• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

‘चिमखोले काइँला’को साहित्यिक र सामाजिक यात्रामाथि ‘अभिव्यक्ति श्रृङ्खला–१७’

  •   १० असार २०८३, बुधबार ०९:३० 
  • लन्डन। नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको आयोजनामा बहुआयामिक व्यक्तित्व डा. दूतबहादुर पुन ‘चिमखोले काइँला’को साहित्यिक, पत्रकारितागत तथा सामाजिक योगदानमाथि केन्द्रित ‘अभिव्यक्ति श्रृङ्खला–१७’ कार्यक्रम आगामी २७ जुन २०२६ मा एल्डरशटस्थित द एम्पायर हल मा आयोजना हुने भएको छ।

    पूर्व गोर्खा सैनिक, साहित्यकार, पत्रकार, गीतकार, सम्पादक, समाजसेवी तथा हालै विद्यावारिधि (PhD) उपाधि हासिल गरेका डा. पुनको जीवनयात्रा, सिर्जना र समाजप्रतिको योगदानलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गर्न लागिएको नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले जनाएको छ।

    नेपाली डायस्पोरामा परिचित र सम्मानित व्यक्तित्वका रूपमा स्थापित डा. पुनले सैनिक जीवनपछि पनि नेपाली भाषा, साहित्य, पत्रकारिता र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। मगर संघ यूकेका पूर्वअध्यक्षसमेत रहेका उहाँ नेपाल पत्रकार महासंघ यूके, नेपाल आदिवासी जनजाति महासंघ यूके, NRNA UK, GRNC UK लगायत विभिन्न संघसंस्थामा आबद्ध रहँदै नेपाली समुदायको एकता, पहिचान र सशक्तीकरणका लागि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ।

    “चिमखोले काइँला” साहित्यिक नामबाट परिचित डा. पुनका सुनदन्ते, अर्ली भाइ, यूकेको जिन्दगी, लन्डनको कोशेली, लन्डन घुमौँला, गोलार्धको चक्कर मारौँला लगायतका कृतिहरू प्रकाशित छन्। उहाँका साहित्यिक कृतिहरूले विशेषगरी प्रवासी नेपालीहरूको जीवन, संघर्ष, भोगाइ र सफलताका कथाहरूलाई समेटेका छन्। नेपाली साहित्यलाई प्रवासमा पनि जीवन्त राख्न उहाँले खेलेको भूमिका महत्वपूर्ण मानिन्छ।

    साहित्यसँगै संगीत क्षेत्रमा पनि उहाँको योगदान प्रशंसनीय छ। ‘यूके तिर जाऊँली’ लगायतका लोकप्रिय गीतमार्फत उहाँले नेपाली समुदायमा छुट्टै पहिचान स्थापित गर्नुभएको छ। उहाँका गीत तथा सिर्जनाहरूमा नेपालीपन, प्रवासको अनुभूति र सामाजिक यथार्थको सशक्त अभिव्यक्ति पाइन्छ।

    पत्रकारिता क्षेत्रमा समेत सक्रिय डा. पुनले लेखक, सम्पादक र सञ्चारकर्मीका रूपमा नेपाली समुदायका आवाज, भावना र गतिविधिहरूलाई उजागर गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। विभिन्न सञ्चार माध्यमसँग आबद्ध रहँदै उहाँले नेपाली पत्रकारिता र सामुदायिक सञ्चारको विकासमा योगदान पुर्‍याउनुभएको छ।

    यसैबीच, FONIJ UK का अध्यक्ष बम थापा सूर्यवंशी ले डा. पुनसँग आफ्नो चार दशकभन्दा बढी पुरानो सम्बन्ध रहेको स्मरण गरेका छन्। ब्रिटिश गोर्खा सैनिक जीवनमा Gurkha Education Instructor (GEI) कोर्स सँगै गरेदेखि सुरु भएको मित्रता र सहकार्य आजसम्म निरन्तर रहेको उनले बताएका छन्।

    “दूत पुनज्यूसँग मेरो सम्बन्ध आजको मात्र होइन, चार दशकभन्दा बढी पुरानो हो। सैनिक जीवनदेखि सामाजिक, साहित्यिक र पत्रकारिताका विभिन्न क्षेत्रमा हामीले सँगै काम गर्ने अवसर पाएका छौँ। उहाँ मगर संघ यूकेका अध्यक्ष हुँदा मैले महासचिवको जिम्मेवारी निर्वाह गरेको थिएँ। त्यसैगरी हामी दुवै नेपाल पत्रकार महासंघ यूके शाखासँग पनि आबद्ध छौँ,” सूर्यवंशीले बताए।
    उनका अनुसार डा. पुन एक अनुशासित सैनिक, सफल प्रशिक्षक, कुशल संगठक, स्रष्टा, पत्रकार तथा समाजसेवी व्यक्तित्व हुन्, जसले आफ्नो जीवनलाई समुदाय र समाजको सेवामा समर्पित गरेका छन्।

    हालै विद्यावारिधि (PhD) उपाधि हासिल गरेका डा. पुनको उपलब्धिलाई नेपाली समुदायले विशेष प्रेरणाका रूपमा लिएको छ। व्यस्त सामाजिक, साहित्यिक तथा पारिवारिक जिम्मेवारीका बीच पनि अध्ययनलाई निरन्तरता दिँदै उच्च शैक्षिक सफलता हासिल गर्नु उहाँको दृढ इच्छाशक्ति, मेहनत र अध्ययनशीलताको उदाहरण भएको समुदायका अगुवाहरू बताउँछन्।

    नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सञ्चालन गर्दै आएको ‘अभिव्यक्ति श्रृङ्खला’ कार्यक्रममार्फत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको जीवन, अनुभव र सिर्जनात्मक यात्रालाई समुदायमाझ प्रस्तुत गर्ने परम्परा रहेको छ। यस वर्षको १७औँ श्रृङ्खलामा डा. दूतबहादुर पुन ‘चिमखोले काइँला’लाई प्रस्तुत गर्न लागिएको हो।

    कार्यक्रममा साहित्य, पत्रकारिता, संगीत, कला तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले बेलायतस्थित नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

    कार्यक्रम विवरण
    📅 मिति : २७ जुन २०२६ (शनिबार)
    🕧 समय : दिउँसो १२:१५ बजे
    📍 स्थान : The Empire Hall, High Street, Aldershot, GU11 1DJ, UK

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व

    लन्डन। बेलायतको केम्पटन पार्क रेसकोर्स आइतबार नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परम्पराले रंगिएको छ। तमु धीं एसोसिएसन यूकेद्वारा...


    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने

    • लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    • मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    • जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    • नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    संबन्धित समाचारहरु

    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
    लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य