• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पूर्वसभामुख ओनसरी घर्तीमगर र पूर्वमन्त्री राम कार्कीलाई नेफिन युके र मगर संघ युकेद्वारा भव्य स्वागत तथा सम्मान

  •   २३ भाद्र २०८२, सोमबार १२:४६ 
  • अल्डरसट, बेलायत – शनिबार, ६ सेप्टेम्बर २०२५।
    नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) UK र मगर संघ UK ले पूर्वसभामुख ओनसरी घर्तीमगर र पूर्वमन्त्री तथा माओवादी नेता राम कार्कीलाई संयुक्त रूपमा अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा भव्य स्वागत तथा सम्मान गरेको छ।

    उक्त कार्यक्रमको पहिलो चरण राष्ट्रिय गान, बेलायती धुन, आदिवासी गीत र दीप प्रज्वलन सहित शहीदहरूको स्मृतिमा दुई मिनेट मौनधारण गरी औपचारिक रूपमा सुरु गरिएको थियो।

    विशिष्ट अतिथिहरूलाई सम्मान
    कार्यक्रमको दोस्रो चरणमा नेफिन युके अध्यक्ष मेजर योगेश कोयी राई र मगर संघ युके अध्यक्ष लाल बहादुर पुन (लालु) ले पूर्वसभामुख ओनसरी घर्तीमगर, पूर्वमन्त्री राम कार्की, र किरात मुक्ति मोर्चा नेपालका केन्द्रीय महासचिव वसन्त राईलाई सम्मान गरेका थिए।
    कार्यक्रममा नेफिन युके र मगर संघ युके का पदाधिकारी, पूर्वअध्यक्ष, ट्रस्टि, सल्लाहकारलगायत विभिन्न सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।

    ब्रिटिश गोर्खा नागरिकताको मागबारे ज्ञापनपत्र हस्तान्तरण
    कार्यक्रमकै अवसरमा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (CNCBG) का अध्यक्ष थर्क राना ले पूर्वसभामुख ओनसरी घर्तीमगरलाई नागरिकता निरन्तरता सम्बन्धी ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।

    वक्ता र अतिथिहरूको धारणा
    कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, नेफिन युकेका पूर्वअध्यक्ष कर्मा पहाडी शेर्पा, माओवादी नेता रन केसी, नेफिन केन्द्रका संस्थापक सचिव भक्त बहादुर दुरा, नेफिन युकेका संस्थापक अध्यक्ष थर्क राना, डा. सुमाया राई लगायतका वक्ताहरूले गोर्खा भूतपूर्व सैनिकको पेन्सन समस्या र नेपाली नागरिकताको निरन्तरता जस्ता विषयमा धारणा राखे।

    नेता वसन्त राईले माओवादी आन्दोलनमा आदिवासी, महिला, दलित, तथा पछाडि पारिएका वर्गको पक्षमा गैर-आदिवासी नेताहरूले पनि आवाज उठाएको उल्लेख गरे। पूर्वमन्त्री राम कार्कीले यी समुदायका अधिकार सुनिश्चित गर्न एकल जाति वा पार्टीको आन्दोलनले मात्र पर्याप्त नहुने भन्दै समावेशी र साझा आन्दोलन आवश्यक रहेको बताए।

    पूर्वसभामुख घर्तीमगरको विशेष मन्तव्य
    कार्यक्रमकी प्रमुख अतिथि पूर्वसभामुख ओनसरी घर्तीमगरले आफ्नो मन्तव्यमा सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिंदै भनिन्:
    “आदिवासी, महिला, दलित र पछाडि पारिएका समुदायका अधिकार प्राप्तिका लागि एकता जरुरी छ। टुक्रा-टुक्रा आन्दोलनबाट होइन, एकीकृत आवाज र साझा मोर्चाबाट मात्र अधिकार प्राप्ति सम्भव छ।”

    त्यस्तै, उनले भूतपूर्व गोर्खाहरूको पेन्सन समस्या र नागरिकता निरन्तरताको विषयमा पनि विभाजित नभई संघर्षमा ऐक्यबद्धता आवश्यक रहेको बताइन्।

    कार्यक्रमको सञ्चालन र उपस्थिति
    कार्यक्रमको सञ्चालन नेफिन युकेका महासचिव फर्म बहादुर दुरा, मगर संघ युकेका महासचिव गोमन पुन, र CNCBG का महासचिव भक्त थापाले गरेका थिए। साथै, कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष बम थापा सूर्यवंशी मगर, एभरेष्ट टाइम्सका सम्पादक चिम्खोले काइला, सह-सम्पादक जमुना पुन, र गोर्खा मिडिया प्रबन्ध निर्देशक मिलन तामुको पनि उपस्थिति रहेको थियो।

    सांगीतिक मनोरञ्जन
    कार्यक्रमको अन्त्यमा नेपालबाट आएका चर्चित कलाकार युवराज मगर र नितु पुनले सांगीतिक प्रस्तुति दिएर उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका थिए।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य