• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

ओपन कन्सर्टमा युवायुवतीहरुको मुख्य आकर्षणकेन्द्र नायक धिरज मगर (फोटो फिचर सहित)

  •   २० जेष्ठ २०७६, सोमबार ०९:०७ 
  • लण्डन । मगर संघ युकेले, बेलायतमा हरेक वर्ष आयोजना गर्ने नेपाली ओपन कन्सर्ट कार्यक्रम यस वर्ष पनि भव्य रुपमा सम्पन्न गरेको छ ।


    ओपन कन्सर्टमा सदावहार गायक प्रेमध्वज प्रधान, गायक कुमार पुन, गायक कुलेन्द्र विक, गायिका शान्तिश्री परियार, कुमारी चेपाङ, सञ्जय गुरुङ, पवन राना, निखिता थापालगायतले विभिन्न गीत गाएका थिए । इन्तु मिन्तु लण्डन चलचित्रका नायक धिरज मगर, मगर गट ट्यालेन्ट २०१८ की विजेता सलिना थापालगायतले नृत्य प्रस्तुत गरेका थिए । नायक धिरज मगर ओपन कन्सर्टमा युवायुवतीहरुको मुख्य आकर्षणमा परेका थिए । नायक मगरसँग फोटो खिच्न ठूलो घुइचो लागेको थियो । यस ओपन कन्सर्टमा अर्को आकर्षणका केन्द्र बनेका थिए सदावहार गायक प्रेमध्वज प्रधान । प्रधानलाई नेपाली गीतसङ्गीतमा योगदान पुर्याएकोमा अभिनन्दन पनि गरिएको थियो । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र मगर संघ युकेका अध्यक्ष सुनील रानामगरले गायक प्रधानलाई खादा र प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रमको औपचारिक उद्घाटन हुनुपूर्व धौलागिरि नौमती बाजाका साथ अतिथिहरुलाई प्रवेशद्वारबाट मञ्चसम्म लगिएको थियो ।

    कार्यक्रममा सचिव सरला रानाले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी दिएकी थिइन् । महासचिव रुद्र थापाले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरुले सामूहिक रुपमा उद्घाटन गरेका थिए । कार्यक्रम संयोजक सीता पुनले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दूर्गाबहादुर सुवेदी, रसमोर बोरो काउन्सिलका मेयर काउन्सिलर सु कार्टर र अध्यक्ष सुनील रानाले मन्तव्य दिएका थिए । सांस्कृतिक कार्यक्रम सांस्कृतिक सचिव त्येन्याङ (सरु) राना, सूर्य गुरुङ, टेनिस राना, दिनेश रोकालगायतले सञ्चालन गरेका थिए । कार्यक्रममा राजदूत सुवेदी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुल आचार्य एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीलगायत नेपाली समुदायका प्रवुद्ध व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थित थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य