बेलायतमा आदिवासी दिवसको रंगीन झल्को, मगर संघ युकेको झाँकी उत्कृष्ट घोषित
आइतवार, १० अगस्ट २०२५
गेम्बल लेन, किरात हाउस, बेलायत
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको आयोजनामा “३१ औं विश्व आदिवासी तथा मूलवासी दिवस” बेलायतको गेम्बल लेनस्थित किरात हाउसको मैदानमा अत्यन्त भव्य र सभ्य ढंगले सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको झाँकी प्रतियोगितामा मगर संघ युकेको झाँकी टिमले प्रथम स्थान हासिल गर्दै ट्रफी आफ्नो पोल्टामा पारेको छ। दोस्रो स्थानमा किरात याक्थुङ चुम्लुङ युके र तेस्रो स्थानमा किरात राई यायोक्खा युकेले कब्जा गरेका छन्।
आर्चरी प्रतियोगितामा मन्दिप जुग्जाली मगरद्वारा दोहोरो सफलता
नेफिन युकेको आयोजनामा सम्पन्न व्यक्तिगत आर्चरी प्रतियोगितामा मन्दिप जुग्जाली मगर ओभरअल विजेता घोषित भए।
दोस्रो र तेस्रो स्थान क्रमशः रन पाइजा मगर र बेल बुराथोकी मगरले प्राप्त गरे।
एभरेष्ट आर्चरी क्लब युकेको संयोजनमा सम्पन्न टिम आर्चरी प्रतियोगितामा सचिन पुन मगरको टिम विजेता बन्यो। मन्दिप जुग्जाली मगर र बेल बुराथोकी मगरको टिमले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे।
बेस्ट प्लेयर अफ द टुर्नामेन्ट : मन्दिप जुग्जाली मगर
बेस्ट खोल विनर : विकास हिराचन
नोभिस आर्चरी विजेता : नुमा तुम्वाहम्फे
दोस्रो र तेस्रो स्थान : अमुल्य लिम्बु, नियासा लिम्बु
विशेष सम्मान
“वर्ष महिला २०२५” को सम्मान नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी वरिष्ठ उपाध्यक्ष श्रीमती गंगामाया दुरालाई प्रदान गरिएको छ।
त्यस्तै, “वर्ष पुरुष २०२५” को सम्मान सल्लाहकार दुत पुन (चिम्खोले काइँला) लाई प्रदान गरिएको हो।
ठेलो प्रतियोगिता
ठेलो प्रतियोगितामा बसन आले मगर बिजयी बनेका छन्।
मनोरञ्जन र सांस्कृतिक कार्यक्रम
कार्यक्रममा नेपालबाट बेलायत आएका चर्चित कलाकारहरू बुद्धिमान दुरा, युवराज मगर, नितु पुन मगर, पवित्रा गुरुङ, नन्द कृष्ण जोशीसहित स्थानीय कलाकार लिला राई र सलानी राईले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए।
उपस्थित अतिथि एवं सम्माननीय व्यक्तित्वहरू
कार्यक्रमको अध्यक्षता नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले गरेका थिए। प्रमुख अतिथि थिए नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका संस्थापक सचिव तथा नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुरा।
स्वागत मन्तव्य नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी वरिष्ठ उपाध्यक्ष गंगामाया दुराले दिएकी थिइन् भने कार्यक्रम संचालन नेफिन युकेका महासचिव फ्रम बहादुर दुराले गरेका थिए।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गैर आवसीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, नेफिन केन्द्रका संघीय परिषद्का पूर्व सदस्य राकेश राई, नेफिन युकेका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, निवर्तमान अध्यक्ष, विभिन्न सल्लाहकार, पत्रकार महासंघ तथा महिला महासंघका प्रतिनिधिहरू, बिभिन्न संघसंस्थाका अध्यक्ष तथा सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
पुरस्कार वितरण समारोह
विभिन्न प्रतियोगिताका विजयीहरूलाई नेफिन युके अध्यक्ष मेजर योगेश कोयी राई, प्रमुख अतिथि भक्त बहादुर दुरा, उपाध्यक्ष बिमला कोयी राई तथा महासचिव फ्रम बहादुर दुरा लगायत अतिथिहरूद्वारा ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो।
निष्कर्ष:
नेफिन युकेको आयोजनामा सम्पन्न “३१ औं विश्व आदिवासी तथा मूलवासी दिवस” ले बेलायतस्थित नेपाली आदिवासी जनजाति समुदायबीच एकता, संस्कृति संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूद्वारा प्रतिक्रिया प्राप्त भएको छ।









तपाइँको प्रतिक्रिया