• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

३९ टिमको सहभागिता, एनआरएनए कपले जोड्दैछ नयाँ–पुराना पुस्ता

  •   २३ भाद्र २०८२, सोमबार १७:०२ 
  • लन्डन, सेप्टेम्बर ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आउँदो सेप्टेम्बर १३ तारिख, शुक्रबार लन्डनको फेल्थाममा आयोजना गर्न लागेको दोस्रो एनआरएनए नेपाल महोत्सव तथा एनआरएनए कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

    आइतबार अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले महोत्सवबारे जानकारी गराएको हो। कार्यक्रममा बोल्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले यो इभेन्टको उद्देश्य नेपाली कला, संस्कृति, भेषभूषा तथा खानाको प्रवर्द्धन गर्नुका साथै बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्नु रहेको बताए।

    ९ ए साइड फुटबल: ३९ टिमको सहभागिता

    इभेन्ट संयोजक तथा युथ कोअर्डिनेटर विशाल राईका अनुसार यसपटक २४ मेन टिम, १२ भेट्रान टिम र ३ महिला टिम गरी कुल ३९ टिमको सहभागिता रहनेछ। अघिल्लो वर्षको अनुभव सुनाउँदै उनले ४ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेकाले यस वर्ष पनि भव्य सहभागिताको अपेक्षा गरिएको बताए।

    दोस्रो पुस्ता र समुदाय सशक्तिकरणमा जोड

    अध्यक्ष गाहामगरले दोश्रो पुस्तालाई खेल र संस्कृति मार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको स्पष्ट पारे। “बेलायतको नेपाली डायस्पोरामा पहिलो र दोश्रो पुस्ताबीच दूरी बढ्दो छ। यो इभेन्टले उनीहरूलाई एउटै थलोमा ल्याउने अवसर दिन्छ,” उनले भने।

    इभेन्ट निशुल्क प्रवेश र निशुल्क पार्किङसहित खुला रहने जानकारी दिँदै उनले सबैलाई सहभागिताको लागि आग्रह गरे। साथै, वंशजको नेपाली नागरिकता सुनिश्चित गर्न पनि दोश्रो पुस्ताको सक्रियता आवश्यक रहेको उल्लेख गरे।

    समुदायलाई एकताबद्ध बनाउने अवसर

    कार्यक्रमका प्रमुख संरक्षक डेभिड गुरुङले फुटबलमार्फत समुदायलाई एकताबद्ध बनाउन सकिने बताए। प्रमुख सल्लाहकार डा. भीम पुनले पहिलो संस्करणमा धेरै आशंका हुँदाहुँदै पनि सफलता प्राप्त भएको स्मरण गर्दै यो वर्ष पनि कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे।

    कार्यक्रम महासचिव जुरेन्द्र खजुमको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा आइसीसी सदस्यहरु शारदा गुरुङ, विजय गुरुङ, सल्लाहकार नरमति पुन लगायतले शुभकामना मन्तव्य दिएका थिए।

    यस अवसरमा एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल, प्रमुख सल्लाहकार क्या. रिटायर्ड वीरबहादुर थापा लगायतको उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनको दौरान खेलको टिम ड्र पनि गराइएको संघले जानकारी दिएको छ।


    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य