• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एफसी केन्टद्वारा दोस्रो एनआरएनए कपको उपाधि जित

  •   ३० भाद्र २०८२, सोमबार ०७:०० 
  • लन्डन, सेप्टेम्बर १३ – एनआरएनए यूकेद्वारा आयोजित दोस्रो एनआरएनए कप फुटबल प्रतियोगितामा एफसी केन्टले मेन क्याटेगोरीतर्फ उपाधि जितेको छ। शनिबार, फेल्थाममा सम्पन्न ९ ए साइड प्रतियोगितामा एफसी केन्टले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गर्दै च्याम्पियन बनेको हो।

    उपाधिसहित एफसी केन्टले £2200 नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बीबीसीले £1100 नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ। उपविजेताको नगद पुरस्कार अवतार डाइनिङका प्रोपाइटर तथा एनआरएनए यूके सहकोषाध्यक्ष सुरेश केसीले प्रायोजन गरेका थिए।

    भेट्रानतर्फ बीबीसी विजेता

    भेट्रान वर्गमा बीबीसी टिम विजेता बन्दा जोइन्ट एफसी उपविजेता बन्यो। बीबीसीले £1200 नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो भने जोइन्ट एफसीले £600 नगदसहित ट्रफी र प्रमाणपत्र पायो। भेट्रान विजेताको पुरस्कार एनआरएनए यूकेका पूर्व अध्यक्ष तथा व्यवसायी योगेन्द्र क्षेत्रीले प्रायोजन गरेका थिए। उपविजेताको पुरस्कार एनआरएनए आइसीसी सल्लाहकार पुरन गिरीले सहयोग गरेका हुन्।

    महिला तथा प्लेट क्याटेगोरी

    महिला समूहतर्फ तामाङ समाज यूके विजेता रहँदा रनरअप रन्डर बोल्ट लिजेन्ड्स बन्यो। लेडिज पुरस्कारका लागि एनआरएनए यूके संरक्षक हितमान गुरुङले £200 प्रायोजन गरेका थिए। प्लेट कप क्याटेगोरीमा केनी एफसी रेडिङ विजेता बन्यो।

    प्रतिस्पर्धी टिमको विवरण

    एनआरएनए यूके युथ कोअर्डिनेटर तथा इभेन्ट संयोजक विशाल राईका अनुसार प्रतियोगितामा २४ मेन, १२ भेट्रान र ३ महिला टिमसहित जम्मा ३९ टिमको सहभागिता रहेको थियो।

    पुरस्कार वितरण समारोह

    विजेता टिमलाई पुरस्कार वितरण कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक डेभिड गुरुङ, संरक्षक भरत रोका, हितमान गुरुङ, क्याप्टेन वीर बहादुर थापा, पूर्व अध्यक्षद्वय डमर घले र योगेन्द्र क्षेत्री, आइसीसी सल्लाहकार पुरन गिरी, थर्क सेन, उपाध्यक्ष विश्वासदीप तिगेला, सदस्य विजय गुरुङ, शारदा गुरुङ, ओमप्रसाद थापा काउचा, वेल्स समन्वय परिषद प्रमुख संरक्षक बद्री योङ्या, मगर संघ यूके अध्यक्ष लालबहादुर पुन, तमु समाज बेलायतकी बिन्दु गुरुङ, अमर गुरुङ, प्रेम कोराङगी, बमबहादुर थापा सूर्यवंशी, वीर बलाल, गंगा गुरुङ, दीपक मैथानेमगर, काउन्सिलर विष्णु गुरुङ, कलाकार विष्णु चेम्जोङलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रम सञ्चालन महासचिव जुरेन्द्र खजुमले गरेका थिए।

    खेलकुदमार्फत एकता र स्वास्थ्य प्रवर्द्धन

    एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले “स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको बताए। साथै, बेलायतस्थित नेपाली डायस्पोरामा पहिलो र दोस्रो पुस्ताबीच बढ्दै गएको दूरीलाई कम गर्ने प्रयासस्वरूप यस्तो इभेन्टको आयोजना गरिएको उनले प्रस्ट पारे।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य