• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

वेल्समा नेपाली समुदाय–पत्रकार अन्तरक्रिया, ७ बुँदे घोषणापत्र जारी

  •   २६ जेष्ठ २०८३, मंगलवार ०६:१७ 
  • लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले वेल्स राज्यको कुम्ब्रानमा नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रममार्फत शाखाले वेल्सस्थित नेपाली समुदायका प्राथमिकता, अपेक्षा तथा सरोकारका विषयमा जानकारी लिँदै समाचार लेखन, सञ्चार तथा जिम्मेवार पत्रकारिताबारे प्रशिक्षण प्रदान गरेको हो। कार्यक्रममा समुदायका अगुवाहरूबाट सुझाव तथा सल्लाह संकलन गरिनुका साथै ७ बुँदे ‘वेल्स घोषणापत्र’ समेत जारी गरिएको छ।

    कुम्ब्रान, कार्डिफ र ब्रेकन क्षेत्रबाट आएका करिब ४० जना समुदाय अगुवाहरूको सहभागिता रहेको कार्यक्रममा महासचिव खेमराज रानाभाटले शाखा र समुदायबीच सम्बन्ध सुदृढ गर्ने, परिचय आदानप्रदान गर्ने तथा संवाद विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

    वेल्स गोर्खा कम्युनिटीकी उपाध्यक्ष धनकुमारी थोक्लिहाङले ‘हेल्थ एण्ड सेफ्टी’ विषयमा जानकारी दिएकी थिइन् भने शाखाकी उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य राख्दै पत्रकारिता समाजको ऐना मात्र नभई समुदायको सामूहिक आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएको बताइन्।

    वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले शाखाको स्थापना, उद्देश्य तथा १५ वर्षे गतिविधिबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा फोनिज यूकेका अध्यक्ष बम सूर्यवंशीले फोनिज यूकेका गतिविधिबारे जानकारी गराएका थिए भने पूर्व अध्यक्ष गोमा रानाले आदिवासी पत्रकारहरूको प्रोत्साहनका लागि प्रदान गरिँदै आएको पुरस्कारबारे चर्चा गरिन्।

    महासचिव रानाभाटले समाचार, सञ्चार तथा जिम्मेवार रिपोर्टिङ विषयमा कार्यपत्र प्रस्तुत गर्दै समाचारका आधारभूत तत्व, स्रोतको गोपनीयता, सत्यतथ्यको परीक्षण तथा फेक न्युज पहिचानका विषयमा जानकारी दिएका थिए।

    कार्यक्रममा बोल्दै नेपाली भिलेज यूकेका प्रवन्ध निर्देशक मेजर खुशीमान गुरुङ (एमभीओ), एनआरएनए यूके वेल्स राज्य परिषद्का अध्यक्ष डा. विकास रानाभाट, दीपक सुब्बा योंगदेन, पूर्व उपाध्यक्ष रामचन्द्र पोखरेल, वेल्स गोर्खा कम्युनिटीकी अध्यक्ष सीता राई, पण्डित डा. थानेश्वर पाण्डेय, बद्री योङ्या, खड्ग चोङवाङ, प्रकाश कँडेल तथा शोभाराणा पोखरेललगायतले समुदाय र पत्रकारिताबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रममा शाखाका सचिव तथा एनआरएनए आईसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले ७ बुँदे वेल्स घोषणापत्र वाचन गरेका थिए। घोषणापत्रमा वेल्सस्थित नेपाली समुदायका गतिविधि तथा समस्याहरू उजागर गर्ने, भाषा, साहित्य, संस्कृति र नेपाली पहिचान दोस्रो पुस्तासम्म हस्तान्तरण गर्न सहयोग गर्ने तथा शाखाको विकेन्द्रीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

    शाखा अध्यक्ष विमला सेनेले समुदायसँग सहकार्य गर्दै यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइने बताइन्। उनले समुदायका समाचार सम्प्रेषणमा शाखाले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

    कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य