• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

वेल्समा निर्माणाधीन ‘नेपाली भिलेज यूके’ : नेपाली पहिचान र संस्कृतिलाई विश्वमाझ चिनाउने महत्वाकांक्षी अभियान

  •   २६ जेष्ठ २०८३, मंगलवार १६:५६ 
  • वेल्स, बेलायत । बेलायतको वेल्समा निर्माणाधीन ‘नेपाली भिलेज यूके’ परियोजना नेपाली भाषा, संस्कृति, इतिहास, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अघि बढिरहेको महत्वाकांक्षी योजनाका रूपमा विकसित हुँदै गएको छ। विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका भावी पुस्तालाई आफ्नो मौलिक जरा, संस्कृति र सम्पदासँग जोड्ने लक्ष्य राखिएको यो परियोजनाले बेलायतस्थित नेपाली समुदायमा उत्साह थपेको छ।

    परियोजनाका प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ (एमभीओ) का अनुसार ‘नेपाली भिलेज यूके’ कुनै व्यक्ति वा संस्थाको मात्र योजना नभई सम्पूर्ण नेपाली समुदायको साझा सपना हो। यसको उद्देश्य बेलायतमा बसोबास गर्ने नेपाली समुदाय, उनीहरूका सन्तति, स्थानीय बेलायती नागरिक तथा विश्वभरबाट आउने पर्यटकलाई नेपालको संस्कृति, इतिहास, परम्परा र जीवनशैलीबारे जानकारी गराउनु हो।

    लामो समयदेखि बेलायत र युरोपका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपालीहरूबीच नेपाललाई सम्झाउने, भावी पुस्तालाई नेपाली संस्कृतिसँग जोड्ने र नेपालीपनको अनुभूति गराउने साझा केन्द्रको आवश्यकता महसुस हुँदै आएको थियो। यही आवश्यकतालाई मूर्तरूप दिन ‘नेपाली भिलेज यूके’ परियोजना अघि बढाइएको हो।

    मेजर गुरुङका अनुसार नेपाली भिलेज यस्तो स्थल हुनेछ, जहाँ आगन्तुकहरूले ग्रामीण नेपालको अनुभूति गर्न सक्नेछन्। हरियाली वातावरण, नेपाली शैलीका संरचना, सांस्कृतिक गतिविधि, चाडपर्व, ध्यान, पारिवारिक जमघट तथा सामुदायिक कार्यक्रममार्फत आगन्तुकहरूले नेपालको झल्को अनुभव गर्न सक्नेछन्।

    परियोजनाअन्तर्गत लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, बौद्धनाथ, धरहरा, चौतारी, ढुंगेधारा तथा मुक्तिनाथको १०८ धाराजस्ता नेपालका प्रमुख धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रतीकात्मक स्वरूप निर्माण गर्ने योजना रहेको छ। साथै ध्यान केन्द्र, प्रदर्शनी हल, होटल, विवाह तथा सभा समारोह स्थल, जैविक फार्म र सामुदायिक गतिविधिका लागि आवश्यक पूर्वाधार विकास गरिनेछ।

    तीन चरणमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस परियोजनाको पहिलो चरणअन्तर्गत करिब २४ एकड जग्गा खरिद भइसकेको छ। परियोजनाले हालसम्म ४६१ शेयर बिक्री गरिसकेको छ भने प्रारम्भिक रूपमा १० वर्षे अवधिका लागि तयार गरिएको योजना अपेक्षाभन्दा छिटो गतिमा अगाडि बढिरहेको बताइएको छ।

    हाल दोस्रो चरणअन्तर्गत प्लानिङ अनुमति तथा संरचना निर्माणको तयारी भइरहेको छ। प्लानिङ अनुमति प्राप्त भएपछि प्रवेशद्वार, कार पार्क, पोखरी, चौतारी, पर्यटकीय घर, कार्यालय, क्याफे तथा अन्य पूर्वाधार निर्माण गरिनेछ। तेस्रो चरणमा होटल, वेलनेस सेन्टर, ध्यान केन्द्र, तालिम तथा सेमिनार हल निर्माण गर्ने योजना रहेको छ।

    मेजर गुरुङका अनुसार ‘नेपाली भिलेज यूके’ केवल भौतिक संरचना निर्माण गर्ने परियोजना मात्र नभई भावी पुस्तालाई नेपाली इतिहास, संस्कृति र परम्परासँग जोड्ने अभियान पनि हो। उनका अनुसार भविष्यमा यो परियोजना नेपाली समुदायका लागि गौरवको केन्द्र, भावी पुस्ताका लागि सांस्कृतिक पाठशाला तथा विश्व समुदायमाझ नेपालको परिचय दिने जीवन्त सङ्ग्रहालयका रूपमा स्थापित हुनेछ।

    (साभार : Gurkha Radio | सम्पादन तथा पुनर्लेखन : London Kathmandu News)

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य