• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा मगर दिवस, हजाराैँ मगरहरु एकै ठाउँमा भेला भए

  •   १२ फाल्गुन २०७५, आईतवार १२:२० 
  • लण्डन । बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढी रहेको संस्था मगर संघ युकेले एतिहासिक फागुन १५ गते मगर एकता तथा स्थापना दिवस (३७औ मगर दिवस) शनिवार अल्डरसट स्थित एम्पायर हलमा एक कार्यक्रम गरि अति नै धुमधाम संग मनाएको छ । संघका अधक्ष्य नेम थापा मगरको अधक्ष्यतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघकि यूरोप संयोजक शान्ति थापा कुँवर रहेकी थिइन् ।

    नेपालका आदिवासी जनजातिहरुमध्ये सबैभन्दा धेरै संख्यामा रहेका मगर जाति आफ्नै मौलिक संस्कार, धर्म, बहुसंस्कृति, बहुकला र बहुभाषा बोकेको जाति हो । ऐतिहासिक फागुन १५ गते मगर एकता दिवसको अवसरमा नेपालबाट बेलायतमा आएका मगरहरुको बहुसाँस्कृतिक र बहुकलाको प्रदर्शन हेर्नुको लागि बेलायतभरि छरिएर रहेका हजारभन्दा बढी मगरहरु भेला भएका थिए । कार्यक्रममा संघका स्वीन्डन, केन्ट, पलमस्टिड़, क्याट्रिक, रेडीङ्ग, वेल्स, वेस्ट लण्डन, वेम्ब्ली, युएचएसबि,लण्डन शाखाहरु, पुनमगर समाज, धौलागिरी नौमती बाजा, खामभाषी मगर समाज लगायतले मगर संस्कृति झल्कने झाँकी प्रदशन गरेका थिए l कार्यक्रममा नरेश खपांगीमगर र रमेश सारंगकोटी मगरले दिवसको महत्वको बारेमा र गोमा राना, भुमाया थापा, हिक्मत सिंह रोका, बेल बुढाथोकी र बिल श्रीसले मगर भाषा र भेष भूषाका बारेमा प्रस्तुतु दिएका थिए ।

    कार्क्रममा युकेस्थित विभिन्न संघसस्थाका अधक्ष्य तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने मगर संघ क्यानाडाका अधक्ष्य चन्दा पुन मगर संघ युएसएका उपाधक्ष्य लक्ष्मी राना अखिल नेपाल खेलकुद महासंघका महासचिव कालीबहादुर घर्तीमगरको उपस्थिति रहेको थियो l कार्क्रममा मगर युथले मगर गोत ट्यालेन्ट प्रस्तुत गरेका थिए । विभिन्न शाखाहरुले भाग लिएको सो प्रतियोगितामा वेस्ट लण्डन शाखाकी सलिना थापा प्रथम, पलमस्टिड़ शाखाका सरला रोका बिन्ध्या पुन सुमन पुन दिलु थापा रोशनी थापा प्रिती थापाको समुह दोस्रो र वेम्बली शाखाकी अनु सिंह पुन र सारु तेस्रो भएका थिए । बिजेताहरुलाई नगर पुरुस्कार र ट्रफी दिइएको थियो l मगर गोत ट्यालेन्टका निर्णायकहरु शशि थापा सुब्बा, सरू गुरुङ राना, दीप राना र सबिता राना रहेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि शान्ति थापाकुँवर र एनआरएनका उपाधक्ष्य प्रेम गाहा मगरले मन्तब्य दिएका थिए भने कार्यक्रम संयोजक एवम उपाधक्ष्य अनिता राना मगरले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमलाई महासचिव लाल पुन, सचिव रुद्र थापा, सास्कृतिक सचिव तुलचन्द्र तिलिजापुन, जानकी पुन, दिवस रोका, संगीता थापा र अनिल थापा यमुना आले लगायतले संचालन गरेका थिए।कार्यक्रममा उच्च शिक्षा हासिल गरेका पुस्तक क्यासेट प्रकाशन गरेका बेलायत सेनामा उच्च ओहोड़ामा पुगेका मगरहरु र नेपाल वाट आएका कलाकारहरु सरोज खनाल र गौरी मल्ल लाई सम्मान गरिएको थियो । यस्तै नेपालवाट आएका चर्चित कलाकारहरु गायक पवन थापा गायक मंसुधन थापा र गायिका कल्पना श्रीपाल साथै स्थानीय कलाकार क्याप्टेन बिर बहादुर थापाले गित प्रस्तुत गरेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य