नेपाल र नेपालीको प्रतिष्ठा उच्च पार्न गोर्खालीले बिश्वमा इतिहास रच्ने
तस्बिरहरु: शिव भण्डारी
लण्डन बिश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो गोर्खा निर्मल पूर्जाले फेरि ७ महिना भित्र ८ हजारभन्दा अग्ला विश्वका १४ हिमाल चढेर किर्तिमान रच्नकोलागि बेलायतमा अवस्थित संघ सस्थाहरुले साथ दिने भएका छन् l अल्डरसटमा अवस्थित द प्यालेसमा एनआरएनयुकेले आइतवार एक प्रेस मिट आयोजना गर्यो जस्मा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुवाट उन्को अभियानको लागि लगभग १० हजार पौण्ड एकै दिनमा सहयोग संकलन भएको छ l यसअघि धेरैले असम्भव ठानेर विश्वास नगरेको प्रोजेक्टलाई सम्भव बनाउने आत्मविश्वाससहित म अघि बढ्ने कोशिस गरिरहेको छु, प्रोजेक्ट पोसिबललाई सफल पार्ने आफ्नो अठोटमा सघाउन अपील गर्दै निर्मलले भने, यो प्रोजेक्ट व्यक्तिगत नभएर सिंगो गोर्खाली र नेपालीको भएको र यसलाई सफल पार्न सबैबाट सक्दो आर्थिक सहयोग र हौसलाकोलागि निर्मलले अपिल गरे । निर्मलको १४ वटा अग्ला हिमाल आरोहणको अभियान ७ महिनाभित्र पूरा गर्ने उनको लक्ष्य छ । जसमध्ये पहिलो चरणमा ६, दोस्रो चरणमा र अन्तिम चरणमा हिमाल चढ्ने योजना उनले बनाएका छन । उनको लक्ष्यअनुसार १४ हिमालको आरोहण पूरा गर्न उनलाई झण्डै ७ लाख ५० हजार पाउण्डको रकम आवश्यक पर्नेछ । आफनो अभियानमा १० लाख पाउण्डको कोष जम्मा पार्ने र आरोहणको खर्चबाट बचेको रकम सेवाका क्रममा घाइते भूपू गोर्खा र नेपालका अनाथ बालबालिकाहरुको लागि सहयोग गर्ने निर्मलको योजना रहेको छ । यसअघि निर्मलले हिमाल आरोहणका कैयौं रेकर्डहरु बनाउन सफल भएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उनी पहिलो गोर्खा हुन् । उनले सबेभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरेको किर्तिमान पनि राखेका छन् । ५ दिनमै ८ हजार मिटरभन्दा अग्ला सगरमाथा , मकालु र ल्होत्से हिमाल आरोहण गरेका निर्मलले १७ दिनमा दुई पटक सगरमाथा र एकएकपटक ल्होत्से र मकालु चढेर किर्तिमान बनाएका छन् ।

सन् २०१७ मा १३ जना १३ जना गोर्खाहरुको एभरेष्ट एक्सिपिडसनको नेतृत्व पनि निर्मलले नै गरेका हुन् । सगरमाथा चढ्ने क्रममा मृत्युको मुखमा पुगेका एक अर्का आरोहीको उद्धार गरी बचाएपछि उनको साहस र बहादुरीको निकै चर्चा भएको थियो । निर्मलले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड समेत प्राप्त गरिसकेका छन् ।
त्यसअवसरमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले विश्वमाझ नेपाल र नेपालीको प्रतिष्ठा उचो गर्ने निर्मलको अभियानमा सहयोगीका रुपमा जोडिन पाउंदा गौरवान्वित महसुस भएको बताए । सबै नेपालीहरुको साथ र सहयोग पाउन सके निर्मलको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष फगामीले उनलाई आर्थिक तथा नैतिक सहयोग गरिदिन सबैमा अपील गरे ।

त्यसअवसरमा एनआरएन आइसिसीका सदस्य रामशरण सिंखडा मगर संघ यूकेका अध्यक्ष नेम थापा मगर, रिटायर्ड ले कर्नेल यमबहादुर राना, एनआरएन यूके उपाध्यक्षहरु शेर सुनार र सुशिला राई, एनआरएन आइसिसी सदस्य कुमारी गुरुंग, ग्रेटर रशमेर नेपाली कम्युनिटी अध्यक्ष जिव बेल्वासे, एनआरएन यूके सल्लाहकार कृष्ण तिमल्सेना, तमु धिं यूके उपाध्यक्ष हितकाजी ंगुरुंग, पूर्व मिस यूके नेपाल सिर्जना गुरुंग, युरोपियन च्याम्पियन किक बक्सर अदिप राना, युवा व्यवसायी किशोर राना लगायतले निर्मलको किर्तिमानी अभियानलाई सफलताको शुभकामना दिएका थिए ।









तपाइँको प्रतिक्रिया