• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

१/२ गोर्खा राइफल्स मोर्टर प्लाटुनको भव्य भेटघाट सम्पन्न

  •   ७ असार २०८३, आईतवार २१:०६ 
  • अल्डरशट, यूके – २० जुन २०२६

    १/२ गोर्खा राइफल्स मोर्टर प्लाटुनका पूर्व सैनिक तथा परिवारजनहरूको भव्य भेटघाट कार्यक्रम शनिबार अल्डरशटस्थित डि–लाउन्ज रेस्टुरेन्ट एण्ड बारमा सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट पूर्व सैनिक, परिवारजन तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    कार्यक्रमको सञ्चालन रामराज मल्ल र इन्द्र गुरुङ ले संयुक्त रूपमा गरेका थिए। सहभागीहरूले सैनिक सेवाकालका अविस्मरणीय अनुभवहरू साटासाट गर्दै आपसी सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रममा उपस्थित हुनेमध्ये सबैभन्दा वरिष्ठ सदस्य ०६१४ साइमन गुरुङ हुनुहुन्थ्यो। उहाँको उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको थियो। सहभागीहरूले उहाँप्रति सम्मान व्यक्त गर्दै गोर्खा सैनिकहरूको योगदान र गौरवपूर्ण इतिहासको स्मरण गरेका थिए।

    “Together in Honour, Together in Pride – Once a Gurkha, Always a Gurkha” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पूर्व सैनिकहरूबीचको भाइचारा, एकता र सहकार्यको भावनालाई अझ सुदृढ बनाउने विषयमा विशेष छलफल गरिएको थियो।

    कार्यक्रमको मिडिया पार्टनर London Kathmandu News रहेको थियो भने चर्चित गायिका जमुना राना को प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो। उहाँका सांगीतिक प्रस्तुतिले सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

    कार्यक्रमको अन्त्यमा आयोजकहरूले सहभागी सबै पूर्व सैनिक, परिवारजन तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता पुनर्मिलन तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

    “एक पटक गोर्खा, सधैं गोर्खा” भन्ने भावनालाई आत्मसात गर्दै सम्पन्न भएको यस भेटघाट कार्यक्रमले १/२ गोर्खा राइफल्स मोर्टार प्लाटुनका सदस्यहरूबीचको आत्मीयता र एकतालाई थप मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    बेलायतमा गुञ्जियो पाल्पाको पहिचान, पाल्पाली भञ्ज्याङ यूकेको १६औँ वार्षिक भेटघाट सम्पन्न

    लण्डन । नेपालको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘पहाडकी रानी’ भनेर विश्वभर परिचित पाल्पा जिल्लाबाट बेलायत अधिराज्यका विभिन्न सहरमा बसोबास...


    ‘चिमखोले काइँला’को साहित्यिक र सामाजिक यात्रामाथि ‘अभिव्यक्ति श्रृङ्खला–१७’

    १/२ गोर्खा राइफल्स मोर्टर प्लाटुनको भव्य भेटघाट सम्पन्न

    • मेनोपज: लुकाउने होइन, बुझ्ने र स्वीकार गर्ने जीवनको यात्रा
    • वेल्समा निर्माणाधीन ‘नेपाली भिलेज यूके’ : नेपाली पहिचान र संस्कृतिलाई विश्वमाझ चिनाउने महत्वाकांक्षी अभियान
    • वेल्समा नेपाली समुदाय–पत्रकार अन्तरक्रिया, ७ बुँदे घोषणापत्र जारी
    • Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    संबन्धित समाचारहरु

    बेलायतमा गुञ्जियो पाल्पाको पहिचान, पाल्पाली भञ्ज्याङ यूकेको १६औँ वार्षिक भेटघाट सम्पन्न
    ‘चिमखोले काइँला’को साहित्यिक र सामाजिक यात्रामाथि ‘अभिव्यक्ति श्रृङ्खला–१७’
    मेनोपज: लुकाउने होइन, बुझ्ने र स्वीकार गर्ने जीवनको यात्रा
    वेल्समा निर्माणाधीन ‘नेपाली भिलेज यूके’ : नेपाली पहिचान र संस्कृतिलाई विश्वमाझ चिनाउने महत्वाकांक्षी अभियान
    वेल्समा नेपाली समुदाय–पत्रकार अन्तरक्रिया, ७ बुँदे घोषणापत्र जारी
    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य