• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

समाजसेवाको प्रेरक जापानिज ओके बाजे

  •   २९ फाल्गुन २०७५, बुधबार २३:१५ 
  • सूर्यवंशी

    मेरो नेपालको बसाईंको समयमा पूर्वी पाल्पाअवस्थित ताहूँमा थिएँ । म ताहूँको माथिल्लो मलेङबाट तल्लो मलेङतिर झर्दै थिएँ । मलेङ डाँडाको ठाउँठाउँमा ब्रिटिश आर्मीबाट अवकाश प्राप्त सार्जेन्ट मुक्तबहादुर थापा (दिसुवा मगर) को पहलमा ब्रिटिश वेलफेयर ट्रस्टले बनाइदिएका पानीका धाराहरू देखिन्थे । पहिले गाउँमा खाने पानीको अति नै समस्या थियो । आधा घण्टाको लामो बाटो गएर कुवाको पानी ल्याउनुपर्ने वाध्यता थियो । यो ट्रस्टले गाउँमा पानीको समस्यालाई पूर्णतः समाधान गरेको पाएँ ।

    गर्मीको याम थियो, म गाउँका जल्दाबल्दा समास्या र सम्भावित विकासका कुराहरू सोच्दै तल्लो मलेङको स्कुलमा पुगेँ । स्कुलनजिकै सञ्चालित पुस्तकालयमा गाउँलेहरूको घुइँचो थियो । ओके बाजेको सहयोगमा बनेको रहेछ त्यो पुस्तकालय । पुस्तकालय कस्तो बन्यो भनी निरीक्षण गर्न त्यहाँ आएका रहेछन् ओके बाजे पनि ।

    पाल्पा जिल्लाका बालबालिकाहरूका लागि ओके बाजे निकै प्रिय छन् । उनको वास्तविक नाम हो काजुमासा काकिमी । उनको नाम परिवर्तन हुनुमा भने रमाइलो घटना छ । सामाजिक काममा सक्रिय रहँदा नेपाली भाषा राम्रोसँग फर्काउन जान्दैनथे र ओके ओके भन्थे । ओके ओके भन्ने आदतलाई नै बालबालिकाहरूले टिपे र नाम नै ओके बाजे राखिदिए । उनी अहिले वास्तविक नामभन्दा ओके बाजेके नामले परिचित छन् ।

    विगत २५ वर्षदेखि सामाजिक काममा सक्रिय भूमिका निर्वाह गर्दै आएका ७९ वर्षीय जापानिज नागरिक काजुमासा काकिमी अर्थात् ओके बाजेलाई तानसेनमा भव्य रूपले नागरिक अभिनन्दन गरिएको छ । वि. सं. २०५० सालदेखि पाल्पा जिल्लाको शिक्षा, स्वास्थ्य, आयआर्जन, खेलकुद, विकास निर्माण तथा जनचेतनाका क्षेत्रहरूमा ओके बाजेले निरन्तर रूपमा काम गर्दै आएका छन् । जिल्ला ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई चेतनशील बनाउन शैक्षिक जागरणमार्फत् समाज रूपान्तरणको अभियानमा ओके बाजेको महत्पूर्ण भूमिका रहेको छ । पाल्पा जिल्लाका १५० विद्यालयलाई ओके बाजेले आफ्नो तर्फबाट सहयोग गरिसकेका छन् । यसरी जापानबाट नेपालमा आई तन, मन र धनले सामाजिक सेवाका कार्यमा सक्रिय भूमिका खेलेको भन्दै नेपाल सरकारले ओके बाजेलाई गोर्खा दक्षिणबाहू तेस्रोले सम्मान गर्दै नेपालका लागि आवासीय प्रवेश आज्ञा पनि प्रदान गरेको छ ।

    ओके बाजे भन्छन्, ‘नेपाललाई गरिब देश भनेर भनिन्छ तर मलाई त्यस्तो लाग्दैन । देश गरिब भए पनि गरिब देशका मानिसहरूको मन धेरै धनी छ, त्यसैले मलाई पनि नेपाली हुन् मन लाग्यो ।’ सन् १९९३ मा पहिलोपटक नेपालको लुम्बिनी भ्रमणमा निस्केपछि उनलाई नेपालप्रतिको अमिट मोह जागेको हो । नेपालका प्राकृतिक सौन्दर्यहरूप्रति आकर्षित हुन् पुगेका ओके बाजेले नेपालीहरूको माया र स्नेहले नेपालमैै बस्ने योजना बनाए र नेपालमै बस्न थाले ।

    विशेषतः पूर्वी पाल्पाका जनजाति मगर र दलित वस्तीहरूमा विद्यालय खोल्ने, स्वास्थ्य चौकीको निर्माण, गरिब बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान, विद्यालयमा शिक्षक नियुक्ति, पुस्तकालय स्थापना र विद्यालय भवन निर्माणमा ओके बाजेले सहयोग गर्दै आएका छन् । ओके बाजेले जापानी पेन्सनबाट आउने सम्पूर्ण रकम जिल्लाको सामाजिक कार्यमा लगाउँदै आएका छन् । जापानको टोकियोमा रहेको आफ्नो घरसमेत विक्री गरी उनले पाल्पाको शिक्षा क्षेत्रमा खर्च गरेका छन् । एउटा असल समाजसेवी मात्र नभएर समाजसेवाको प्रेरक व्यक्ति पनि बनेका छन् काजुमासा काकिमी । समाज सेवा गर्छु भन्ने नेपालीहरूले ओके बाजेवाट धेरै सिक्नुपर्ने देखिन्छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य