• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

१/२ गोर्खा राइफल्स मोर्टर प्लाटुनको भव्य भेटघाट सम्पन्न

  •   ७ असार २०८३, आईतवार २१:०६ 
  • अल्डरशट, यूके – २० जुन २०२६

    १/२ गोर्खा राइफल्स मोर्टर प्लाटुनका पूर्व सैनिक तथा परिवारजनहरूको भव्य भेटघाट कार्यक्रम शनिबार अल्डरशटस्थित डि–लाउन्ज रेस्टुरेन्ट एण्ड बारमा सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट पूर्व सैनिक, परिवारजन तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    कार्यक्रमको सञ्चालन रामराज मल्ल र इन्द्र गुरुङ ले संयुक्त रूपमा गरेका थिए। सहभागीहरूले सैनिक सेवाकालका अविस्मरणीय अनुभवहरू साटासाट गर्दै आपसी सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रममा उपस्थित हुनेमध्ये सबैभन्दा वरिष्ठ सदस्य ०६१४ साइमन गुरुङ हुनुहुन्थ्यो। उहाँको उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको थियो। सहभागीहरूले उहाँप्रति सम्मान व्यक्त गर्दै गोर्खा सैनिकहरूको योगदान र गौरवपूर्ण इतिहासको स्मरण गरेका थिए।

    “Together in Honour, Together in Pride – Once a Gurkha, Always a Gurkha” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पूर्व सैनिकहरूबीचको भाइचारा, एकता र सहकार्यको भावनालाई अझ सुदृढ बनाउने विषयमा विशेष छलफल गरिएको थियो।

    कार्यक्रमको मिडिया पार्टनर London Kathmandu News रहेको थियो भने चर्चित गायिका जमुना राना को प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो। उहाँका सांगीतिक प्रस्तुतिले सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

    कार्यक्रमको अन्त्यमा आयोजकहरूले सहभागी सबै पूर्व सैनिक, परिवारजन तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता पुनर्मिलन तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

    “एक पटक गोर्खा, सधैं गोर्खा” भन्ने भावनालाई आत्मसात गर्दै सम्पन्न भएको यस भेटघाट कार्यक्रमले १/२ गोर्खा राइफल्स मोर्टार प्लाटुनका सदस्यहरूबीचको आत्मीयता र एकतालाई थप मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य