• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाली मेला २०२५: संस्कृति, पहिचान र गौरवको भव्य उत्सवको तयारी पूरा

  •   १ भाद्र २०८२, आईतवार १७:१० 
  • बेलायत, आइतबार १७ अगस्त २०२५– नेपाली समुदायको पहिचान, एकता र संस्कृति झल्काउने १६औं नेपाली मेला २०२५ को सम्पूर्ण तयारी पूरा भएको तमुधिं यूकेले जनाएको छ। यस वर्षको मेला आगामी २४ अगस्त २०२५, आइतबारका दिन, लण्डनको किम्टन पार्कमा आयोजना हुने छ। मेला बिहान १०:०० बजे सुरु भई **साँझ ६:०० बजे सम्म सञ्चालन हुनेछ।

    प्रेस सम्मेलनमार्फत विस्तृत जानकारी
    बेलायतको मिचेटस्थित तमुधिं यूकेको आफ्नै भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मेला संयोजक तथा उपाध्यक्ष कमल गुरुङले मेलाको विस्तृत तयारीबारे जानकारी गराएका हुन्। पत्रकार सम्मेलनमा युरोप, नेपाल तथा बेलायतका सञ्चारगृहहरूबाट करिब २० जना पत्रकारको उपस्थित थियो। कार्यक्रमको सुरुवातमा मिडिया संयोजक सर्बिन्द्र कुमार (एसके) गुरुङले पत्रकारहरूसँग परिचय गराएका थिए। त्यसपछि अध्यक्ष जुमकाजी गुरुङ र वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले पत्रकारहरूलाई खडा र प्रवेशपत्र प्रदान गरेर स्वागत गरेका थिए।

    एनआरएनए कप रद्द, अन्य प्रतिस्पर्धा यथावत
    संयोजक कमल गुरुङका अनुसार यस वर्षदेखि गैर आवसीय नेपाली संघ (एनआरएनए) कप आयोजना नगर्ने निर्णय गरिएको छ। तर, बाँकी प्रतियोगिताहरू यथावत रहनेछन् र थप आकर्षक बनाइनेछ।

    बिशेष सम्मान र अतिथिहरूको उपस्थिति
    कार्यक्रममा चार भन्ज्यांग तमु समाजका नवनिर्वाचित अध्यक्ष दुर्गा गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष बम थापा सूर्यवंशी मगर, र नेपालबाट बेलायत भ्रमणमा रहेका घान्द्रुकस्थित स्नो लाइन होटलका प्रोप्राइटर अमृत गुरुङलाई फेटा ओढाएर सम्मान गरिएको थियो। मेलाको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरे हुनेछन् भने विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ रहनेछन्।

    नेपाली मेलाको नारा र उद्देश्य
    हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो पहिचान भन्ने मूल नारासहित हुने यो मेला बेलायतवासी नेपालीहरूको साझा उत्सवको रुपमा स्थापित भइसकेको छ। मेलाको उद्देश्य प्रवासमा रहेका नेपालीहरूको **सांस्कृतिक जगेर्ना एकता प्रवर्द्धन र नयाँ पुस्तामा पहिचानको चेतना फैलाउने हो।

    **कार्यक्रमका प्रमुख आकर्षणहरू**
    ✅ **सांस्कृतिक झाँकी**
    ३५ भन्दा बढी टिमले आ–आफ्नो समुदाय, जातजातिको परम्परा, भेषभूषा र संस्कृति झल्काउने प्रस्तुति दिने छन्।
    ✅ **सांस्कृतिक प्रस्तुति (स्टेज कार्यक्रम)**
    १५ वटा सांस्कृतिक टिमद्वारा नृत्य, गीत र नाटक प्रस्तुत गरिनेछ।
    ✅ **व्यवसायिक स्टलहरू**
    खानपिन, लत्ता कपडा, खुद्रा व्यापार, जनचेतना, आइसक्रिम, भाँडावर्तन, च्यारिटीलगायत ५० भन्दा बढी स्टलहरू रहनेछन्।
    ✅ **अन्य सेवाहरू**
    आपतकालीन स्वास्थ्य सेवा, बालबालिका क्षेत्र, सूचना कक्ष, चिट्ठा कार्यक्रम (राफल ड्र) लगायत आकर्षणहरू मेलामा समावेश हुनेछन्।

    **पुरस्कार राशि र विशेष छुटहरू**
    **एम्बसाडोर कप **
    **प्रथम पुरस्कार**: £1100
    **दोस्रो पुरस्कार**: £700
    **तेस्रो पुरस्कार**: £500
    * प्रत्येक विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ।

    **सांस्कृतिक झाँकी प्रतियोगिता**
    * प्रथम: £500
    * दोस्रो: £300
    * तेस्रो: £200 + प्रमाणपत्र र मेडल

    **सांस्कृतिक नृत्य प्रतियोगिता**
    * प्रथम: £500
    * दोस्रो: £300
    * तेस्रो: £200 + प्रमाणपत्र र मेडल

    ♿ **विशेष व्यवस्था**
    अपाङ्ग ब्याज भएकालाई पार्किङ निःशुल्क
    ७५ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई प्रवेश निःशुल्क

    सम्बन्धित व्यक्तित्वहरू र संघसंस्थाको उपस्थिति
    पत्रकार सम्मेलनमा तमुधिं यूकेको अध्यक्ष जुमकाजी गुरुङ, महासचिव डा. विशाल गुरुङ, वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङ, मिडिया संयोजक एसके गुरुङ, स्टल संयोजक दिल माया गुरुङ, संस्थापक अध्यक्ष मिन तमु, पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ र नन्दजंग गुरुङ, आमा समूह अध्यक्ष कमला गुरुङ, संरक्षक, सल्लाहकार तथा शाखा समितिका अध्यक्षहरू सहभागी थिए। पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेने, संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष ध्रुव अर्याल, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष बम सूर्यवंशी थापामगर, तथा बेलायत, युरोप र नेपालका सञ्चारकर्मीहरूको उपस्थिति पनि उल्लेखनीय थियो।

    समापन र आग्रह
    मेलाका संयोजक कमल गुरुङले बेलायतभरका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई सपरिवार उपस्थित भई मेला सफल बनाउन आग्रह गरेका छन्। अध्यक्ष जुमकाजी गुरुङले भने, यो मेला विगतका सबैभन्दा पृथक, आकर्षक र प्रेरणादायी हुनेछ ।”

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य