समाज यूकेको १७औं वार्षिक उत्सव तथा ‘गुलमेलि मेला २०२५’ लन्डनमा हुँदै

  •   १७ श्रावण २०८२, शुक्रबार १०:२० 
  • लन्डन, यूके – ३१ जुलाई २०२५
    गुल्मी जिल्ला समाज, यूकेले आफ्नो १७औं वार्षिक उत्सव एवं ‘गुलमेलि मेला २०२५’ यही आउँदो ३ अगस्ट २०२५, आइतवार, लन्डनस्थित तुडोर पार्क, फेल्थाममा आयोजना गर्ने भएको छ।

    समाजका अध्यक्ष रुद्र थापा मगरद्वारा जारी प्रेस वक्तव्यअनुसार, प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, सांस्कृतिक पहिचानको संरक्षण तथा सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिँदैछ।

    नेपालबाट ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति
    कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालबाट ख्यातिप्राप्त कलाकारहरूलाई निमन्त्रणा गरिएको छ। प्रस्तुति दिने कलाकारहरूमा: अर्जुन कुँवर, रचना रिमाल, श्रृष्टि पुन, सीता परियार, रेनुका भट्टराई घिमिरे, अश्मिता पुरी (प्रसिद्ध मोडल डान्सर), त्यसैगरी, यूकेमा रहेका स्थानीय कलाकारहरूद्वारा समेत सांस्कृतिक प्रस्तुति दिइनेछ।

    गुल्मीको मौलिक संस्कृति प्रस्तुत हुने
    कार्यक्रममा गुल्मी जिल्ला तथा आसपासका क्षेत्रहरूको मौलिक सांस्कृतिक विविधता झल्किने प्रस्तुतिहरू समावेश गरिनेछ। जसअन्तर्गत: पञ्चेबाजा, सराय नाच, लाखे नाच, घाटू नाच, साथै सालैजो, सोरठी, झ्याउरे, र तीज गीतहरू समावेश हुनेछन्।

    विशेष राफल ड्र र अतिथिको सहभागिता
    कार्यक्रममा आकर्षक राफल ड्रको व्यवस्था गरिएको छ, जसमा सुनका बहुमूल्य गहना पुरस्कारस्वरूप राखिएको छ। साथै, नेपाल सरकारको लन्डनस्थित नेपाली दूतावासका प्रतिनिधिहरू प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। कार्यक्रमलाई विभिन्न देशहरूबाट अतिथिहरूले समेत अबलोकन गर्ने अपेक्षा गरिएको छ।

    समुदायप्रतिको समर्पण र निमन्त्रणा
    गुल्मी जिल्ला समाज, यूकेको आयोजनामा भए तापनि कार्यक्रम सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको आयोजकको भनाइ छ। “यो कार्यक्रम हाम्रो साझा सांस्कृतिक पहिचान र एकता प्रवर्द्धन गर्ने अभियान हो,” अध्यक्ष थापा मगरले विज्ञप्तिमा उल्लेख गरेका छन्। समाजले सबै नेपालीहरूलाई आफ्नो संस्कृति, कला, भाषा र पहिचान जगेर्ना गर्ने साझा अभियानमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य