• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर बौद्ध समाज यु के को वार्षिक उत्सव तथा दोश्रो अधिवेशन भव्य सम्पन्न ।

  •   १३ माघ २०७५, आईतवार ११:१५ 
  • कृष्ण दर्लामी पुन: निर्वाचित ।

    १ डिसेम्बर २०१८ , मिचेट यु के, मगर बौद्ध समाज बेलायतको वार्षिक उत्सव भव्य सम्पन्न गरेको छ ।

    नेपाल मगर संघकी केन्द्रीय कोषाध्यक्ष कमला थापाको प्रमुख आतिथ्यमा दोस्रो अधिबेशन मार्फत कृष्ण दर्लामीको नेतृत्वमा १५ सदस्य कार्य समिति निर्वाचित भएका छन ।

    अधिबेशनको पहिलो सत्रमा शुभकामना मनतब्य राख्दै प्रमुख अतिथि थापाले मुलुकले बुद्ध धर्मको पँञ्चशील पालना गरेमा अहिले भैरहेको हत्या हिसां, बलात्कार जस्ता जघन्य अपराधमा कमी आउने बताउदै, मुलुक अन्ध बिस्वास बाट मुक्त भएर , देश शान्ति र बिकासको बाटोमा अघि बढने बताइन ।आदीवासी जनजाती महिला महासंघकी संस्थापक अदक्ष्य समेट रहेकी थापाले पूर्ब केन्द्रीय उपाध्यक्ष नन्द बहादुर घर्तीको बिभत्स हत्याको घोर भत्सना गर्दै, अपराधीलाई कानूनको दायरामा ल्याउन नेपाल मगर संगले सबै भूमिका निर्बाह गर्ने जानकारी पनि दिलाईन ।

    आदिवासी जनजातिको पहिचान अस्तित्व नामेट पारी उनिहरुको दिन दहाद हत्या हुँदै आए पनि राज्य सत्तामा आशिन हरुले कुनै कथोर सजाई नदिनाले यस्ता गुण्डा हत्यारा हरुको मनोवल झन बढेको हालैका घत्नाले थप पुस्टी गरेको जनाईन ।

    मनतब्य राख्ने क्रममा मगर संघ बेलायत,आदिवासी जनजाती महासंघ यूकेका संस्थापक अध्यक्ष ,समाजसेवी तथा नागरिकता निरन्तरता समितिका संयोजक थर्क रानाले, मगर जातिको धर्म बौद्ध भएकोले मगरको धर्मको बारेमा कुनै बिबाद नरहेको बताउदै मगर मात्र नभएर सबैले बुध्द धर्मको अनुशरण गर्नु पर्नेमा जोड़ दिए ।

    अधिबेशनमा अध्यक्ष कृष्ण दर्लामीले मानविय जीवनमा बुद्ध धर्मको महत्वको बारेमा अवधारणा प्रस्तुत गरे भने सचिब टिका दर्लामीले कार्य प्रतिबेदन र कोषाध्यक्ष सरला थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गरी सर्बसहमत बाट पारित गरिएको थियो । यसै गरी रिम गलामी द्वारा प्रस्तुत संसोधन सहितको बिधान पनि पारित भएको थियो । नया कार्य समितिले बौद्ध शिक्षाको ब्यापक प्रचार प्रसार गरी मानव जीवनलाई सुख र शान्ति बनाउने, मंगल बिहारको लागि आगामी ३ बर्ष भित्र आफ्नै बिहार बनाउने जस्ता प्रतिबध्दता जारी गरेको छ ।

    मगर बौद्ध समाज बेलायतलको नया कार्य समितिको नामावली

    अध्यक्ष: कृष्ण दर्लामी,

    उपाध्यक्ष: इन्द्र पुन,

    सचिब: टिका दर्लामी,

    सह-सचिव: रिम गलामी,

    कोषाध्यक्ष: सरला राना

    सदस्य: दण्ड थापा, बुद्धि गाहा, भीम राना, पदमा राना, मनु थापा, गजबीर थापा, पदम गाहा, अशोक बुढाथोकी, कुमार राना, अमर पुन लगायतका कार्य समिती चयन् भएका छन ।

    पदम गाहा

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य