• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डनको अल्डरसटमा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरद्वारा भव्य च्यारिटी डिनर सम्पन्न

  •   २३ भाद्र २०८२, सोमबार १२:३२ 
  • लन्डन, यूके।
    अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर द्वारा आयोजित लाइभ म्यूजिकसहितको च्यारिटी डिनर कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। प्रिन्सेस हल, अल्डरसट मा आयोजित उक्त कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरूसँगै परोपकारी उद्देश्यले संकलित कोषबाट मन्दिर विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कार्यक्रम सेन्टरका अध्यक्ष विक्रम भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, अल्डरसट क्षेत्रकी सांसद अलेक्स बेकर, तथा मेयर क्यालम स्टेवार्ट रहेका थिए। प्रमुख अतिथिहरूले मन्तव्य दिंदै शिव सेन्टरले स्थानीय समुदायलाई धार्मिक, सामाजिक र परोपकारी कार्यमार्फत एउटै सूत्रमा बाँध्न सफल भएको भन्दै प्रशंसा व्यक्त गरेका थिए।

    वरिष्ठ कलाकारको सम्मान, मन्दिर सहयोगार्थ च्यारिटी

    कार्यक्रममा बेलायतमा स्थापित वरिष्ठ नेपाली कलाकारहरूलाई सम्मान गरिएको थियो। संगीतकार विक्रम गुरुङ, दिनेश सुब्बा, नेपथ्यका पूर्व सदस्य रविन श्रेष्ठ, तथा ८४ वर्षीय गायक बीरबहादुर थापा लगायतले लाइभ प्रस्तुति दिई कार्यक्रमलाई सांगीतिक र भावनात्मक दुवै दृष्टिले समृद्ध बनाए।

    शिव मन्दिर स्थापनाकालदेखि अहोरात्र सेवा पुर्‍याउने व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमध्ये व्यवसायी रविन्द्रजंग लामिछाने र योगेन्द्र क्षेत्री, संस्थापक अध्यक्ष हरिविभोर कार्की, उपाध्यक्ष शेरबहादुर सुनार, मेजर रिटायर्ड सूर्यप्रसाद उपाध्याय, क्याप्टेन गोपाल विश्वकर्मा, पूर्व काउन्सिलर जीव बेल्वासे, भारतीय मूलका सहयोगी अनुप बर्मा, डा. कुमार, सुनित जैन, अम्बर मल्ल, हरिकुमार श्रेष्ठ, पुरण गिरी, फार्नबोरो साई सेन्टरका केबी गुरुङ (बा साइराम), हर्कबहादुर गुरुङ, तथा चारजना पूर्व अध्यक्षहरू — रोहित गुरुङ, भीम बानिया, बाचस्पति रेग्मी, र प्रकाश राउत समावेश थिए।

    शिव मन्दिरको इतिहासलाई समेट्ने ‘शिव दर्शन’ स्मारिका लोकार्पण

    १६ वर्ष लामो इतिहास बोकेको शिव मन्दिरको गतिविधि र योगदानलाई समेट्दै ‘शिव दर्शन’ नामक स्मारिका लोकार्पण गरिएको थियो। स्मारिकाको प्रधान सम्पादक संरक्षक रोहित गुरुङ, गेस्ट एडिटर प्रकाश केसी, र सम्पादक मण्डलका सदस्यहरूमा हरी भट्टराई, आचार्य पण्डित मदुसुधन सत्याल, बाचस्पति रेग्मी, निरज शर्मा, तथा रुपेश काफ्ले रहेका थिए।

    परोपकारी उद्देश्यका लागि संकलित कोष

    सेन्टरले सन् २०१८ मा मन्दिर खरिद गरेपछि, पछिल्लो वर्ष £300,000 (तीन लाख पाउन्ड) मा मन्दिरसँगै जोडिएको घर समेत खरिद गरेको थियो, जुन हाल पण्डित निवासका रूपमा प्रयोग भइरहेको छ। कार्यक्रममार्फत संकलित रकमले भवनको ऋण तिर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    विशुद्ध शाकाहारी भोजन, समुदायको सहभागिता

    च्यारिटी डिनरमा विशुद्ध शाकाहारी भोजन परोसीएको थियो, जसको प्रायोजन स्थानीय रेष्टुरेन्ट व्यवसायीहरूले गरेका थिए। सहभागी सहयोगीहरूमा फार्नबोरो साई सेन्टरका राजेन्द्र र लक्ष्मी शर्मा, मालिंगो रेष्टुरेन्टका विजय गिरी, दिवाली रेष्टुरेन्टका मनिष खड्का र शिव कंडेल, थकाली कुजिन अल्डरसट, सेफ विनोद बराल, सुष्मा गुरुङ, विमला भट्टराई, सरिता श्रेष्ठ, राममाया श्रेष्ठ, शर्मिला र पहलमान गुरुङ (रेडिङ), यशोदा, सुजिता, रेणु गुरुङ लगायतको विशेष सहयोग रहेको थियो।

    कार्यक्रममा धर्मगुरुहरू, पण्डितहरू, संघसंस्था प्रमुख, काउन्सिलरहरू, र सामुदायिक प्रतिनिधिहरूसहित करिब ५०० जना सहभागी रहेका थिए।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य