• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

प्रदेश ५ : मगर संघको प्रथम अधिवेशन

  •   २० माघ २०७५, आईतवार ०६:०१ 
  • मिलन गाहा

    बुटवल । प्रदेश ५ लाई मगरात पहिचान दिने गरी प्रदेशको नामाकरण नगरे कडा आन्दोलन गर्ने मगर संघ प्रदेश ५ को प्रथम अधिवेशनमा बोल्ने बक्ताहरुले बताएका छन् ।
    मगर समुदायले नेपालको परिबर्तनमा निकै ठूलो कुर्वानी गरेतापनी नेपाल सरकारले मगर समुदायको त्याग र बलिदानीको कदर नगरेको मगर संघका केन्द्रीय अध्यक्ष नबीन रोका मगरले बताउनु भयो।
    नेपाल मगर संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे शनिबार बुटवलमा सो कुरा बताउनु भएको हो । मगर समुदायको आन्दोलन मगरात र पहिचान स्थापीत नहुदासम्म रहने बताउदै सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । कुनैपनी समुदायलाई पछाडी राखेर देश सम्बृद्ध नहुने उँहाको तर्क थियो। मगर समुदायले नेपालको परिबर्तनमा गरेको त्यागको मुल्य चुकाउन पर्ने बताउनुभएको हो।

    कार्यक्रममा प्रदेश ५ का सांसद बसन्त घर्तीले मगरात एउटा जाती नभई सभ्यता समेत भएको बताउदै प्रदेश ५ को नामाकरण हुदा पहिचान समेतको हुनुपर्ने बताउनुभयो। सोही अबसरमा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गुरु घर्ती मगरले नेपाल मगर संघले सरकारलाई पटक पटक जानकारी गराए पनि हाम्रो मागलाई सम्बोधन नगरेको गुनासो गर्दै मगर समुदायको कला संस्कृती देशको पहिचान संग पनि जोडीएको बताउनुभयो। कार्यक्रममा पुर्ब माननीय बम कुमारी बुढाले बोल्दै मगर समुुदायको साक्षरतालाई प्राथमिकता दिन र समय सापेक्ष आफ्ना माग उठाउन अनुरोध गर्नुभयो।

    त्यस्तै मगर संघका पुर्ब अध्यक्ष महेन्द्र थापा मगरले मगरात प्राप्तीको आन्दोलनमा सबै मगर समुदाय मात्र नभई मगरात भुमीमा बस्ने सबै जातजातीको उत्तीकै भुमीका हुनुपर्ने औल्याउनुभयो । त्यस्तै मगर संघका भाषीक उपाध्यक्ष दल बहादुर बिरकट्टाले मगर समुदायको भाषा र संस्कार राजयले खोसेको हुदा यसको जगेर्नाका लागी राज्य सम्बेदनशिल हुन माग गर्नुभयो।

    सोही अवशरमा मगर महीला संघका केन्द्रीय अध्यक्ष गंगा खासुले मगर समुदायले आफ्ना कुरा मात्र नभई पछाडी परेका बर्ग समुदाय र उत्पीडनमा रहेका हरेक समस्या संगै महीला हिंसा अन्त्यको लागी सरकार उदासीन रहेको बताउनुभयो।कार्यक्रम गिता सारुको सञ्चालन दरजित रोकाको स्वागत तथा प्रदेश ५ का संयोजक डिबी पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मगर संस्कृती झल्कने झांकी तथा बिभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो।
    अधिवेशनमा प्रदेश ५ का १२ जिल्लाका लाखौ मगर समुुदायको उपस्थीती रहेको थियो । दुई दिन सम्म चल्ने अधिवेशनले मगर संघ प्रदेश ५ को नया नेतृत्व समेत चयन गर्नेछ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य