एनआरएनए यूके वेल्स राज्य समन्वय परिषद्को नयाँ कार्यसमितिले कार्डिफमा शपथ लिए
कार्डिफ, वेल्स — गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके वेल्स राज्य समन्वय परिषद्को नयाँ कार्यसमितिले भव्य कार्यक्रमका बीच शपथ ग्रहण गरेको छ। २०२५ अगस्ट ३१, आइतबार, कार्डिफमा आयोजित कार्यक्रमले वेल्सस्थित नेपाली समुदायमा एकता र उत्साह थपेको छ।
कार्यक्रमको उद्घाटन एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेला र एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले संयुक्त रुपमा दीप प्रज्वलन गरी गर्नुभयो। त्यसपछि नेपाल र वेल्स दुबै देशको राष्ट्रिय गान बजाइएको थियो, जसको संयोजन श्रीराम थापा मगरले गर्नुभयो।
कार्यक्रममा सहभागी अतिथिहरूले नयाँ कार्यसमिति तथा प्रवासी नेपाली समुदायप्रति शुभकामना तथा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे।
प्रमुख वक्ताहरूका भनाइहरू:
झलक पुन (उपाध्यक्ष, एनआरएनए यूके): “वेल्समा नयाँ कार्यसमिति गठन हुनु समुदाय सशक्तिकरणतर्फको एक महत्वपूर्ण कदम हो।”
डा. भीम पुन, डेभिट गुरुङ, क्याप्टेन बिरबहादुर थापा, र अन्य सल्लाहकारहरूले संघलाई अझ प्रभावकारी बनाउने सल्लाह दिए।
महासचिव जुरेन्द्र खजुमले नेपाली नागरिक भएर सेवा दिईसकेका गोरखा सैनिकहरूको एनआरएनए सदस्यतामा समावेशबारे प्रष्ट पारे।
महिला सचिव मणिकला राई गुरुङले महिलाको सशक्तिकरणमा परिषद्को भूमिका महत्वपूर्ण हुने बताइन्।
निरलाल मोक्तान (पूर्व अध्यक्ष, नेपाली समाज कार्डिफ) ले नयाँ समितिको भूमिकामा विश्वास व्यक्त गरे।
सांगीतिक प्रस्तुति र सम्मान कार्यक्रम:
कार्यक्रमपछि लोकगायिका जुनुश्री मगर र कलिका रोका मगरको सांगीतिक प्रस्तुति भएको थियो। सहभागीहरू गीत-संगीतमा रमाउँदै कार्यक्रमको समापनसम्म सहभागी भए। त्यस अवसरमा राज्य परिषद्का संरक्षक दीप प्रसाद पुन र बद्री योङया लिम्बु तथा नेपाली समाज कार्डिफका पूर्व अध्यक्ष निरलाल मोक्तानलाई विशेष सम्मान पनि गरिएको थियो।
वेल्स राज्य समन्वय परिषद्को नयाँ कार्यसमिति:
अध्यक्ष – दिपक सुब्बा इङ्देन
उपाध्यक्ष – सीता गुरुङ राई
सचिव – पवन राना मगर
सह-सचिव – श्रीराम थापा मगर
कोषाध्यक्ष – रत्ना राई
सह-कोषाध्यक्ष – प्रदीप गुरुङ
सदस्यहरू – प्रकाश गुरुङ, खगेन्द्र लिम्बु इङ्देन, सुवास राई, उवराज पुन, प्रशान्त गौतम
कार्यक्रमले वेल्सस्थित नेपाली समुदायमा उत्सवमय वातावरण सिर्जना गर्दै नयाँ कार्यसमितिलाई औपचारिक जिम्मेवारी प्रदान गरेको छ। सहभागीहरूको उल्लेखनीय उपस्थिति र सक्रियता कार्यक्रमको सफलताको प्रमाण बनेको छ।









तपाइँको प्रतिक्रिया