• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

१ जूनमा हुने ओपन कन्सर्टमा ५ हजार दर्शकहरु भेला हुने ।

  •   ५ जेष्ठ २०७६, आईतवार २२:३७ 
  • लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएको छ । यो कार्यक्रममा करिव ५ हजार दर्शकहरु सहभागी हुने अपेक्षा आयोजकको छ ।


    मगर संघ युकेको आयोजनामा जुन महिनाको पहिलो तारिख फार्नबोरो फुटवल कल्बमा संचालन हुने कार्यक्रम बिशेष आकर्षकका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् I त्यस्तै लोकदोहोरी गायक कुलेंद्र बिक, गायिका शान्ति श्री परियार नेपाल आइडलका लोकप्रिय गायिका सन्ध्या बुढा “काउली बुढी” निलिमा थापा, नायक धिरज मगर, लोकदोहरी गायिका निरु श्रीस, गायक हेमन्त आले बुगीबुगीकि फाईनिलिस्ट प्रगति पुन मगर गत ट्यालेन्ट बिजेता सलिना थापा लगायतले प्रस्तुति गर्ने कार्यक्रम छ ।

    दिउँसोको १२ बजेवाट साँझ ८ बजे सम्म चल्ने कार्यक्रममा, कार्यक्रम स्थलमा नेपाली खाना ब्यबसाय निशुल्क चेक अप लगायत करिब ४० वटा स्टल रहनेछन । कार्यक्रम हेर्ने दर्शकको लागि प्रवेश शुक १५ पौण्ड छ भने बालबालिकाको लागि १२ पौण्ड मात्र लाग्ने छ ।कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी तथा स्थानीय रशमोर बरोका मेयर लगायत बिशेष अतिथिहरु सहभागिता रहने छन् ।

    पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख संयोजक तथा संघका वरिष्ठ उपाधक्ष्य सीता पुन कार्यक्रमको तयारी वारे जानकारी गराएकी थिईन ।संघका अधक्ष्य सुनिल रानाले कार्यक्रम मार्फत बेलायत बहरी छरिएर रहेका सम्पूर्ण नेपालीहरु एकै ठाउंमा जम्मा गराएर उनीहरुको सद्धावलाई बढाउने लक्ष्य राखिएको बताए । ओपन कन्सर्ट बेलायतवासी सम्पूर्ण नेपालीहरुको लागि आयोजना गरिएको भन्दै आयोजकले सबैको सहभागिताको लागि अनुरोध गरेका छन् । कार्यक्रममा गैर मगर समुदायका कलाकारहरु समेतको प्रस्तुति गर्न जनाउदै उनीहरुले कार्यक्रम सम्पूर्ण नेपालीको लागि हो भन्ने संदेश दिन खोजिएको बताएका छन् । सोहि अवसरमा संघका संरक्षक घन थापा पुर्व अधक्ष्य दुत पुन सल्लाहकार रि ले कर्णाल याम राना ओम प्रशाद थापा लगायतले कार्यक्रमका बिबिध पक्षवारे प्रकाश पारेका थिए । संघको सास्कृतिक सचिव सरु राना गुरुङले कार्यक्रम प्रस्तुति गर्ने कलाकारहरु वारे जानकारी गराएको थिइन् । संघका महासचिव रुद्र थापाले कार्यक्रम संचालन गरेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य