• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बीजीडब्लूएसको वार्षिक भेटघाट सम्पन्न, ‘अफोर्डेबल सोलुसन’ अस्वीकार भए गोर्खा भर्ती बन्द गर्न दबाब दिने चेतावनी

  •   २२ असार २०८३, सोमबार २०:२४ 
  • लन्डन, ५ जुलाई २०२६ |
    ब्रिटिश गोर्खा वेल्फेयर सोसाइटी (बीजीडब्लूएस) को वार्षिक भेटघाट कार्यक्रम बेलायतको फानब्रोस्थित ग्रेन्ज स्कुलमा भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बीजीडब्लूएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान (जेपी) ले भूतपूर्व गोर्खाहरूको मुख्य माग समान पेन्सन भए पनि बेलायती सरकारले ‘अफोर्डेबल सोलुसन’ (किफायती समाधान) तर्फ सकारात्मक संकेत दिएको जानकारी दिनुभयो।

    उहाँका अनुसार भूतपूर्व गोर्खाहरूको संयुक्त संस्था ‘ग्रुप–१० (जी–१०)’ सोही समाधानलाई आधार बनाएर आगामी वार्तामा अघि बढ्ने तयारीमा रहेको छ।

    अध्यक्ष देवानले बेलायती सरकारले उक्त ‘अफोर्डेबल सोलुसन’ समेत अस्वीकार गरेमा भूतपूर्व गोर्खाहरूले गोर्खा भर्ती नै बन्द गर्न दबाब दिने चेतावनी दिन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले गोर्खाहरूको सम्मान, समानता र न्यायका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    विभिन्न व्यक्तित्व सम्मानित

    कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई बीजीडब्लूएसले खादा ओढाएर सम्मान गरेको थियो।

    सम्मानित हुनेहरूमा पीएचडी उपाधि हासिल गर्नुभएका डा. दूत पुन, काउन्सिलरमा निर्वाचित उत्तर गुरुङ, फोनिजका अध्यक्ष बम थापा सूर्यवंशी, बिसिसी युके आमा समूहकी अध्यक्ष शारदा गुरुङ, ‘स्ट्यान्डर्ड बियरर’ संयोजक ओम थापा काउचा तथा बीजीडब्लूएसका सांगीतिक कार्यक्रममा निरन्तर योगदान पुर्‍याएका कृष्ण राई रहनुभएको थियो।

    त्यसैगरी, फोटो तथा भिडियो पत्रकारितामार्फत संस्थालाई विशेष योगदान पुर्‍याएको भन्दै पत्रकार मिलन तमु र ओमेन्द्र गुरुङलाई पनि सम्मान गरिएको थियो।

    जानकारीमूलक प्रस्तुति र सांस्कृतिक कार्यक्रम

    कार्यक्रममा विष्णु तामाङले नेपालमा सञ्चालित जलविद्युत् परियोजनाबारे जानकारी दिनुभएको थियो। लेफ्टिनेन्ट मुक्तिजंग गुरुङले बीजीडब्लूएस भवनका गतिविधिबारे जानकारी गराउँदै आगामी २२ अगस्टमा ‘बार्बेक्यु चुल्हो’ को उद्घाटन गरिने जानकारी दिनुभयो।

    कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन राफल ड्र र टम्बोला खेल सञ्चालन गरिएको थियो। नेपालबाट बेलायत आउनुभएकी चर्चित कलाकार सरिष्मा राम्जाली मगरले आकर्षक नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकको मन जित्नुभयो।

    कार्यक्रमको औपचारिक सत्र महासचिव क्षेत्र राई र सचिव रामलाल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष मेजर टिकेन्द्रदल देवानले उपस्थित सम्पूर्ण अतिथि तथा सदस्यहरूलाई स्वागत गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य